विश्वकै सर्वोच्च भू-भाग रहेको सोलुखुम्बु जिल्ला कोशी प्रदेशमा पर्दछ । यस जिल्लाको क्षेत्रफल ३,३१२ बर्ग कि.मि. रहेको छ भने समुद्री सतह देखि ६०० मिटर देखि विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८.८६ मिटर उचाईमा रहेको छ । यस जिल्लाको सदरमुकामसोलुदूधकुण्ड नगरपालिका स्थित सल्लेरी नाजार हो हो । भौगोलिक रुपमा यो जिल्ला २७°२०.६५’ देखि २८°६.४’ उत्तरी अक्षांस र ८५°0.३५’ देखि ८७° ०.०१’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । जिल्लामा १ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी जम्मा ८वटा स्थानीय तह रहेका छन्। यस जिल्लाको पूर्वमा भोजपुर र संखुवासभा जिल्ला, पश्चिममा दोलखा र रामेछाप जिल्ला उत्तरमा चीनको स्वशासित प्रान्त तीब्बत तथा दक्षिणमा ओखलढुंगा र खोटाङ जिल्ला संग सिमाना जोडिएको छ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १,०४,८५१ जना रहेको छ भने जनघनत्व ३२ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात १०१.२३% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर -०.०९% रहेको छ भने कूल जनसंख्याको ३.१% जनसंख्या फरक क्षमता भएका छन् । यस जिल्लाका प्रमुख जातजतिहरुमा राई, क्षेत्री तथा शेर्पा आदि रहेका छन्।
यस जिल्लाका जलसम्पदाको रुपमा दूधकोशी नदी, इङ्खु खोला, लिखु खोला, बेनी खोला, हुँगा खोला, लोदिङ्ग खोला, सोलु खोला, भोटेकोशी र खहरे खोला जस्ता ठूला–साना नदी तथा खोलाहरू रहेका छन् । प्राय: यी सबै नदीहरु उच्च हिमाली भेकमा उत्पत्ती भएर प्रवाहित भएका हुन् भने खहरे खोलाहरु चुरेक्षेत्रमा उत्पत्ति भएका हुन्। साथै यस जिल्लाका प्रमुख कुण्ड तथा पोखरीहरुमा गोक्यो ताल (विश्व रामसार सूचीमा सूचीकृत) , इम्जा हिमताल, दूधकुण्ड, साल्पापोखरी, पाँच पोखरी, भुत पोखरी, सुकेपोखरी, जालिमपोखरी पर्दछन् ।
यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा सर्वोच्च शिखर सगरमाथा र अन्य प्रमुख हिमशिखरहरु ल्होत्से, चोयु, ग्याचुङगाङ , नुप्त्से चामलाङमा, पुमोरी , आमाडव्लम , थाम्सेर्कु, नुम्बुर , ल्होत्सेसार, पासाङ्गल्हामू, मेरापिक, पिकेडाँडा, कालापत्थर, मौले खर्क, दुधपोखरी, लामचुरा, धर्मपिक, रात्नाङ्गे डाँडा, सगरमाथा राष्ट्रिय निकुन्ज, गोक्यो ताल श्री वालेश्वर महादेव मन्दिर, ज्वालामाइदेवीको मन्दिर, पाचकन्यास्थान, कालिका देवी स्थान, दुधकुण्डेश्वर महादेव, ठकुमाल देवीस्थान, सिद्धनाथ मन्दिर, भेडीश्वोर वागेश्वरी स्थान, जाल्पा देवीस्थान, शिवालय वज्रगुम्बा मन्दिर, सिंहकाली देवी स्थान, गुप्तकालीका देवीको मन्दिर, कालिकादेवी, जालपादेवी, सिंहदेवी मन्दिर (नेचा बेतघारी) सल्यान स्थित महादेब मन्दिर कोटिहोम आदि प्रमुख रहेका छन्। यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान तीर्थाटन तथा पर्वतारोहण आदि रहेका छन् ।
यस जिल्लाको मुख्य पेशा कृषि तथा पर्यटन व्यावसाय रहेको छ। यसका अलावा यहाका मानिसको आर्थिक गतिविधिहरुमा कृषि, ब्यापार तथा पर्यटन व्यावसाय रहेका छन्। सल्लेरी बजार, नाम्चे बजार, नेचाबेतघारी, नेले, सेतांग, ताप्तिंग,खाम्दिंग, बासा, सल्यान, चौरीखर्क तथा लुक्ला बजार यस जिल्लाका प्रमुख व्यापारिक महत्त्व बोकेका स्थानहरु हुन् ।
जलवायुका हिसावले यस जिलामानेपालमा पाइने सबै प्रकारका जलवायु – उष्ण मौषमी जलवायु, न्यानो समशितोष्ण जलवायु, ठण्डा समशीतोष्ण जलवायु, लेकाली जलवायु तथा तुन्द्राजलवायु पाइन्छ पाइन्छ भने वनस्पतिमा उष्ण सदावहार वनस्पति, पतझड वनस्पति, कोणधारी वनस्पति, लेकाली बुट्यान तथा हिमाली तुन्द्रा वनस्पती पाइन्छ ।
बिशाल ज्ञवाली




