• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ १३, २०८३
☰
बुधबार, जेठ १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ १० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आजको २०८३ साल जेठ ९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जिल्ला परिचय: दार्चुला


  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
  • दुवै छिमेकी मुलुक भारत र चीनलाई छुने पश्चिमको  जिल्ला दार्चुला सुदूरपश्चिम प्रदेशमा पर्दछ । यस जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार हिमाली जिल्लामा राखिएको छ  । यस जिल्लाको क्षेत्रफल २३२२ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट ५१८ मिटर देखि ७१३२ मिटर उचाइबीच अवस्थित रहेको छ । यस जिल्लाको सदरमुकाम महाकाली नगरपालिकामा महाकाली नदी किनारमा अवस्थित खलङ्गा बजार हो । भौगोलिक रुपमा यो जिल्ला  २९ º ३६’  देखि ३० º १५’ उत्तरी अक्षांस र ८०º २२’ देखि ८१º ९’ पूर्वी देशान्तरका बीच अवस्थित रहेको छ । यस जिल्लामा दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी जम्मा नौ वटा स्थानीय तह  रहेका छन् । यस जिल्लाको पूर्वमा बझाङ जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड प्रदेश उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत, तथा दक्षिणमा बैतडी जिल्लासंग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १,३३,३१० जना रहेको छ भ ने जनघनत्व ५७ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९३.५२% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर ०.०० % रहेको छ भने कूल जनसंख्याको २.१ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७७.८ % रहेको छ । यस जिल्लाका प्रमुख क्षेत्री, ब्राह्मण, विश्वकर्मा, ठकुरी, परियार, ब्यासी, सन्यासी, मिजार, मगर, बादी आदि रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख नेपाली, दार्चुलेली, डोटेली, ब्याँसी, बैतडेली, मगर ढुट आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा अपी हिमाल ७१३२ मी.(घुषा), व्यास हिमाल ६७७० मी. (व्यास), नाम्पा ६७५४ मी. (व्यास),  महलको भग्नावशेष (उकु), सुरमासरोवर ताल (खण्डेश्वरी), लिपु लेक ५००० मीटर  धर्मी गुफा (खण्डेश्वरी),  शिखर डाडा, मालीकार्जुन, मालीकार्जुन मन्दिर  मालीकार्जुन, हुनैनाथ मन्दिर  हुनैनाथ, जयपुर मन्दिर रिठाचौपाता, बन्तोली मन्दिर बोहरीगाँउ, महलको भग्नावशेष देवल,  गोकुलेश्वर शिव मन्दिर गोकुलेश्वर  लटीनाथ मन्दिर लटीनाथ आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन, पदयात्रा, आदि रहेका छन् ।

    भू-विभाजन अनुसार समथर प्रदेश अन्तरगत महाकाली, चौलानी र अन्य त्यस्तै ठुला खोला नालाहरुको किनारमा अवस्थित भित्री मधेश संग तुलना गर्न सकिने समथर उब्जाउ फाँटहरु समथर प्रदेश अन्तरगत पर्दछन।जिल्लाको प्रमुख अन्न भण्डारको रुपमा चर्चा पाएको यो समथर प्रदेशमा जनसंख्याको चाप जनघनत्व पनि अत्याधिक रहेको छ।पहाडी प्रदेश अन्तरगत यस जिल्लाको मध्य भागमा रहेको उच्च समस्थली यस प्रदेश अन्तरगत पर्दछन। समथर भूभागको तुलनामा केही कम उत्पादन हुने भएता पनि अपेक्षाकृत उब्जाउ क्षेत्र नै मानिन्छ। लेकाली प्रदेश अन्तरगत प्राकृतिक सौन्दर्यताले सिंगारिएको तर उत्पादनका दृष्टिकोणले कम उर्बरक क्षेत्र लेकाली प्रदेश अन्तरगत पर्दछ । प्रायः हेमन्त ऋतुमा हिमपात हुनु यस प्रदेशको बिशेषता हो। हिमाली प्रदेश अन्तरगत जिल्लाको उत्तर पट्टीको चीनको तिब्बत सित सीमा जोडिएको सामान्यतया बाह्रै महिना हिँउले ढाकिएको क्षेत्रमा उत्पादन मात्रै होइन मानिसहरुको बसोबास समेत नगण्य छ ।

    यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा  कृषि, पशुपालन, व्यापार, पर्यटन आदि  रहेको छ। भिरालो जमिनमा निकै कम मोटाई भएको चिम्त्याइलो, दोमट, बलौटे दोमट बलौटे र कंकणयुक्त माटो पाइने यस जिल्लाको कूल कृषियोग्य जमिनमा धान, गहुँ, कागुनो, चिनो, फापर, उवाजस्ता खाद्यवाली आदि यस जिल्लाका मुख्य उत्पादन हुन् भने कृषिजन्य व्यावसायिक उत्पादनमा सिमि, भट्मास, आलु, गाजर, केराउ, केशर , गुच्चे च्याउ, मह, स्याउ, ओखर, खुर्पानी, आरु, आरुबखडा आदि रहेका छन ।  यस जिल्लाबाट निर्यात हुने मुख्य बस्तुहरुमा यार्सागुम्वा, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईतो, जटामसि, भलायो लगाएतका जडिबुटीहरु, आलु, घ्यु, सुठो, शिलाजित, अल्लोको प्रशोधित धागो, ऊनी, कम्बल आदि पर्दछन । धारी, खलङ्गा, सिप्ती, उकु, टिंकर भन्ज्याङ, गुलिजार  आदि यस जिल्लाका प्रमुख बजार तथा व्यापारिक केन्द्रहरु हुन् ।

    जलवायुका हिसावले यस  जिल्लामा उपोष्ण जलावायु, न्यानो समशीतोष्ण जलवायु ठण्डा समशीतोष्ण जलवायु तथा लेकाली जलवायु तथा टुन्ड्रा जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम सून्य डिग्री सेल्सियस बाट तलसम्म सम्म पनि  झर्ने गर्दछ । यस जिल्लामा उपोष्ण सदाबहार वनस्पति पतझड वनस्पति कोणधारी वनस्पति तथा लेकाली वनस्पति तथा हिमाली टुन्ड्रा वनस्पति  पाइन्छ  । यस जिल्लाका मुख्य वन पैदावरहरुमा बांज, खस्रु, गुराँस, ओखर, साज, पाङ, ठिङ्गो, चिउरी, टुनी, चाँप, काफल, सल्लो, चिलाउने, कटुस चांप, ओखर पिपल टिमुर आदि पर्दछन् जिल्लामा पाइने वन्यजन्तु तथा पंक्षीहरुमा कस्तुरी, मृग, नावर, रेड पाण्डा, रातो बांदर, ढेडु, झारल, थार, बाघ, खरायो, स्याल, दुम्सी, लोखर्के, गोहोरो, डांफे, मुनाल, च्याखुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं, डाँफे, मुनाल आदि पर्दछन्।

     

    जिल्ला परिचय अन्तरगत यो एकहत्तरौं  शृंखला हो।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ १० गते आइतवार:

    • २.
      आजको २०८३ साल जेठ ९ गते शनिवार:

    • ३.
      आज २०८३ साल जेठ ११ गते साेमवार:

    • ४.
      आज २०८३ साल जेठ ७ गते बिहीवार:

    • ५.
      आज २०८३ साल जेठ १२ गते मंगलवार:

    • ६.
      आज २०८३ साल जेठ १३ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ १० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आजको २०८३ साल जेठ ९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer