• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

साबधान!! चिसोमा पनि कम भएन डेंगुको जोखिम


  •   शनिबार, पुष ०७, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपालमा पछिल्लो समय चिसो मौसममा पनि डेंगु संक्रमण देखिन थालेको छ । जलवायु परिवर्तन, बसाइँसराइ, कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारण चिसोमा समेत डेंगु देखिन थालेको जनस्वास्थ्यविद्ले बताएका छन् ।

    Advertisement

    सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली प्रादेशिक अस्पतालका कार्यालय प्रमुख डा. अर्जुन भट्टका अनुसार अस्पतालमा दुई जना डेंगुका बिरामी उपचाररत छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्याङ्कले गत वर्ष यता चिसो मौसममा पनि डेंगुको रिपोर्ट शून्य नभएको देखाउँछ । ‘१८ देखि २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा लामखुट्टेको वृद्धि विकास हुँदैन भन्ने छ,’ इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले भने, ‘तर पछिल्लो समय चिसो मौसममा पनि फाट्टफुट्ट डेंगुको केस देखिन्छ ।’

    इडीसीडीको तथ्याङ्कमा मङ्सिर १५ देखि २९ गते बिचमा २ सय ९१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर पछिल्लो समय योभन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय भएको पाइएको छ । यसो हुनुमा जलवायु परिवर्तन मात्रै नभइ लामखुट्टेले आफूलाई तापक्रम अनुसार बाँच्न सक्ने क्षमता विकास गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

    पहाडी र हिमाली क्षेत्रमा पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएको डा. शरद वन्तको भनाइ छ । ‘पहिला पाँच हजार फिटको उचाइभन्दा माथि डेंगु लाग्दैन भनिन्थ्यो,’ उनले भने, ‘सो उचाइमा डेंगु सार्ने लामखुट्टेको अस्तित्व हुँदैन भन्ने गरिन्थ्यो, हाल हिमाली जिल्लामा पनि डेंगु देखिन थालेको छ ।’ ‘पहिला सिजनमा मात्रै देखिने कतिपय रोग बिस्तारै बाह्रै महिना देखिन थालेको छ, जसमा डेंगु पनि पर्छ,’ डा. पुनले रातोपाटीसँग भने, ‘गर्मीमा मात्रै देखिने झिंगा करिब २ डिग्री सेल्सियस तापक्रममा भेटिएको छ, रोग सार्ने किराले चिसो सहन सक्ने क्षमता विकास गरेको भेटेको छु, डेंगु सार्ने लामखुट्टेले पनि आफूलाई चिसो अनुकुल बनाइसकेको छ ।’

    डेंगु सार्ने लामखुट्टे गर्मीमा बढी सक्रिय हुन्छन् । चिसो बढेसँगै डेंगुको संक्रमण केही घटे पनि निल नहुने जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् । ‘डेंगु सार्ने भेक्टर वा सम्वाहक गर्मीमा बढी सक्रिय हुन्छन्,’ उनले भने, ‘चिसो मौसममा डेंगु हुँदै नहुने होइन तर केही कम हुन्छ ।’ पहाडी र हिमाली क्षेत्रमा पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएको डा. वन्तको भनाइ छ । ‘पहिला पाँच हजार फिटको उचाइभन्दा माथि डेंगु लाग्दैन भनिन्थ्यो,’ उनले भने, ‘सो उचाइमा डेंगु सार्ने लामखुट्टेको अस्तित्व हुँदैन भन्ने गरिन्थ्यो, हाल हिमाली जिल्लामा पनि डेंगु देखिन थालेको छ ।’ गर्मीमा लामखुट्टेको टोकाइबाट जोगिन आम मानिसले बढी चासो दिए पनि चिसोमा खासै ध्यान नदिँदा डेंगुको संक्रमण हुने जोखिम बढ्ने डा. वन्तको अनुमान छ ।

    ५१ हजारभन्दा बढीमा डेंगु संक्रमण

    २०७९ पुस यता देशभर ५१ हजार २ सय ४३ जनामा डेंगु संक्रमण देखिएको छ । डेंगुका कारण २० जनाको मृत्यु भइसकेको छ । हाल देशका १६ जिल्लामा पाँच सयभन्दा बढी संख्यामा डेंगु संक्रमित छन् । सबैभन्दा बढी सुनसरीमा १६ हजार १ सय ७५ जनामा डेंगु संक्रमित छन् । त्यस्तै, तनहुँमा ७ हजार १ सय ९३, झापामा ३ हजार ८ सय २५, धादिङमा ३ हजार २ सय ३९, कास्कीमा ३ हजार ६९ डेंगु संक्रमित छन् ।

    यस्तै, मोरङमा २ हजार ३ सय २८, काठमाडौँमा २ हजार ७६, संखुवासभामा १ हजार १ सय ५५ जना संक्रमित छन् । कैलालीमा ९ सय ९४, गोरखामा ७ सय ६१ जना संक्रमित छन् । भक्तपुरमा ६ सय ३०, धनकुटामा ६ सय ५, पाँचथरमा ५ सय ६४, ललितपुरमा ५ सय ४३, बाग्लुङमा ५ सय ४० र स्याङ्जामा ५ सय २ जना डेंगु संक्रमित छन् । देशका ७७ जिल्लामै डेंगु संक्रमित रहेको इडीसीडीको तथ्यांकमा उल्लेख छ ।

    डेंगु कसरी सर्छ ?

    डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । गर्मी याममा बढी सक्रिय हुने एडिस जातको लामखुट्टे पछिल्लो समय चिसोमा पनि हुन थालेको डा.पुनले बताए । एडिस जातको लामखुट्टेले संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने उनको भनाइ छ ।

    पखाला पनि डेंगुको लक्षण

    डेंगु हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरु, आँखाका गेडी र टाउको दुख्ने, शरीरमा राता बिमिराहरु आउने, वाकवाकी लाग्ने वा बान्ता हुने लक्षण विशेष रुपमा देखिए पनि पछिल्लो पटक डेंगुको लक्षणमा पखाला पनि देखिएको डा. पुनले रातोपाटीलाई बताए ।

    ‘डेंगुले ज्वरो आउनु सामान्य लक्षण भएजस्तै धरानमा डेंगु संक्रमितहरुलाई पखाला भएको पाइएको छ,’ उनले भने, ‘मौसम अनुसार होइन कि कुनै पनि रोगको केही समयपछि फरक लक्षण देखिन्छन्, त्यो अनुसन्धानको विषय पनि हो ।’

    डेंगुको संक्रमणबाट कसरी जोगिने ?

    डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् । जाडो समयमा डेंगु नलाग्ने भन्दै बेवास्ता नगर्न डा.पुनले आग्रह गरे । उनले लामखुट्टेको टोकाइबाट जोगिने उपाय नै अपनाउनु पर्ने उल्लेख गरे ।

    सावधानी अपनाउनुपर्ने विषय

    –पूरै शरीर ढाक्ने लुगा लगाउने ।

    –बिहान, दिउँसो, राति जुनसुकै बेला पनि झुल लगाएर मात्र सुत्ने ।

    –दिउँसो पनि लामखुट्टेको टोकाइबाट बच्न मलम लगाउने ।

    –घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

    –आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने ।

    –पानी भरेका भाँडाहरु जस्तै ड्रम, ट्याङ्की, बाटा, बाल्टिन, आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने ।

    –घर, विद्यालय अँध्यारो कुना काप्चा जस्तै पर्दा पछाडि, खाटमुनि, शौचालयभित्र, डेस्क, बेन्चमुनि आदि जस्ता ठाउँहरुमा कीटनाशक औषधि छर्किने

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer