• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

गाजामा राष्ट्रसंघका १३६ जना कर्मचारी मारिए: गुटेरेस


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • काठमाडौँ । इजरेल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ ।

    Advertisement

    साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।

    गुटेरेसले विश्व सङ्गठनको लामो इतिहासमा यसका कर्मचारीको यति ठूलो हताहतको संख्या अहिलेसम्म कहिल्यै नभएको बताएका छन् ।

    “गाजामा हाम्रा १३६ जना सहकर्मीहरू ७५ दिनमा मारिएका छन् – जुन हामीले संयुक्त राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका थिएनौं। हाम्रा अधिकांश कर्मचारीहरूलाई उनीहरूको घरबाट जबरजस्ती भगाइएको छ,” महासचिव गुटरेसले ट्विटरमा लेखेका छन् ।”म ती व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु” उनले लेख्नु भएको छ ।

    गत अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी द्वन्द्वमा हजारौ सशस्त्र र निहत्था जनताको ज्यान गएको छ । करिब २ हजार ५०० आतङ्ककारीहरूले गाजा पट्टीबाट इजरेलतर्फको सीमा तोडेर सयौंको हत्या गर्दै थुप्रै व्यक्तिहरूलाई कब्जामा लिएपछि इजरेल-हमास द्वन्द्वले चरम ध्वंसात्मक रूप लिएको छ।

    त्यस आक्रमणपछि इजरेलले हमासको पूर्वाधारलाई लक्षित गरी सम्पूर्ण आतङ्ककारी समूहलाई नष्ट गर्ने भन्दै आक्रमणलाई तिरन्तरता दिएको छ ।

    इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले गाजा शहरको शेजैया छिमेकमा पूर्ण “सञ्चालनात्मक नियन्त्रण” स्थापना गरेको बताएको छ जसले हमास विरुद्धको भूमि आक्रमणका क्रममा भीषण लडाइँको सामान गरिरहेको टाइम्स अफ इजरेलले उल्लेख गरेको छ।

    आइडीएफले विज्ञप्ति जारी गर्दै ३६ औं डिभिजनले शेजैयामा हमासको “मुख्य बल” ध्वस्त पारेको बताएको छ। सेनाले हमासको पूर्वाधार नष्ट गर्न निरन्तरता दिने पनि उल्लेख गरेको छ ।

    आईडीएफका अनुसार घर, विद्यालय, स्वास्थ्य क्लिनिकमा भेटिएका दर्जनौं टनेल शाफ्टहरू नष्ट गरिएका छन्। गोलानी ब्रिगेडका सेनाले हमासका वरिष्ठ सदस्यहरूको घरमा छापा मारेको र शेजैयामा गुप्तचर सामग्रीहरू कब्जा गरेको आईडीएफले जनाएको छ।

    यसअघि आईडीएफले केन्द्रीय गाजा पट्टीमा आफ्नो ग्राउन्ड अपरेशनहरू विस्तार गरेको बताएको थियो ।

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer