• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सरकारी विद्यालय पढेका ‘गोल्ड मेडलिस्ट’को त्रिविमै सेवा गर्ने चाहना


  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
  • काठमान्डौ। ‘त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक’ व्यवस्थापन संकायअन्तर्गत एमफिल तहका किशोर कुमार गौतमले पाए । उनले ४ सीजीपीए ल्याएर पदक प्राप्त गरेका हुन् ।

    Advertisement

    अघिल्लो साता नै त्रिविले पदक पाउनेहरूको नाम सार्वजनिक गरेको थियो । जसमा गोरखापत्रमा आएको सूचनाको पहिलो नम्बरमा थियो गौतमको नाम । ग्लोबल कलेजको बीबीए कार्यक्रमको संयोजक रहेका उनी त्यसदिन विद्यार्थीको परीक्षामा खटिएका थिए । पदक पाउने थाहा पाउनुअघि नै सामाजिक सञ्जालमा बधाइको ओइरो आइसकेको थियो उनलाई ।

    ‘कलेजमा विद्यार्थीको परीक्षामा व्यस्त थिए । कलेजका अध्यक्ष खगेन्द्र ओझा सरले फेसबुकमा राख्नुभएको रहेछ । मैले १० बजे मात्र थाहा पाएको थिएँ । सामाजिक सञ्जालमा बधाइहरू आइरहेको रहेछ,’ उनले त्यो दिनको स्मरण गरे ।

    रूपन्देहीमा जन्मिएका उनले गाउँमै सरकारी विद्यालयमा पढेका थिए । ‘बुबा प्राविको शिक्षक हुनुहुन्थ्यो । चाहेर पनि प्राइभेटमा पढ्न मिलेन । सरकारी विद्यालयबाट नै एसएलसी उत्तीर्ण गरेको हुँ,’ उनले भने ।

    एसएलसीपछि बुबाको चाहना विज्ञान विषय पढाउने थियो तर उनले जिद्दी गरेर व्यवस्थापन संकाय रोजे । उनले भैरहवा बहुमुखी क्याम्पबाट प्लस टु उत्तीर्ण गरे । ‘घरबाट कलेज पुग्न ३० किलोमिटरको बाटो थियो । साइकलमा जाने आउने गर्थें । बुबाको चाहनाविपरीत व्यवस्थापन संकाय पढेको हुँ,’ उनी भन्छन् । १२ कक्षा पछि उनले स्नातक तहको अध्ययन पनि भैरहवाबाटै गरे । स्नातकपछि स्नातोकत्तर अध्ययनको लागि उनी काठमाडौं छिरेका हुन् । कीर्तिपुर केन्द्रीय क्याम्पसबाट उनले एमबीए उत्तीर्ण गरे ।

    ‘स्नातोकत्तर पनि विशिष्ट श्रेणीमा उत्तीर्ण भएको थिएँ,’ उनी भन्छन् । त्यसपछि गौतम निजी कलेजहरूमा पढाउन थाले । तर, उनको पढाइको हुटहुटी सकिएको थिएन । सन् २०१९ मा उनी फेरि त्रिविमै एफफिलमा भर्ना भए । ‘सबै जागिर छोडेर एमफिलको अध्ययन गरेँ,’ उनी भन्छन् । कोरोना कालमा उनी रूपन्देही घरमा फर्किए । घरमै बसेर अध्ययन गरे । ‘कोरोनाको समयमा गाउँमा बसेर पढेँ । जागिर छोडेर पढाइमा फोकस भएँ । नतिजा राम्रो आयो । आज स्वर्ण पदक पाए,’ उनले खुसी साटे ।

    सन् २०२१ मा एमफिल उत्तीर्ण गरेर पदक पाएका उनी हाल पीएचडी अध्ययनरत छन् । अब उनको योजना त्रिविमै सेवा गर्ने छ । ‘सेवा आयोगबाट त्रिविकै प्राध्यापक हुने हो । तर तीन वर्षदेखि सेवा आयोग खुलेको छैन,’ उनी भन्छन्, ‘त्रिविमै बसेर सेवा गर्ने हो ।’ अध्ययन र रोजगारका लागि विदेश जानेको लर्को छ तर उनी भने नेपालमै बसेर शिक्षा क्षेत्रमै काम गर्ने योजनामा छन् ।

    ‘विदेशमा जहाँ पुगेका छन् ती त्रिविकै प्रोडक्ट हुन् । उनीहरूलाई नेपालमा फर्काउन सकिन्छ । नेतृत्व सही हुनुपर्छ,’ उनी भन्छन् । त्रिवि र नेपालको उच्च शिक्षामा देखिएको समस्या राजनीतिक नेतृत्वका कारण भएको उनको निचोड छ । ‘प्रधानमन्त्रीले आज मेरिटको आधारमा भीसी नियुक्त गर्ने भन्नुभएको छ । राजनीतिक भागवण्डाको अन्त्य हुने हो भने त्रिविलाई सुधार गर्न सकिन्छ । शिक्षाको गुणस्तर घटेको छैन,’ उनी आशावादी देखिन्छन् ।

    सुमन रिजाल पदक एमएस समाजशास्त्र/मानवशास्त्रमा प्रथम भएकी दिलासा श्रेष्ठले पाइन् । उनले ३.७६ सीजीपीए ल्याएर पदक पाएकी हुन् । उनी हाल अनुसन्धान केन्द्रमा काम गर्छिन् । थप अध्ययनको लागि उनी विदेश जाने तयारीमा छिन् । ‘पीएचडी अध्ययनको लागि बाहिर जाने तयारीमा छु । त्रिविबाट स्नातकोत्तर उत्तीर्ण भएपछि बाहिरको विश्वविद्यालयको पनि डिग्री भयो भने श्रमबजारमा काम पाउन थप सजिलो हुन्छ भनेर हो,’ उनी भन्छिन् । सफलताका लागि विद्यार्थी आफैँले मिहिनेत गर्नुपर्ने मत उनको छ । ‘धेरै विद्यार्थी डराएको देखिन्छ । विद्यार्थी आफैँले मिहिनेत गर्नुपर्छ,’ उनी भन्छिन् ।

    ‘डा. दुबसु क्षत्री स्वर्ण पदक’ एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयका रिकेश महर्जनले पाए । उनले ३.७९ सीजीपीए ल्याएर पदक हात पारेका हुन् । उनी नेपालमै रहेर अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको क्षेत्रमा काम गर्न चाहन्छन् । राजनीतिमा पनि उनी सक्रिय छन् । ‘युवाहरू विदेशिने क्रम बढेको छ । आर्थिक लाभले उच्च शिक्षा अध्ययन गर्न विदेश गइरहेका छन् । राज्यको नेतृत्वमा रहेका तथा नीति निर्माताहरूले शिक्षालाई रोजगारसँग जोड्ने काम गर्नुपर्छ,’ उनी भन्छन् ।

    ‘बडाकाजी मरिचमान सिंह पदक’ एमए राजनीतिशास्त्र विषयमा अभिनव आचार्यले पाए । उनले ३.८२ सीजीपीए ल्याएर पदक पाए । उनी हाल राजनीतिशास्त्रमा एमफिल गरिरहेका छन् । अध्ययन सकेपछि उनी राजनीतिमा आउन चाहन्छन् । ‘सकेसम्म पीएचडी पनि नेपालमा गर्छु । यदि विदेशमा गरेँ भने पनि नेपाल फर्किएर राजनीति गर्छु,’ उनी आफ्नो योजना सुनाउँछन् ।

    ‘शैक्षिक योग्यतासँगै हातमा सीप छ भने अवसर नपाउने भन्ने अवस्था छैन । नेपाल छोडेर अन्त जानुपर्छ जस्तो लाग्दैन । देशमा बेतिथि छ तर त्यसको अन्त्यको लागि हाम्रो पनि योगदान हुनुपर्छ,’ उनी नेपालमै सम्भावना देख्छन् । सीपसहितको जनशक्ति उत्पादन गर्न त्रिवि परिमार्जन हुनुपर्ने तर्क उनको छ । ‘अहिलेसम्म पुरातन प्रणालीबाट शिक्षा दिने काम भइरहेको छ । बढी प्रयोगात्मक बनाउन सक्नुपर्छ,’ उनी भन्छन् ।

    ‘अमृत पदक’ एमएस्सी रसायनशास्त्रका हिक्मत खनालले पाए । उनले ३.९५ सीजीपीए ल्याएका थिए । हाल उनी शिक्षण पेसामा छन् । आफैँ संवेदनशील भएर लाग्ने हो भने नेपालमै अवसर पाउने उनी बताउँछन् । ‘आफैँ पनि अवसर सिर्जना गर्न सकिन्छ । अहिले शिक्षण पेशामा छु । योग्यता क्षमताअनुसार अवसर पाउँछु भन्नेमा आशावादी छु,’ उनी भन्छन् । विदेशमा भन्दा पनि उनी नेपालमै केही गर्न चाहन्छन् । ‘राज्यलाई हाम्रो योग्यता क्षमता अनुसार अवसर सिर्जना गर्न दबाब दिनुपर्छ । विदेशलाई अन्तिम विकल्पमा राखौँ,’ उनी भन्छन् ।

    ‘शान्ति नारायण मिश्र पदक’ एमए पुस्तकालाय विज्ञान विषयकी अञ्जु श्रेष्ठले ३.९२ सीजीपीए ल्याएर पाइन् । हाल उनी संघीय संसद सचिवालयमा कार्यरत छिन् । ‘मैले पढेको क्षेत्रमा अवसर धेरै छ । यो विषय अरु विषयको तुलनामा पिछडिएको हो भन्ने लाग्छ । धेरैलाई यो विषय छ भन्ने नै थाह छैन । यसमा अवसर छ,’ उनी भन्छिन् ।

    सम्बन्धित क्षेत्रमा सम्बन्धित विषय पढेकालाई मात्र अवसर दिँदा पनि बेरोजगारको समस्या समाधान हुने उनको भनाइ छ । ‘पुस्तकालयमा यही विषय पढेकोलाई भन्दा पनि अरुलाई राखिएको अवस्था छ । त्यसले पढेर आएकाहरूले अवसर नपाउँदा निराश हुनुपर्ने स्थिति छ,’ उनी भन्छिन् ।

    ‘डा. रेखा र लक्षमैया श्रीराम स्वर्ण पदक’ एमएस्सी जैविक प्राविधि विषयका विनोद खड्काले पाए । उनले ३.८९ सीजीपीए ल्याएका थिए । उनी हाल एक निजी ल्याबमा कार्यरत छन् । उनी पीएचडी गर्ने अवसरको खोजीमा छन् । ‘अवसरको लागि बाहिर नै जानुपर्ने अवस्था छ । नयाँ अवसर खुलेको छैन । पुरानो सबै भरिएका छन् । वार्षिक रूपमा पास हुने विद्यार्थी धेरै छन्,’ उनी भन्छन् ।

    ‘डा. मोहनप्रसादख लाखे स्वर्ण पदक’ पलिस्था रञ्जितकारले पाइन् । उनले एमए अंग्रेजी साहित्यमा ३.९१ सीजीपीए ल्याएकी थिइन् । उनी श्रम बजारलाई सुहाउदो शिक्षा नभएको बताउँछिन् ।

    ‘शिक्षा प्रणालीले श्रम बजारमा कसरी बिक्ने भन्ने खालको जनशक्ति उत्पादन गर्नुपर्छ । शैक्षिक योग्यताअनुसारको तलब नपाउँदा विदेश जानेको संख्या बढेको हो,’ उनी भन्छिन् । उनी थप उच्च शिक्षाको लागि विदेश जाने योजनामा छिन् ।

    ‘नारायण शान्ति मिश्र पदक’ एमए पत्रकारिता तथा आमसञ्चार विषयमा बिजीशा बुढाथोकीले पाइन् । उनले ३.७० सीजीपीए ल्याएर पदक हात पारेकी हुन् । उनले पदक पाउँछु भनेर पढेकी थिइनन् । तर आज उनको मिहिनेतले पदक हात पारिन् । ‘पदक पाउनको लागि पढेको थिइनँ । स्नातकमा बिरामी भएकोले स्वास्थ्यका कारण बिग्रेको थियो । तर मास्टर्समा ग्याप नराखी पढेको थिएँ,’ उनी भन्छिन् ।

    कक्षामा नियमित जाने र पढाएको ध्यानपूर्वक सुन्ने गरेको थिइन् उनले । पत्रकारित गर्दै पढ्दै गरेका कारण थप सिक्ने अवसर पाएको उनी बताउँछिन् । आफ्नो नतिजा समेत उनले हेर्ने गरेकी थिइनन् । ‘मेरो नतिजा हेर्ने गरेको थिइन । पास भएको लिस्टमा सिम्बोल नम्बर हुन्थ्यो । टप भएको साथीहरूले खबर गरेपछि थाहा पाउँथे,’ उनी भन्छिन्, ‘यो पदक पाएको खबर पनि डिपार्टमेन्टले फेसबुक पेजमा बधाइ भनेर राखेपछि थाहा पाएको थिएँ ।’

    हाल उनी एसियन कलेजमा मल्टिमिडियामा पोस्ट ग्रेजुएट गर्दैछिन् । नेपालको शिक्षा प्रणालीमाथि नयाँ पुस्ताले आशा मार्न थालेको उनको निष्कर्ष छ । ‘शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउन नेतृत्वले पहल गर्नुपर्छ,’ उनी भन्छिन् ।

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer