मोरङ । स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित विराटनगरबाट एकजना पक्राउ परेका छन् । प्रहरीले सुनसरीको देवानगञ्जका सुरेन्द्रप्रसाद साहलाई रकमसहित पक्राउ गरेको हो ।
Advertisement
विराटनगर–११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । (रासस)




