• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पत्रकारको त्यो `लङमार्च´….


  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
  • राजेन्द्र मानन्धर

    Advertisement

    दोलखाको पत्रकारिताबारे फेशबुकमा लेखेपछि केही टिप्पणीहरू आए । प्रतिक्रियाहरूले थप लेख्न रहर जगायो । जिम्मेवारी बहन गरेका बेला अनेक काम गरिएकाले लेख्ने कुरा पनि हुदोरहेछ । नत्र, गाली र आक्रोश मात्रै लेख्ने कुबुद्धि आउथ्यो कि !!!

    एकदिन चिनियाँ महान नेता क. माओको लङमार्च पढ्दै थिएँ । एक्कासी मनमा क्लिक गर्यो, `पत्रकारको लङमार्च ।´ शब्द मन पर्यो । दोलखाको पत्रकार महासंघको पहिलो कालको अध्यक्ष भर्खरै भएको थिएँ । पहिलो काम पत्रकारहरूलाई १० दिने मार्च गराउने र स्थलगत रिपोर्टमार्फत ठाउँहरूको प्रचार गर्ने उपाय फुर्यो ।

    त्यो बेला इको हिमालले उत्तरी भेगमा पर्यटन विकास परियोजना सञ्चालन भैरहेको थियो । त्यहाँ रामेश्वर खड्का र गोविन्द आचार्य कार्यरत हुनुहुन्थ्यो । उहाँहरू दुवै मेरा घनिष्ट साथी हुनुहुन्थ्यो । इमान र उर्जावान उहाँहरूलाई मैले प्रस्ताव राखेँ । उहाँहरूको प्रयत्नले १० जना पत्रकारलाई १० दिने मार्च गराउने प्रस्ताव पास भयो। काङ्ग्रेस, माओवादी र हामी एमाले पत्रकारसहितको लिस्ट तयार भयो ।

    निकै प्रयत्नपछि आ आफ्नो दल समर्थक पत्रकार नेताहरूले लिस्ट तयार पारी महासंघमा पठाए । अहिले जस्तो एमाले समर्थक पत्रकार एकातिर, गठबन्धन पत्रकार एकातिर थिएन । त्यही भएर काङ्ग्रेस र माओवादीका पत्रकारहरूको फरक फरक लिस्ट आयो । लिस्टका आधारमा टोली तयार भयो । मेरो नेतृत्वको टोलीमा महासंघलाई सधैँ विरोध गर्ने, आलोचना गर्ने, साथीहरू पनि सहभागी हुन राजी भए । यात्रा संस्मरण, फिचर लेखन, फोटो र भिडियोमा काम गर्ने प्रोफेसनलहरू पनि मार्चमा सहभागी भए ।

    बसबाट सिन्धुपाल्चोकको बाह्रविसेसम्म पुगेर पैदल यात्रा शुरू गर्नुपर्ने थियो । पहिलो दिन कर्थली वास वसियो । इको हिमालले निर्माण गरेको सामुदायिक लजमा स्थानीयको भव्य स्वागतले हामी पुलकित भयौँ । स्थानीय खाना र सांस्कृतिक कार्यक्रमपछि विश्राम लियौँ । भोलिपल्ट बिहानको अन्तरक्रियाले हाम्रो बुझाइको दायरा फराकिलो भयो । त्यहाँबाट हामी घोर्थली पुग्यौ । दोलखाको सिमानामा चौरीहरू देखिए । गोठबाट शेर्पाहरू ठेकी बोकेर चौरी भएतिर दुहुन जाँदै थिए । चौरीहरू कोही उघ्राउँदै थिए, कोही पुच्छर उचालेर विस्ट्याउदै त कोही सु गर्दै थिए । पत्रकारहरू दौडदै, ती दृष्यहरू कैद गर्दै गरे । गोठ गोठ छिरेर तातो दुध र छुर्पी खाएर हामी लेकतिर लाग्यौँ ।

    एकपटक जापान लान भनेर तस्करी हुने गरेको भन्ने जातका धुपीका घना जंगलमा हामी घुस्यौँ । धुपी, चिमाल, गुराँसका रूखका छाहारीमा हिँड्दै गर्दा केही छाप्राहरू भेटिए । त्यहाँ काटेर सुकाएका धुपीका काठहरूले सुगन्ध छरिरहेको थियो । त्यो काठहरूको व्यवस्थित व्यापार गर्न सके देशलाई फाइदा हुने थियो । तर तस्करको दृष्टि र संरक्षण क्षेत्रको नीतिका कारण त्यो सम्पत्ति कि तस्करी, कि कुहिदै गरेको छ । विगु पुगेपछि पत्रकारका लागि गुम्बा, आनी, शेर्पा जनजीवन रिपोर्टिङका विषय थियो । त्यहाँ बनाइएका सामुदायिक लजमा झोला थन्क्याएर पत्रकारहरू क्यामेरा र डायरी बोकेर सलह झै गुम्बा र वस्तीतिर छिरे । साझपख शेर्पा नृत्यसँग हामी पनि मिसिएर नाच्यौँ । भोलिपल्ट विहान गुम्बामा प्रार्थना गर्ने कार्यक्रम सक्यौं । आनीहरूले चियाले सत्कार गरे । नेपालको प्रख्यात गुम्बामध्ये एक मानिने पवित्रस्थल बारे जानकारी लिएर सिधै आलम्पुको स्लेट खानीतिर हानियौँ ।

    घर छाउने ढुङ्गासँग निर्भर थामी जातीले पहाड कोपेर ढुङ्गा निकालेका दृष्य अद्भभूत प्रचीन इन्जिनियरिङमा आधारित लाग्यो । ढुङ्गा बेच्ने जीविका चलाउने थामीमा प्राचीन पेशामा अहिले भने संरक्षण क्षेत्रले अवरोध गरेको दुखेसो छ । यती अर्थात काल्पनिक जंगली मानिसका सन्तान बस्ने विश्वास गरिने आलम्पुमा पुगेपछि केही पत्रकार त्यो परिवारको खोजीमा पनि लागे । त्यसपछि हामी चिलंखाको सामुदायिक लजमा वास वस्यौँ । अर्को दिन लादुक, त्यसपछि ओराङको लजमा पुग्यौँ । इको हिमालले त्यो पैदल मार्गलाई सामुदायिक आय हुने गरेर पर्यटनको नयाँ गन्तव्यको रूपमा विकास गर्दै थियो । त्यो मार्गमा हामी लङमार्च गर्दै थियौँ । ओराङको देउलाङ्गेश्वर महादेव अघि वसेर तस्वीर लियौँ । पूर्वतिर हेर्दा गौरीशंकर हिमाल देखियो । हिन्दू देवता शिव र पार्वतीको प्रतीक हिमालतिर आस्थाले झुकियो । त्यहाँबाट केही तल झरेपछि आयो गोंगरखोला । हाल माथिल्लो तामाकोसीले फेरिएको वस्ती । त्यो बेला तामाकोसी आयोजनाका कार्यालय बन्दै थिए । अन्यत्र वासको राम्रो व्यवस्था थिएन । लामावगर, लप्ची हुदै चीनको सीमासम्म आउजाउ हुने । साथै, भर्खरै च्छोरोल्पा फुट्नबाट जोगाउने परियोजनाले गोंगर चहलपहल नै थियो।

    त्यहाँबाट बिहानको नास्ता लिएर केही अघि बढ्दा दोलखाकै सबैभन्दा लामो र सुन्दर छोछ्योत झर्ना देखियो । पहाडको टुप्पोबाट क्रमश फाल हानेको पानीमा बेलाबेला इन्द्रेणी पर्छ । बेलाबेला हावामा कावा खेलेको पानीका फोहर पारीसम्म हुत्तिदै आउँछ । तामाकोसी नदीपारीबाट हेर्नेलाई कहिले त भिजाइ नै दिदो रहेछ । गज्जवका दृष्यहरू हेर्दै नवौ दिनमा सिमीगाउँ पुगियो । दुई घण्टाको ठाडै उकालो काटेपछि वस्ती र मानिसहरू भेट्न थालियो । सुन्दर वस्तीमा पनि लजमा नै बस्यौँ । लगभग अन्तिम दिनको यात्रामा पनि कसैले थकाइ मानेका थिएनन् । भर्खरै पत्रकारिताम जम्दै गरेका युवा पत्रकारहरू हरेक विषयलाई चाखपूर्वक रिपोर्टिङ गर्थे ।

    त्यो अन्तिम दिनको अविस्मरणीय यत्राबाट फर्कदै जगत बास वसियो । दोलखाको पत्रकारिताको लङमार्चका उपलब्धिहरू केही छन् । जस्तै, दोलखाको उत्तरी क्षेत्रको मिडिया कभरेजमा ऐतिहासिक उपलब्धि, नयाँ गन्तव्यको प्रचार, धेरै संख्याको पत्रकार १० दिनसम्म साथसाथै यात्रा, कुनै पनि हिसाबको मनमुटाव नआउनु, विरामी नपर्नु, खानपिन तथा आवासमा समस्या नआउनु, पत्रकारको दक्षता र सीप विकास हुनु आदि हुन् । क्रमश….

    लेखक पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष हुनुहुन्छ 

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मरुवा रोगका कारण किसान चिन्तित
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer