• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

मौरीमय बन्दै रुपा गाउपालिका


  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
  • कास्की। रुपा-५ देउराली फेदीकी कविता क्षेत्री व्यावसायिक माहुरी पाल्ने किसान हुन् । सुरुमा रहरले माहुरी ल्याएर पालेकी उनले बिस्तारै व्यावसायिक बनाइन् ।

    Advertisement

    ‘२०७० सालमा श्रीमान्ले २ घार ल्याउनुभयो । मौरीले राम्रो होला भनेर पालेको होइन । बिस्तारै बढ्दै गयो,’ उनले भनिन्, ‘दुर्घटना भएर श्रीमान्को निधन भयो । के गरेर घर चलाउने भनेर सोच्ने अवस्था नै थिएन । छोराछोरीको लागि गर्नुपर्ने रहेछ भनेर माहुरीकै ध्यान गर्न थालेँ ।’

    उनले सिजनका बेला माहुरी बढाउन थालिन् । ‘कुनै सिजन त पचासौँ घार पनि बेचेँ । माहुरीको खेर जाने केही छैन,’ उनी अघि भन्छिन्, ‘घार पनि बिक्छ, माहुरी पनि बिक्छ । मह त झन् नबिक्ने कुरै भएन ।’

    अहिले उनको आर्थिक अवस्था निकै राम्रो छ । माहुरी पालेरै छोराछोरीलाई उच्च शिक्षासम्म पढाएको उनले सुनाइन् । ‘छोरीलाई इन्जिनियर पढाएँ । छोरा पनि ११ कक्षा पढ्न थालेका छन् । छोरीको बिहे सबै यही माहुरीको आम्दानीले गरेको हुँ,’ उनी अघि भन्छिन्, ‘हामीजस्ता मान्छेलाई माहुरी पालन निकै राम्रो रहेछ ।’

    माहुरी पालन प्रकृतिमा निर्भर हुने उनको अनुभव छ । ‘फूलको रसबाट मह जम्मा हुने हो । खडेरी पर्दा बाँच्नै समस्या हुने रहेछ । त्यो बेलामा चास्नी दिएँ,’ उनी भन्छिन्, ‘म त मौरी पाल्न किसानलाई तालिम पनि दिने भइसकेँ ।’ उनले घार सहितको माहुरी बढी बेच्छिन् । अहिलेसम्म ५ सय घारभन्दा बढी बेचिसकेको उनले बताइन् ।

    रुपा गाउँपालिका माहुरीका लागि प्रख्यात छ । यहाँका ३५ भन्दा बढी किसानले व्यावसायिक रूपमा माहुरी पालन गरेका छन् । मह उत्पादनको सम्भावनालाई देखेकै कारण पालिकाले पनि यो वर्ष बृहत्तर मह उत्पादन कार्यक्रम सुरु गरेको छ ।
    रुपा गाउँपालिका-७ माझबेसीका राजेन्द्र न्यौपानेले सुरुमा एउटा घार ल्याएर माहुरी पाल्न थाले । २० वर्ष अगाडी ल्याइएको घार विस्तार भएर उनीसँग डेढसय भन्दा बढी घार पुगे । राजेन्द्र रुपाका व्यावसायिक माहुरी पालक किसान हुन् । ‘महको बजार गज्जब छ । गएको जेठमा मात्रै ४ लाखको मौरी र २ लाखको मह बेचेँ,’ उनले भने, ‘पहिले पहिले एउटै घारबाट २१ मानासम्म एउटै सिजनमा मह निकालेको छु । वर्षमा ७ लाखसम्म कमाएँ । ५ लाख त हरेक वर्ष आम्दानी हुन्छ । घर खर्चको जोहो गर्न ऋण काढ्नु पर्दैन, मह काढेरै चल्छ ।’ उनले पहिले मह मात्रै बेच्थे । बिस्तारै घार बेच्न थाले । लामो समय अध्यापन गराएका उनी माहुरीबाट कमाइ बढेपछि शिक्षण छोडेर महतिरै लागे । अहिले पालिकाभरि मौरी उनैले वितरण गरेका छन् ।

    रुपा गाउँपालिका माहुरीका लागि प्रख्यात छ । यहाँका ३५ भन्दा बढी किसानले व्यावसायिक रूपमा माहुरी पालन गरेका छन् । मह उत्पादनको सम्भावनालाई देखेकै कारण पालिकाले पनि यो वर्ष बृहत्तर मह उत्पादन कार्यक्रम सुरु गरेको छ । हरेक घरमा कम्तीमा एउटा घार पर्ने गरी वितरण गर्न लागिएको हो । पालिका भित्र एक घर–एक घार कार्यक्रम सञ्चालन गरिएको कृषि शाखा प्रमुख मनोज पौडेलले बताए । उनका अनुसार मह उत्पादन बृहत्तर कार्यक्रमका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । रुपाले बाँदरको आतङ्कबाट जोगाउन माहुरी पालन विस्तार गरेको उनले बताए ।

    ७ सय रुपैयाँ भन्दा कम मूल्यमा बेच्न परे किसानलाई अपुग रकम पालिकाले दिन्छ, तर अहिलेसम्म सस्तोमा बेच्न परेको छैन । किसानले १५ सयसम्म पार्छन् ।
    ‘एक घारदेखि १० घारसम्म पालिकाले अनुदानमा उपलब्ध गराउँछ । यसका लागि सूचना निस्किसकेको छ,’ उनले भने, ‘किसानले मागे जति घार दिन्छौँ । मह उत्पादनमा हाम्रो विशेष ध्यान छ ।’ पकेट क्षेत्र पनि घोषणा गरिएको पौडेलको भनाई छ । उत्पादन भएका मह बिक्री नभए पालिकाले नै खरिद गरिदिन्छ । ‘महको समर्थन मूल्य तोकेका छौँ । ७ सय रुपैयाँ भन्दा कम मूल्यमा बेच्न परे किसानलाई अपुग रकम पालिकाले दिन्छ,’ उनी अघि भन्छन्, ‘तर अहिलेसम्म सस्तोमा बेच्न परेको छैन । किसानले १५ सयसम्म पार्छन् ।’

    रुपामा अहिले १५ सय लिटर भन्दा बढी मह उत्पादन भइरहेको छ । ३५ जना हाराहारी व्यावसायिक किसान छन् । चालू वर्षमा थप १ हजार घार वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनका अनुसार माहुरीको स्थायी बसोबासका लागि आहारामा पनि ध्यान दिइएको छ । ‘अहिले नै किसानलाई तोरी छर्न भनेका छौँ । त्यसपछि फूल खेतीदेखि चिउरी लगाउनेसम्मका कार्यक्रम छन्,’ उनले भने, ‘घार वितरण गरेर मात्रै उत्पादन त बढ्दैन नि । उत्पादन बढाउन माहुरीलाई पर्याप्त आहारा चाहिन्छ ।’

    मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer