काठमाडौं । दोलखाको चरिकोटमा मंगलबार सम्पन्न तेस्रो अधिवेशनले दामोदर नेपालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । दोलखाको चरिकोटमा मंगलवार होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति चयन भएको हो ।। वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ तथा महासचिवमा सुनिल अर्याल रहेका छन् ।
सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा विनोद लामिछाने र सहकोषाध्यक्षमा ललितजंग सिंह रहेका छन् । यस्तै सदस्यमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अञ्जनकुमार खड्का, वोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ रहेका निर्वाचन समितिले जनाएको छ ।
पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीनजना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । बागमती प्रदेशअन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यावसायिक नेतृत्व तथा हकहितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।




