• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मन्दिर परिचय: मौलाकालिका भगवती मन्दिर


  •   शुक्रबार, माघ ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । समून्द्री सतहबाट ५६१ मिटर पहाडी वन उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल एवम् शक्तिपीठ मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । राष्ट्र‌को मध्यभागमा अवस्थित, ऋषिहरुको तपोभूमि देवघाट क्षेत्र परिसर पूर्व पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ करिब ४ कि. मि. टाढा गैंडाकोट नगरपालिका वार्ड नं. १ मा अवस्थित छ।

    Advertisement

    ऐतिहासिक पृष्ठभूमि प्राचीन काल पन्ध्रौ शताब्दीको अन्त्यतिर ( करिब ५०० वर्ष पहिला ) पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखी देवघाट‌‌धाममा चक्रवर्ती शिला स्थापनासहित तीर्थवास गरेको र सैनिक टुकडीलाई शक्ति आराधनाका लागि मौलो गाडी शक्ति- पीठका रुपमा पूजा-अर्चना गर्ने व्यवस्था गरेका थिए । उन‌को शासनकालपछि स्थानीय पिनाली र सुनारी मगरले पूजा गर्ने गरेका थिए भन्ने पाइन्छ । त्यसपछि गाउँलेहरुले आलो – पालो गरी पूजा चलाएका थिए ।

    त्यहाँ ठूलो सालको रुख थियो । वि. सं. १९९० सालको भुकम्पमा रुख ढलेको थियो । रुखसँगै जोडिएको मन्दिर‌मा भए‌का ऐतिहासिक संरचना सबै भताभुङ्‌ग भएका थिए । कालान्तरमा त्यस ठाउँका आदिवासीहरु अन्यत्र बसाई सर्न थाले र मन्दिर जाने पूजापाठ गर्ने चलन विस्तारै कम हुदै गयो ।

    वि.सं. २०३५ सालमा गैंडाकोट १ निवासी स्वर्गीय काशीनाथ पौडेलले स्वप्नमा मौलाकालिकाको दर्शन पाएपछि तत्काल स्थानीय व्यक्ति हवल्दार कुमानसिंह गुरुङसमेतले उक्त स्थानमा स्थानीय बासिन्दाहरुको साथ, सह‌योगले सानो मन्दिर निर्माण गरी बडादशैं र चैतेदशैंमा पूजा- पाठ गरिदै आएको थियो ।

    मन्दिर निर्माण भएपछि पूजा सञ्चालन र पुजारीको व्यवस्था गरियो । वि . सं. २०३२ सालदेखि ब्राह‌मणद्वारा पूजा हुन थाल्यो । वि. सं. २०३८ सालको बडादशैंदेखि धार्मिक सेवा समितिले संस्थागत रूपमा पूजा आरम्भ गरेको हो । वि. सं. २०४३ साल वैशाखदेखि हप्ताको २ दिन मङ्‌गलबार र शनिबार पूजा हुन थालेको हो । यसैगरी वि. सं. २०४४ साल चैत ६ गतेदेखि एकजना आवासीय पुजारीद्वारा दैनिक पूजा – पाठ आरम्भ गरियो ।

    वि. सं. २०६४ सालदेखि तीनजना आावासीय पुजारीबाट वैदिक विधिअनुसार सात्विक दैनिक पूजा-अर्चना, स्वाहा , स्वधा र पाठ परायण हुदै आएको हो । विधानतः मन्दिर परिसरभित्र जीव बली प्रथालाई पूर्णतः निषेध गरिएको छ ।

    वि. सं. २०३२ सालमा बनेको टिनको छानो भएको मन्दिर वर्षाको कारण‌ले भत्कियो र पुनः २०४२ सालमा एक ढोका र टिनले छाएको सानो मन्दिर निर्माण भयो ।

    धर्मानुरागी व्यक्तिहरूको दिनप्रतिदिन भक्तजनह‌रूको आगमन बढ्दै गएपछि वि. सं. २०५१ सालमा मध्यक्षेत्र प्रहरी तालिम केन्द भरतपुर चितवनका प्रहरी उपरीक्षक श्री ज्ञानेन्द्रविक्रम महतका प्रेरणा, साथ, सहयोगले धार्मिक सेवा समितिको सक्रियता, श्रद्धालु भक्तजन, जनता , संङ्गसंस्था, विभिन्न सरोकारवालाह‌‌रुको सहयोगबाट वि. सं. २०५३ सालमा तीन ढोकासहितको तीन तले पक्की प्यागोडा शैलीमा वर्तमान मन्दिर निर्माण कार्य सुसम्पन भयो ।

    वि . सं. २०५३ साल चैत महिनामा मन्दिर निर्माणार्थक प्रेरक व्यक्तित्व श्री ज्ञानेन्द्रविक्रम महत ज्यू बाट मन्दिर समुद्‌घाटन भयो ।

    शक्तिस्वरूपा मौलाकाली भगवतीको पूजा-अर्चना आराधना एवम् उपासना गर्नाले मनले चिताएको मनोकाङ्‌‌क्षा पूरा हुने, आत्मसन्तुष्टि र आनन्द मिल्ने जनविश्वास रहे‌को पाइन्छ । मानिसलाई दुःख, आपत‌विपत् र सङ्‌‌कट परेको अवस्थामा भगवतीको प्रार्थना गर्नाले सहनशक्ति प्राप्त हुने, दुःख कष्टबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ ।

    नेपाल लगाएत छिमेकी राष्ट्र भारत, भुटानका साथै अन्य मुलुकहरुबाट प‌नि शक्ति पूजक एवम् उपासकहरु दिनानुदिन आउने क्रम बढिरहेको छ । राष्ट्रिय र अन्तराष्ट्रि‌य ख्याति प्राप्त व्यक्तिहरु पनि मौलाकालिका भगवतीको दर्शन गर्न बेला बेलामा आइरहनु भएको छ ।

    मौलाकालिका मन्दिर प्रवेशद्वार नजिक श्री सिद्धिविनायक गणेश मन्दिर, श्री राधाकृष्ण मन्दिर छ । यसैगरी देउराली भञ्याङ सिंढीमार्गमा देउराली देवीको खुला मन्दिर छ।

    मौलाकालिका मन्दिर प्राङ‌्गणमा हवनकुण्ड, भैरव देवीको मन्दिर, ॐ नम शिवाय मठ, शिवलिङ्‌ग मठ, तुलसी देवीको मठ र प्राङ्‌ग‌णस्थित मूल प्रवेशद्वारमा गणेश र सरस्वतीका मूर्तिहरु राखिएका छन् ।

    मौलाकालिका मन्दिरका गुरु योजना तथा विकासकार्यहरु पनि रहेका छन् । मन्दिरका भावी योजनाहरू पनि सबैको साथ र सहयोगले पूरा हुनेछन् भन्ने विश्वास छ ।

    मन्दिरसम्म पुग्नका लागि सिढी मार्गको पनि व्यवस्था छ, जसमा १ हजार ८ सय ८२ खुट्किला रहेका छन् भने अहिले केवलकारको पनि व्यवस्था रहेको छ ।

    राष्ट्र‌को गौरव, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त शक्तिस्वरू‌पा मौलाकालिका भगव‌तीको मन्दिर हामी नेपालीको पहिचान हो । गैंडाकोट बासीको मात्र नभई सिङ्‌गो राज्यको शान हो । भावी पीढीलाई मन्दिरको अस्तित्व , महत्त्व , महिमा बताउनु आवश्यक हुन्छ । उक्त मन्दिरको संरक्षण र संवर्द्वन गर्नु हामी सबैको कर्तव्य हो ।

    ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको मन्दिर एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुनु आवश्यक छ । आध्यात्मिक शान्ति, सङ्‌कटमोचन, आश्था र विश्वासको धरोहर धार्मिक एवम् पर्यटकीय स्थल धार्मिक सेवा समिति मौलाकालिका भगवतीले हामी सबैको मनोकामना पूरा गरून् ।

    ” मौलाकालिका भगवतीको दर्शन गरी पुण्य कमाऔँ र आन्तरिक पर्यटनको विकासमा टेवा बढाऔं ।”
    (लेखक: भूमिका गैरे (तिमिल्सिना),गैंडाकोट ४, नवलपुर)

    शुक्रबार, माघ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer