• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जुम्लामा स्याउ उत्पादन बढ्यो तर ढुवानीको समस्या


  •   आइतबार, चैत १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । कर्णाली प्रदेशको जुम्लामा स्याउ उत्पादन बढेको छ । स्याउ उत्पादन जसरी बढेको छ, त्यसको ढुवानी सहज हुन नसक्दा कृषकहरूले नोक्सानी पनि उस्तै बेहोर्नु परेको एक अध्ययनले जनाएको छ । सुर्खेतस्थित ऋति फाउन्डेसनले जुम्लाको स्याउ बजार प्रणालीमा रहेका चुनौतीहरू र आवश्यक पहल विषयमा हालै एक अध्ययन गरेको थियो । सोही अध्ययनका आधारमा जुम्लामा स्याउ उत्पादनमा वृद्धि भए पनि ढुवानी व्यवस्थित नहुँदा नोक्सानी पनि उस्तै रहेको देखाइएको छ ।

    Advertisement

    सुर्खेतमा अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै अनुसन्धान अधिकृत सुस्मी सापकोटाले तीन वर्षको अवधिमा जुम्लामा स्याउ उत्पादन बढेको र ढुवानी सहज नहुँदा नोक्सानीको दर पनि बढेको जनाउनुभयो । आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्म जुम्लामा स्याउ उत्पादन २६ प्रतिशतले वृद्धि भएको छ । २०७८/७९ मा स्याउ किसान १४ हजार पाँच सय रहेकोमा आव २०८०/८१ मा २६ प्रतिशतले बढेर १८ हजार ३१५ जना पुगेका छन् । गत वर्ष जुम्लामा चार हजार २५० हेक्टर जमिनमा २० हजार ५११ मेट्रिक टन उत्पादन गरी जुम्लाबाट ६१ करोड ४० लाख बराबरको स्याउ बाहिर निकासी भएको अध्ययनमा उल्लेख छ ।

    जुम्लामा स्याउ उत्पादन भएसँगै बिक्री दर पनि बढेको छ । जुम्लासहित सुर्खेत, काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरान, धनगढीसम्म जुम्लाको स्याउ पुग्ने गरेको छ । तीन आर्थिक वर्ष स्याउको बिक्री मात्रा १२ हजार मेट्रिक टनबाट बढेर २० हजार ५११ मेट्रिक टन पुगेको छ ।

    ढुवानीको राम्रो व्यवस्था नहुँदा नोक्सानी पनि बढेको छ । बिक्री नहुने मात्रा पनि बढेको छ । बिक्री नहुने स्याउको मात्रा चार हजार मेट्रिक टनबाट बढेर नौ हजार १३६ मेट्रिक टन पुगेको छ ।

    जुम्लाबाट बजारसम्म स्याउ पुग्न कम्तीमा आठदेखि १० दिन लाग्ने गरेको छ । भौगोलिक कठिनाइ, साँघुरो बाटो, पुराना कार्टुन, टिप्ने राम्रो व्यवस्था नहुँदा स्याउ कुहिने गरेको छ । ढुवानी व्यवस्थित हुन नसक्दा स्याउ प्रतिक्विन्टलमा औसतमा १० केजीसम्म नोक्सानी हुने गरेको पाइएको अनुसन्धान अधिकृत सापकोटाले बताउनुभयो । स्याउको मूल्य शृङ्खलामा हुने नोक्सानलाई घटाउन र बिक्री नहुने स्याउको मात्रामा कमी ल्याउन आवश्यक रहेको भन्दै उहाँले स्याउको क्षति कम गराउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    महँगो कार्टुनको मूल्य, पुराना कार्टुन, ढुवानीमा कठिनाइले स्याउको मूल्य पनि महँगो हुने गरेको पाइएको अनुसन्धानले देखाएको छ । स्याउको वर्गीकरणको न्यून अभ्यास, परम्परागत प्याकेजिङ एवं व्यवस्थापन अभ्यास, आधुनिक कृषि अभ्यासको अङ्गीकरण नहुनु, उत्पादनपछि व्यवस्थापनको कमजोरीले गर्दा स्याउले उचित मूल्य पाउन नसकेको र नोक्सानी बढेको पाइएको उहाँले बताउनुभयो ।

    स्याउ उत्पादनका साथै सहज ढुवानीको व्यवस्था मिलाउन सके जुम्लामा स्याउबाट थप आम्दानी गर्न सकिने उहाँले औँल्याउनुभयो । त्यसका लागि स्याउको आयु बढाउन र क्षति कम गर्न उत्तम अभ्यासको प्रयोग गर्नुपर्ने, कम गुणस्तरका स्याउको बजारीकरणका लागि प्रशोधन उद्योग स्थापना गर्नुपर्ने सुझाव अध्ययनको छ । निजी क्षेत्रको नेतृत्वमा फसलपछिको विस्तारित सेवा गर्नुपर्ने र राम्रो गुणस्तरको स्याउका लागि प्रतिस्पर्धी मूल्यसहितको बजारको व्यवस्थापन गर्न सकिए स्याउको मूल्य थप वृद्धि हुने सुझाव पनि अध्ययनले दिएको छ ।(गोरखापत्र)

    आइतबार, चैत १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer