• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

शनिबार काठमाडौंमा हिपहप मेला हुँदै


  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित
  • काठमाडौं । अमेरिकी दूतावासको आयोजनामा शनिबार काठमाडौंमा हिपहप मेला हुने भएको छ । ‘खुलौं बोलौं’ थिमसहित हुने मेला दरबारमार्गस्थित अन्नपूर्ण पेभेलियनमा आयोजना हुने जनाइएको छ ।

    Advertisement

    मेलामा नेपाली र अमेरिकी कलाकारले प्रस्तुति दिनेछन् । ‘यो कार्यक्रमले नेपाली कलाकारलाई नृत्य, संगीत, प्रस्तुति र प्रदर्शनीमार्फत आफ्नो कला नागरिक र समुदायसम्म पुर्‍याउने अद्वितीय अवसर प्रदान गर्दछ,’ दूतावासले भनेको छ ।

    लाइभ ग्राफिटी आर्ट र भिजुअल आर्ट प्रदर्शनी कार्यक्रमको महत्वपूर्ण आकर्षणको रुपमा रहेको जनाइएको छ । कार्यक्रममा दर्शकले नेपाल र अमेरिकी हिपहप कलाकारको प्रस्तुति हेर्न पाउने उल्लेख छ ।

    दूतावासका अनुसार नेपाली हिपहप कलाकारहरु आशिष राना ‘लाउरे’, फेथओम ब्याण्ड, भ्योमा, प्रोफेसर ट्राही, आमाजुमीले पनि प्रस्तुति दिने जनाइएको छ ।

    स्ट्रिट आर्टिस्टमार्फत सडक कलालाई धेरैभन्दा धेरै दर्शकमाझ पुर्‍याउने उद्देश्य मेलाको रहेको दूतावासले जनाएको छ । फेब्रुअरी १६ देखि सुरु भएको द आर्ट्स इन्भोय हिपहप प्रोग्राम-२०२४ अन्तर्गत यो कार्यक्रम हुन लागेको हो । यो प्रोग्राम फेब्रुअरी २६ मा सकिंदैछ ।

    हिपहप संगीत र नृत्य थालनी भएको ५० औं वर्षगाँठ मनाउन दूतावासले केही अमेरिकी हिपहप कलाकारलाई नेपाल ल्याएको छ । उनीहरुले काठमाडौं र विराटनगरमा कार्यशाला आयोजना गर्दै हिपहप कलालाई युवामाझ प्रस्फुटन गराउन कार्य गरिरहेका छन् । कलामार्फत नेपाल र अमेरिकी संस्कृतिको अनुभव साटासाट गर्ने उद्देश्य यो कार्यक्रमको छ ।

    आर्ट्स इन्भोय कार्यक्रमअन्तर्गत यतिबेला नेपालमा माजी मुताफा, सब्सटेन्सियल, साना लिम, डिजे फ्लेग, वाल्सी फायरजस्ता विश्व चर्चित कलाकार रहेका छन् । रेकर्ड निर्माता समेत रहेका फायरले एलओडी क्लबमा बुधबार बेलुका प्रस्तुति समेत दिएका थिए ।

    शनिबार, फागुन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer