• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, जेठ १८, २०८३
☰
सोमबार, जेठ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मरुवा रोगका कारण किसान चिन्तित

  • ६. आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

  • ८. आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

  • १०. आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु


  •   मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
  • काठमाडौं ।

    Advertisement

    त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगोल विभाग, कीर्तिपुरमा विश्वविद्यालयस्तरीय भूगोल शिक्षकहरूका लागि “भूगोलमा परिमाणात्मक प्रविधि (Quantitative Techniques) सम्बन्धी पुनर्ताजगी तालिम” सोमबारदेखि सुरु भएको छ। पाँच दिने उक्त तालिम १८ देखि २२ जेठ २०८३ (१–५ जुन २०२६) सम्म सञ्चालन हुनेछ। तालिमको आयोजना केन्द्रीय भूगोल विभागले गरेको हो भने आर्थिक सहयोग विश्वविद्यालय अनुदान आयोग (UGC), सानोठिमी, भक्तपुरले प्रदान गरेको छ।

    तालिम उद्घाटन समारोह केन्द्रीय भूगोल विभागका विभागीय प्रमुख प्रा. डा. उमेश कुमार मण्डल को अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलले भूगोल विषयको अध्यापन तथा सिकाइमा, विशेषगरी स्नातक तहमा, परिमाणात्मक प्रविधिको महत्त्व दिनप्रतिदिन बढ्दै गएको बताए। गुणस्तरीय अनुसन्धान, शैक्षिक लेखन तथा तथ्यमा आधारित भौगोलिक विश्लेषणका लागि परिमाणात्मक विधिहरू अपरिहार्य रहेको उल्लेख गर्दै उनले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, स्रोत व्यक्तित्व तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक डा. लक्ष्मीकान्त शर्मा ले उच्च शिक्षामा परिमाणात्मक प्रविधिको महत्त्वमाथि प्रकाश पार्दै अनुसन्धान, अध्यापन र सिकाइका लागि यस्ता विधिहरू अत्यन्त आवश्यक रहेको बताए। अर्थशास्त्रीको दृष्टिकोणबाट बोल्दै उनले परिमाणात्मक विश्लेषणले अनुसन्धानलाई वैज्ञानिक र विश्वसनीय बनाउने उल्लेख गरे तथा तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

    अतिथि वक्ताका रूपमा मन्तव्य राख्दै प्रा. डा. ध्यानेन्द्र बहादुर राई ले भौगोलिक परिमाणात्मक प्रविधिलाई विद्यार्थी तथा शिक्षकहरूले प्रायः जटिल विषयका रूपमा लिने गरेको उल्लेख गरे। उनले यस्ता विषयवस्तुलाई सरल, व्यावहारिक र प्रयोगमुखी ढङ्गले अध्यापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै अनुसन्धान तथा निर्णय प्रक्रियामा यसको प्रभावकारी प्रयोग हुन सक्ने बताउनु भयो।

    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै डा. छविलाल चिदी ले विश्वविद्यालय शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्त उपयोगी हुने बताए। उनले तालिमले सहभागीहरूको परिमाणात्मक सीप, अनुसन्धान क्षमता तथा शैक्षिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो।

    उद्घाटन समारोहमा प्रा. डा. प्रेमसागर चापागाईं, प्रा. डा. केदार दाहाल तथा सहप्राध्यापक डा. पुष्पा शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    तालिममा त्रिभुवन विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरूबाट आएका १५ जना भूगोल विषयका प्राध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको छ। पाँच दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूले भौगोलिक परिमाणात्मक प्रविधि, तथ्याङ्क विश्लेषण तथा तिनको अनुसन्धान, अध्यापन र शैक्षिक प्रकाशनमा प्रयोग सम्बन्धी व्यावहारिक प्रशिक्षण प्राप्त गर्नेछन्।

    मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ १२ गते मंगलवार:

    • २.
      आज २०८३ साल जेठ १६ गते (३०

    • ३.
      आज २०८३ साल जेठ १४ गते (२८

    • ४.
      आज २०८३ साल जेठ १३ गते बुधवार:

    • ५.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ६.
      आज २०८३ साल जेठ १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    • ३.
      आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    • ५.
      आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ८.
      आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer