• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, चैत १९, २०८२
☰
बिहिबार, चैत १९, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

  • २. आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शक्ति नभई, राज्यचेतनाको पुनर्जागरण हुन्: पृथ्वीनारायण शाह


  •   आइतबार, पुष २७, २०८२ मा प्रकाशित
  • काठमाडौं । आधुनिक नेपालको इतिहासमा पृथ्वीनारायण शाह एउटा यस्तो नाम हो जसलाई कतिपयले केवल “एकीकृत नेपालका राजा” वा “विजेता” का रूपमा स्मरण गर्छन् । तर इतिहासको गहिरो अध्ययन गर्ने हो भने उनी केवल भूगोलका विजेता मात्र थिएनन् । उनी मौलिक ‘राज्य र चेतना’का सर्जक र प्रवद्र्धक थिए। उनले छरिएर रहेका साना राज्यहरूलाई एउटै सूत्रमा मात्र गुथेनन्, दक्षिण एसियाको भू-राजनीतिक जटिलता बुझेर एउटा सुदृढ ‘राष्ट्रिय अवधारणा’ दिए।

    Advertisement

    पश्चिमी राजनीतिक दर्शनमा प्लेटोले ‘दार्शनिक राजा’को अवधारणा अघि सारे। जहाँ शासन शक्तिले होइन, विवेक र न्यायले निर्देशित हुनुपर्छ भनिएको थियो । पूर्वीय चिन्तन परम्परामा राज्यको स्थायित्वलाई नैतिक नेतृत्व र पारिवारिक संरचनासँग जोडेको देखिन्छ। त्यस्तै, कौटिल्यले आफ्नो ‘अर्थशास्त्र’ मा शक्ति र नीतिको सन्तुलनलाई राज्यको मेरुदण्ड मानेका छन्।
    यी विश्वप्रसिद्ध चिन्तनहरूलाई नियाल्दा पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ मा यी सबैको विशिष्ट संयोजन पाइन्छ। उनको दर्शन नक्कलमा होइन। आफ्नै माटोको मौलिकतामा आधारित थियो। उनले बुझेका थिए। जुन राज्य पराईको ढाँचामा अडिएको हुन्छ। त्यो दीर्घकालीन हुँदैन।

    युरोपेली चिन्तक निकोलो म्याकियावेलीले ‘द प्रिन्स’ मा शक्तिको यथार्थवाद र राज्यको सर्वोच्चताको व्याख्या गरेजस्तै पृथ्वीनारायण शाहले पनि राज्यलाई सर्वोच्च मान्थे। उनको पद्धति केवल सत्ता टिकाउने दाउपेचमा सीमित थिएन। उनले विदेशी प्रभुत्व (विशेषगरी तत्कालीन इस्ट इण्डिया कम्पनी) सँग सतर्क रहँदै आन्तरिक एकता र सांस्कृतिक निरन्तरतालाई राज्यको प्राणवायु माने।

    आजको सन्दर्भमा इटालियन दार्शनिक एन्टोनियो ग्राम्सीको ‘सांस्कृतिक आधिपत्य’ सिद्धान्त सान्दर्भिक देखिन्छ। ग्राम्सीले चेतावनी दिएका थिए। जब कुनै समाजले आफ्नै मौलिक बौद्धिक नेतृत्व उत्पादन गर्न सक्दैन। ऊ बिस्तारै अर्काको बौद्धिक उपनिवेश बन्छ।” आजको नेपाल ठ्याक्कै यही अवस्थामा उभिएको छ। हाम्रा विश्वविद्यालय, नीतिहरू र सामाजिक विमर्श आफ्नै माटोबाट जन्मेका छैनन्। हाम्रा नित्य बाह्य प्रभावबाट आयातित छन्।
    नेपालले पछिल्लो केही दशकमा थुप्रै राजनीतिक प्रयोगहरू गर्‍यो। साम्यवाद, समाजवाद, उदारवाद, पहिचानवाद र अधिकारवाद जस्ता ‘वाद नेपाली समाजमा प्रवेश गरे। विडम्बना के भयो भने यी विचारहरू नेपाली समाजको आवश्यकता अनुसार संश्लेषण भएर होइन। स्थानीय चेतनालाई प्रतिस्थापन गर्दै आएका छन्।

    परिणामस्वरूप, आजको नेपाली नागरिकमा स्थायी मनोवैज्ञानिक द्वन्द्व छ। हामी “हामी को हौं?” भन्ने गौरवान्वित प्रश्नभन्दा “हामी किन अरू जस्तै छैनौं?” भन्ने हीनग्रन्थीबाट ग्रसित छौं। यसले गर्दा हामीले पृथ्वीनारायण शाहले देखाएको आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानको बाटो बिर्सियौं।

    ‘दिव्योपदेश’ केवल तत्कालीन समयको एउटा राजाको अर्थ मात्र होइन। यो आधुनिक नेपालका लागि कालजयी मेनिफेस्टो हो। “यो राज्य दुई ढुङ्गाबीचको तरुल हो” भन्नु केवल भौगोलिक व्याख्या मात्र थिएन, यो नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्त ‘असंलग्नता’ को बीउ थियो। उनले भ्रष्टाचारलाई “राज्यको शत्रु” मान्दै घुस लिने र दिने दुवैलाई कडा कारबाहीको वकालत गरे। जसको अभाव आजको नेपालले भोगिरहेको छ।

    अतः अरस्तुले भनेझैं, “सद्गुण कुनै अतिवाद होइन, सन्तुलन हो।” नेपाललाई आज कुनै नयाँ विदेशी ‘वाद’ को आवश्यकता छैन। आजको आवश्यकता भनेको पृथ्वीनारायण शाहको राज्यदर्शनको पुनरावलोकन हो। त्यसलाई आधुनिक लोकतान्त्रिक मूल्यमान्यतासँग जोडेर नयाँ ‘राष्ट्रिय चेतना’ निर्माण गर्नु हो।

    जब नेपाली चेतना आफ्नै माटोमा उभिएर विश्वसँग संवाद गर्न सिक्छ। तब मात्र नेपाल ‘प्रयोगशाला’ बन्नबाट जोगिनेछ । नेपाल त्यतिबेला मात्रै विश्वसामु स्वाभिमानी राष्ट्रका रूपमा उभिनेछ। पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइरहँदा उनलाई केवल शालिकमा सीमित नगरी, उनको ‘राज्यचेतना’ लाई हाम्रो नीति र नियतिमा उतार्नु नै सच्चा सम्मान हुनेछ।

    (लेखक रामचन्द्र ढकाल, धर्म संस्कृती र संस्कार राज्यका प्राण हुन भन्दै यिनलाई जोगाउन निरन्तर लागिरहने धार्मिक योद्दा हुन ।)

    आइतबार, पुष २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७

    • २.
      आज २०८२ साल चैत १६ गते साेमवार:

    • ३.
      आज २०८२ साल चैत १७ गते मंगलवार:

    • ४.
      आज २०८२ साल चैत १९ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    • ५.
      भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    • ६.
      आज २०८२ साल चैत ४ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत ३ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत २ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer