• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ २३, २०८३
☰
शनिबार, जेठ २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न


  •   शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगोल विभाग, कीर्तिपुरद्वारा विश्वविद्यालयस्तरीय भूगोल शिक्षकहरूका लागि आयोजना गरिएको “भूगोलमा परिमाणात्मक प्रविधि (Quantitative Techniques) सम्बन्धी पुनर्ताजगी तालिम” सफलतापूर्वक सम्पन्न भएको छ। १८ देखि २२ जेठ २०८३ (१–५ जुन २०२६) सम्म सञ्चालन भएको उक्त पाँचदिने तालिमलाई विश्वविद्यालय अनुदान आयोग (UGC, Nepal), नेपाल सानोठिमी, भक्तपुर ले आर्थिक सहयोग प्रदान गरेको थियो।
    तालिमको उद्देश्य भूगोल विषयका विश्वविद्यालय शिक्षकहरूको परिमाणात्मक सीप, तथ्याङ्कीय विश्लेषण क्षमता, अनुसन्धान दक्षता तथा प्रमाणमा आधारित अध्यापन पद्धति सुदृढ गर्नु रहेको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरूबाट सहभागी भएका 20 जना भूगोल विषयका प्राध्यापक तथा शिक्षकहरूले सहभागिता जनाएका थिए।

    Advertisement

    समापन समारोह केन्द्रीय भूगोल विभागका विभागीय प्रमुख प्रा . डा. उमेश कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्षीय मन्तव्यका क्रममा उहाँले भूगोल विषयको अध्यापन, अनुसन्धान तथा शैक्षिक प्रकाशनमा परिमाणात्मक प्रविधिको महत्त्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्नुभयो। गुणस्तरीय अनुसन्धान, वैज्ञानिक विश्लेषण तथा प्रमाणमा आधारित ज्ञान उत्पादनका लागि यस्ता प्रविधिहरू अपरिहार्य रहेको बताउँदै सहभागीहरूलाई परिमाणात्मक विधिमा आधारित अनुसन्धान लेखहरू प्रकाशन गर्न विभागले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै आगामी दिनमा रिमोट सेन्सिङ तथा भौगोलिक सूचना प्रणाली (GIS) सम्बन्धी उन्नत तालिमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।

    कार्यक्रमका प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा . डा. शुशिल बहादुर बज्रचार्यले प्रशिक्षक तथा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। आफ्नो मन्तव्यमा उहाँले उच्च शिक्षामा परिमाणात्मक प्रविधिको बढ्दो महत्त्वमाथि प्रकाश पार्दै अनुसन्धान, अध्यापन तथा सिकाइ प्रक्रियालाई वैज्ञानिक, वस्तुगत र विश्वसनीय बनाउन यस्ता विधिहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो। दिगो विकास, वातावरणीय व्यवस्थापन तथा प्रमाणमा आधारित निर्णय प्रक्रियामा परिमाणात्मक विश्लेषणको महत्वपूर्ण भूमिका रहने उहाँले उल्लेख गर्नुभयो।

    विशिष्ट अतिथिका रूपमा मन्तव्य राख्दै प्रा . डा. नरेन्द्र राज खनालले भौगोलिक अनुसन्धानलाई वैज्ञानिक तथा विश्वसनीय बनाउन परिमाणात्मक प्रविधिहरू अत्यन्त प्रभावकारी हुने बताउनुभयो। उहाँले आगामी दिनमा भौगोलिक मोडेलिङ, स्थानिक विश्लेषण तथा उन्नत अनुसन्धान विधिमा केन्द्रित यस्ता तालिमहरू थप सञ्चालन गर्न सुझाव दिनुभयो। अर्का अतिथि वक्ता प्रा . डा. ध्यानेन्द्र बहादुर राईले भौगोलिक परिमाणात्मक प्रविधिलाई सरल, व्यावहारिक तथा प्रयोगमुखी ढङ्गले अध्यापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनुसन्धान तथा नीति निर्माण प्रक्रियामा यसको प्रभावकारी प्रयोग हुन सक्ने बताउनुभयो।

    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै डा. छविलाल चिदी ले विश्वविद्यालय शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्त उपयोगी हुने उल्लेख गर्नुभयो। तालिमले सहभागीहरूको अनुसन्धान क्षमता, विश्लेषणात्मक दक्षता तथा शैक्षिक उत्कृष्टता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    सहभागीहरूको तर्फबाट मन्तव्य राख्दै सहप्राध्यापक केशव ढकाल ले तालिमले स्नातक तहको पठनपाठनलाई थप प्रभावकारी बनाउन तथा अनुसन्धानमूलक लेखनमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले तालिम अत्यन्त उपलब्धिमूलक र समयसापेक्ष रहेको प्रतिक्रिया दिनुभयो।

    तालिमका संयोजक उपप्राध्यापक शेरबहादुर गुरुङ ले पाँचदिने तालिमका प्रमुख विषयवस्तु प्रस्तुत गर्दै पहिलो दिन भौगोलिक तथ्याङ्क, मापन स्केल, केन्द्रीय प्रवृत्ति तथा विचलन; दोस्रो दिन नमुना छनोट, सहसम्बन्ध तथा प्रतिगमन; तेस्रो दिन सेन्ट्रोग्राफिक मापन, नियारेष्ट नाइबोर विश्लेषण तथा बिन्दु प्रतिरूप विश्लेषण; चौथो दिन नेटवर्क विश्लेषण, स्थानीयकरण, एकाग्रता सूचकाङ्क, लोरेन्ज वक्र, जिनी गुणांक तथा समय शृङ्खला विश्लेषण; र पाँचौँ दिन म्याट्रिक्स, इन्भर्स म्याट्रिक्स, क्यालकुलश, अवकलन तथा समाकलन सम्बन्धी विषयहरूमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो।
    कार्यक्रमको समापन गर्दै वक्ताहरूले भूगोलमा परिमाणात्मक प्रविधिको प्रयोगले अनुसन्धान, अध्यापन तथा नीति निर्माणलाई थप वैज्ञानिक, प्रमाणमा आधारित तथा प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। सहभागी, प्रशिक्षक तथा सहयोगी संस्थाहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।

    “परिमाणात्मक विश्लेषणबाट दिगो समाधानतर्फ: प्रमाणमा आधारित भूगोल शिक्षाको आधार” भन्ने मूल भावलाई आत्मसात् गर्दै सम्पन्न भएको यो तालिमले नेपालमा भूगोल शिक्षण तथा अनुसन्धानको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ १७ गते (३१

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ १९ गते (२

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    भर्खरै

    • १.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • २.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    • ५.
      आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer