• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, चैत १९, २०८२
☰
बिहिबार, चैत १९, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

  • २. आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्यटकीय क्षेत्र विकास गर्दै रोसी गाउँपालिका


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रवर्धन तथा विकासलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाले पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान, प्रवर्धन तथा विकासका लागि विभिन्न संरचना निर्माणको कामलाई प्राथमिकता दिएको हो ।

    Advertisement

    विगतका वर्षमा तीनधारे झरनालगायत पर्यटकीय क्षेत्रको प्रवर्धन र प्रचारप्रसारको काम गर्दै आएको गाउँपालिकाले पछिल्लो समय वडा नं. ३ स्थित ताराखसे लेकलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न विभिन्न भौतिक पूर्वाधार निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सङ्घीय सरकारको विशेष अनुदानमा ताराखसे हात्ती आहाल पर्यटन क्षेत्र प्रवर्धन तथा संरक्षणका लागि काम गरेको बताउनुभयो । उहाँले सङ्घीय सरकारको एक करोड रुपियाँबाट ताराखसे हात्ती आहाल (पोखरी) को वरिपरि छेकबार, ढुङ्गा बिछ्याउने, सिँढी निर्माण, प्रतीक्षालय निर्माण, आवासगृह, खानेपानी व्यवस्थापन र शौचालय निर्माणको काम गरेको बताउनुभयो ।

    “ताराखसे लेकसम्म आउनका लागि हिउँद, वर्षायाममा सवारी चल्ने खालको सडक आवश्यक छ, पालिकासँग त्यस्तो सडक निर्माण गर्न पर्याप्त बजेट नभएकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय तथा सहयोगको लागि पहल गर्ने छौँ,” गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो ।

    उहाँले ऐतिहासिक महŒव बोकेको ताराखसे लेक ओझेलामा परेपछि उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन गत वर्षको जनैपूर्णिमाको दिनमा गाउँपालिकाको टोली उक्त क्षेत्रमा गई स्थानीयवासीसँग छलफल गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने काम गरेको बताउनुभयो । उहाँले गाउँपालिकाले ताराखसे लेकका साथै तीनधारे झरनाको वाल्टिङको चैतेपानी, भुमेचुलीडाँडाको पर्यटकीय विकासका लागि योजना अघि सारेको भन्दै चालु आवमा पछिल्लो समय चर्चित बनेको तीनधारे झरना आसपास भौतिक पूर्वाधार निर्माणका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले वाल्टिङस्थित चैतेपानीमा आगामी दुई वर्षपछि अर्थात् २०८३ सालमा १२ बर्से गोदावरी मेला लाग्ने बताउँदै मन्दिर, बाटोलगायतका विभिन्न भौतिक संरचना निर्माणका लागि योजना अघि सारेको र भुमेचुलीडाँडामा रहेको दर्शनटुप्पो परिसरमा पार्किङ स्थललगायतको संरचना निर्माण गर्नुपर्ने बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष लामाले गाउँपालिकाले ‘रोसीको दृष्टि, पर्यटन र कृषि’ भन्ने मूल नारालाई पूरा गर्ने योजना अघि बढाउँदै आएको बताउनुभयो । रोसी गाउँपालिकाभित्र ताराखसे, आहाले लेक, तीनधारे झरना, घ्याङ लेकलगायतका १३ वटा प्रमुख पर्यटकीय स्थल र ताराखसे लेक, हात्ती आहाल, सीतापाइला, मङ्गलटार बजार पर्यटकीय एवं ऐतिहासिक स्थलका रूपमा रहेको गाउँपालिकाले जनाएको छ ।(गोरखापत्र)

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७

    • २.
      आज २०८२ साल चैत १६ गते साेमवार:

    • ३.
      आज २०८२ साल चैत १७ गते मंगलवार:

    • ४.
      आज २०८२ साल चैत १९ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    • ५.
      भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    • ६.
      आज २०८२ साल चैत ४ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत ३ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत २ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer