• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जिल्ला परिचय: स्याङ्जा


  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
  • नुवाकोट, सतौंकोट, भिरकोट, गह्रौकोट, कालिकाकोट, बहाकोट, चन्द्रकोट, गिरकोट, कोल्माकोट, सिर्सेकोट, खैरीकोट ईत्यादी कोटले भरिपूर्ण स्याङ्जा जिल्ला गण्डकी प्रदेशमा पर्दछ । यो जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार पहाडी  जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल १,४३७.४६ बर्ग कि.मि. भने समुद्र सतहबाट ३६६ मिटर  देखि २,५१२ मिटर उचाईबीच रहेको छ । यस जिल्लाको सदरमुकाम पुतलीबजार नगरपालिकामा अवस्थित स्याङ्जा बजार (८५० मि.) हो । भौगोलिक रुपमा यो जिल्ला  २७º ५२” देखि २८º १३” उत्तरी अक्षांस र ८३°२७” देखि ८४º ४६” पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा, ५ वटा नगरपालिका, ६ वटा गाउँपालिका गरी जम्मा ११ वटा स्थानीय तह  रहेका छन् । यस जिल्लाको पूर्वमा तनहुँ  जिल्ला, पश्चिममा गुल्मी जिल्ला, उत्तरमा पर्वत र कास्की जिल्ला  तथा दक्षिणमा पाल्पा जिल्ला संग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या २,५३, ०२४ जना रहेको छ भने जनघनत्व २१७ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ८५.५७% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर -१.२८ % रहेको छ भने कूल जनसंख्याको २.७% जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ८१.७% रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा ब्राह्मण, मगर, क्षेत्री, गुरुङ, विश्वकर्मा, मिजार, परियार, नेवार, ठकुरी, घर्ती आदि  रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, मगर, गुरुङ, नेवारी, संस्कृत, भुजेल, आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा नुवाकोट, राधा दामोदर आश्रम, चंदीकालिका, राम्दी घाट, आलम देवी, बुढाकोट, कैलाश गुफा, महालिंगधाम, उत्तर वाहिनी क्षेत्र, पन्चासेको लेक, मिर्मी, अन्धाअन्धी दह, श्रवणकुमार समाधीस्थल, आदि रहेका छन्, यस जिल्लाको सिरुवारी नेपालको पहिले होमस्टे (२०६५-१२-१३) संचालन गर्ने गाउँ हो । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन तथा पदयात्रा आदि रहेका छन् ।

    यस जिल्लाको जलस्रोतका रुपमा कालीगण्डकी नदी, आँधीखोला, ज्यादीखोला, पिडीखोला, अँधेरीखोला, डहरेखोला, खहरे खोला, छेस्के खोला, चिसापानी खोला, फेंदी खोला, सामादी खोला, मोदी खोला वटुवा खोला आदि साना ठूला खोला तथा नदीहरु रहेका छन् ।

    यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा सैन्य सेवा, व्यवस्थापकीय कार्य, शिक्षण, प्राविधिक कार्य, निजामती सेवा, कृषि, पशुपालन, व्यापार, पर्यटन आदि  रहेको छ। नेपालको निजामति क्षेत्रमा स्याङ्जा जिल्लाको नाम सधै अग्र स्थानमा आउने गर्दछ । स्याङ्जा जिल्लामा तराई बिर्साउने अत्यन्त उर्वर माटोले युक्त गण्डकबेशी, चापाकोट, कुवाकोट र रत्नपुर फाँट रहेका छन् । यस जिल्लाको ११६४०० हेक्टर कृषियोग्य जमिनमा धान, गहुँ, मकै, कोदो जस्ता खाद्यवाली तथा सुन्तला, अदुवा, अलैंची तथा कफी र व्यावसायिक तरकारी खेती नगदेवालीको रुपमा गरिन्छ वालिङ, गल्याङ, पुतलीबजार, प्रगतिनगर, आँधीखोला, पंचमूल, आरुखर्क आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।

    उचाई गत विविधता सँगै यस जिल्लामा जलवायुमा पनि विविधता पाउन सकिन्छ । जलवायुका हिसावले यस  जिल्ला उपोष्ण मनसुनी जलवायु न्यानो समशीतोष्ण तथा ठण्डा समशीतोष्ण जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम २ डिग्री सेल्सियस सम्म झर्ने गर्दछ । यस जिल्लाका वनस्पतिमा उपोष्ण सदावहार वनस्पति पतझड वनस्पति तथा कोणधारी वनस्पति पाइन्छन ।

    जिल्ला परिचय अन्तरगत यो एकचालीसौं शृंखला हो।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer