• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुरुङमार्ग निर्माणमा पुन: समस्या


  •   आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । निर्माणको अन्तिम चरणमा पुगेको उद्घाटन समेत भईसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक महिनादेखि ठप्प छ । कात्तिकदेखि सञ्चालनको तयारीमा रहेको सो सुरुङमार्ग, स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि चैत ३ गतेदेखि आयोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन ।

    Advertisement

    आयोजनाका प्रमुख सञ्जय पन्थीले स्थानीयवासीले आयोजनासँग असम्बन्धित र अव्यावहारिक माग राख्दै सुरुङमार्ग निर्माण अवरुद्ध पारेको बताउनुभयो । अवरोधका कारण आयोजनाको पूर्वी र पश्चिमी पोर्टल दुवैतिर काम अवरुद्ध भएको छ । आयोजनाको काम सुरु भएयता स्थानीयवासीले १२ पटकभन्दा बढी आयोजनाको काममा अवरोध पुर्याइसकेका छन् ।

    उहाँले भन्नुभयो, “यसअघि स्थानीयसँग भएको सम्झौता अनुसार उनीहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने काम सुरु भइसकेको छ । कतिले क्षतिपूर्ति पाइसकेका छन् । तर फेरि नयाँ कुरा झिकी विभिन्न असान्दर्भिक माग राखी आयोजना ठप्प पारिएको छ ।” उहाँका अनुसार यसअघि सुरुङमाथिका विस्फोट गर्दै चर्किएको भनिएका सात वटा घरको मूल्याङ्कन भई नयाँघर निर्माणका लागि क्षतिपूर्ति दिने काम सुरु भइसकेको छ ।

    स्थानीयले सुरुङमार्ग क्षेत्रमा खानेपानी निःशुल्क वितरण व्यवस्था हुनुपर्ने, सिँचाइका लागि दीर्घकालीन व्यवस्था गर्नुपर्ने, सुरुङमाथि परेका जग्गाको मुआब्जा दिनुपर्नेलगायतका माग गर्दै आयोजनाको काम ठप्प पारेका हुन् । सुरुङमार्ग क्षेत्रका बासिन्दालाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने पनि उनीहरूको माग छ । अवरोधका कारण सुरुङमार्गकोे भुइँ ढलान, पहुँच सडक निर्माण, फ्लाइओभर निर्माण, पहिरो नियन्त्रणका लागि वालिङ (ल्यान्ड साइड प्रोटेक्सन) उठाउनेलगायतका काम अवरुद्ध छन् । आयोजना प्रमुख पन्थीले भन्नुभयो, “हामीले आयोजनाको काम सुरु गर्न स्थानीयवासीसँग छलफल गरी धेरै प्रयास ग¥यौँ तर केही लागेन । अब यस समस्या समाधान माथिल्लो तहबाट मात्र हुन सक्छ होला ।”

    काम अवरुद्ध हुँदा जापानी कम्पनीको हाजमा एन्डो कर्पोरेसनले दैनिक ५० लाख रुपियाँ क्षतिपूर्ति माग गरेको छ । आयोजनामा १५ जना जापानीसहित तीन सय नेपाली कार्यरत छन् । सुरुङमार्गभित्र अक्सिजन, लाइट, भ्यान्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडान भइरहेको थियो । आयोजना अन्तर्गत अहिले तीन वटा अन्डरपास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभरपास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण चरणमा छ । आयोजनाका प्रवक्ता रमेश कोइरालाका अनुसार काम अवरुद्ध हुनुअघि चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम् प्रविधि प्रयोग भइरहेको छ ।

    उहाँका अनुसार बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुखसम्म दुई किलोमिटर ३०७ मिटरमध्ये एक किलोमिटर ९९५ मिटर कालोपत्र भइसकेको छ । त्यसै गरी धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको छ ।(गोरखापत्र)

     

    आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer