• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, चैत १९, २०८२
☰
बिहिबार, चैत १९, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

  • २. आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना


  •   आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा २०८२ को आयोजना हुने भएको छ । यही चैत १५ गते पशुपतिनाथमा शुभारम्भ, १६ गते काठमाडौंबाट टोली प्रस्थान गरी १७ गते सिन्धुलीस्थित आदिलङ्ग कुशेश्वर पुगेर आसपासका ६४ सिद्धलिङ्गको परिव्रmमा गरिने आयोजकहरुले जनाएका छन् । पदयात्रा दोलखा, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौंस्थित ज्योतिर्लिङ्को ३५–४० दिने परिव्रmमा गरेर पशुपति क्षेत्रमा समापन हुने छ ।

    Advertisement

    पदयात्राबारे जानकारी गराउने उद्देश्यले पआयोजित प्राज्ञिक उद्बोधन तथा पत्रकार साक्षात्कार कार्यक्रममा पदयात्राका सङ्कल्पकर्ता तथा महेश संस्कृत गुरुकुलम्का अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरिले राष्ट्रदेव पशुपतिसमक्ष क्षमायाचना गर्दै राष्ट्रका सबै अभिशापबाट मुक्तिको प्रार्थना गर्न पदयात्रा गरिन लागेको जानकारी दिनु भयो ।

    यो पदयात्रा प्रताप मल्लले रानीपोखरीको पानी भर्दा गरेको तीर्थ यात्रा र विरुपाक्ष तथा नेमुनिले गरेजस्तै ६४ सिद्धस्थलको पैदल यात्रा गरी दर्शन, धर्मसभा, धर्मराज्य स्थापनाका लागि उद्घोष गरिने बताउनु भयो । उहाँले राष्ट्रदेव पशुपतिनाथको आराधनामा हिन्दु, किराँत, बौद्ध सबै धर्मावलम्बी तथा सबै सम्प्रदाय वा पन्थका अध्यात्मानुरागी नेपालीलाई यस महाअभियानमा सहभागी बन्न प्रेरणा दिनुभयो ।

    नेपाल सन्त समाजका अध्यक्ष एवम् हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले पदयात्रामा बढीभन्दा बढी सहभागिताका सबैसँग आग्रह गर्नुभयो ।

    ६४ सिद्धलिङ्का शास्त्रीय तथा स्थलगत अध्ययन गरेका अनुसन्धाता तथा पदयात्रा आयोजक समितिका सचिव श्यामकृष्ण सुवेदीले काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशका १० जिल्लामा अवस्थित सिद्धस्थल तथा ज्योतिर्लिङ्गहरूका विशेषता र महत्व प्रकाश पार्नुभयो ।

    उहाँका अनुसार आदिलिङ्ग कुशेश्वरदेखि हुने करिब एक हजार किलोमिटरको पैदल यात्राको रुटबारे जानकारी गराउनु भएको थियो ।

    पाशुपत पदयात्राका संयोजक आचार्य श्रीकपिलदेव सुवेदीले नेपाल, भारत र बर्माका सिद्धपीठका साधुसन्त, धर्माचार्य तथा श्रद्धालुको पनि सहभागिता रहने पदयात्रामा सहभागी बनी आध्यात्मिक लाभ लिन आह्वान गर्नुभयो ।

    पूर्वसचिव भीमप्रसाद उपाध्यायले सन्तमहात्माको सत्सङ्कल्पमा समायोजित नेपालको कीर्ति विश्वसामु फैलयाउने र धर्मराज्यका रूपमा नेपाललाई पुनःस्थापित गर्ने उद्देश्यसाथ आयोजना हुन लागेको पाशुपत परिक्रमामा यथासम्भव सहभागिता जनाउन आग्रह गर्नुभयो ।

    प्रा.डा. मुकुन्दप्रसाद लामिछानेले देवभूमि, तपोभूमि, ज्ञानभूमि नेपालका राष्ट्रदेव पशुपतिनाथ समक्ष क्षमायाचनापूर्वक राष्ट्रमा स्थायित्व, राष्ट्रिय एकता र धर्मराज्यको स्थापनार्थ ६४ सिद्धलिङ्गको परिव्रmमाको औचित्य निकै रहेको बताउनु भयो ।

    आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    माघमा पनि घट्यो ब्याजदर

    लोकप्रिय

    • १.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७

    • २.
      आज २०८२ साल चैत १६ गते साेमवार:

    • ३.
      आज २०८२ साल चैत १७ गते मंगलवार:

    • ४.
      आज २०८२ साल चैत १९ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    • ५.
      भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    • ६.
      आज २०८२ साल चैत ४ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत ३ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत २ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer