• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रचण्डको आडमा एमालेलाई आक्रमण गर्नेहरू आज उनैमाथि आक्रमण गर्न लागेका छन्: बस्नेत


  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले अहिले देशमा विभिन्न नाममा अस्थिरता र अराजकता मच्चाउने काम भएको बताएका छन्।

    Advertisement

    राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै बस्नेतले राष्ट्रिय युवा संघ नेपाल वा नेकपा एमाले कमजोर हुँदा अराजकता अझै बढ्दै जाने बताए। हिजो एमालेविरुद्ध आक्रमण गर्दा प्रचण्डले आसिरवाद दिएका हर्क साम्पाङ लगायतका अराजकतावादीहरू आज आफ्नो कार्यकक्षबाट प्रचण्डको फोटो हटाएर उनकै विरुद्ध खनिएका बस्नेतले बताए।

    मलाई बहुमत दिनुस् तपाईंहरूलाई जातीय राज्य दिन्छौँ भन्दै भाषण गर्ने प्रचण्डका विरुद्ध नै आज ती शक्ति खनिन लागेको बस्नेतको भनाइ छ। ‘प्रचण्डको आडमा एमाले माथि आक्रमण गर्ने साथीहरू आज प्रचण्ड माथि नै आक्रमण गर्न लागेका छन्’, उनले भने।

    अहिले ३२ सिटे प्रचण्ड प्रधानमन्त्री भएको बताउँदै बस्नेतले देशमा कुकुरले पुच्छर होइन पुच्छर हल्लाएको अवस्था रहेको बताए। त्यसैले मुलुक अधोगति तर्फ गएको उनको भनाइ छ । देश जोगाउन र जनताका सुख दुःखमा राष्ट्रिय युवा संघ नेपाल जोडिनु पर्नेमा उनले जोड दिए।

    हिमाल, पहाड, तराई र गाउँदेखि सहरसम्मका सम्पूर्ण १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको साझा संगठन तथा समुदायको हितको नेतृत्वकर्ता संगठनको रूपमा राष्ट्रिय युवा संघ नेपाललाई स्थापित गर्नुपर्नेमा उनले जोड दिए। समुदायको आवश्यकता, चाहना पुरा गर्ने भनेको नै कम्युनिष्ट रहेको उनले बताए।

    हिजो नेकपा एमालेले देश र जनताको हितमा लोकप्रिय कार्यक्रम ल्याएको बताउँदै उनले त्यसको सही प्रचार गर्न सक्नु पर्ने बताए। एमालेले गरेका कामको प्रचार सही हिसाबले गर्न नसकेकै कारण गएको चुनामा एमालले बहुमत ल्याउन नसकेको उनको भनाइ छ।

    आउँदो निर्वाचनमा एमाले एक्लैले बहुमत पुर्‍याउने उनले दाबी गरे। गठबन्धन बनाएर च्याँखे दाउ थापेर एमाले सरकामा नजाने उनले बताए। एमाले दाउमा नै बसेर सरकारमा पुग्ने उनले दाबी गरे। ‘दाउ लिएर बस्ने पार्टी नेकपा एमाले हो, त्यस पछि नेपाली कांग्रेस नै हो’, उनले भने।

    प्रचण्ड र माधव नेपालले अब आफूलाई कम्युनिष्ट पार्टी भनेको भरमा कसैले नपत्याउने उनले बताए। त्यसैले उनीहरूको पछि लागेका तलका नेता, कार्यकर्ता पनि एमालेमा नै आउने बस्नेतले स्पष्ट पार्नुभयो । उनीहरूलाई पार्टीमा संगठित गर्नुपर्नेमा बस्नेतले जोड दिए।

    असङ्ख्य खालका काला कर्तुत र अपराध गर्ने व्यक्तिहरूको नौटङ्की अब नेपालको राजनीतिमा नयाँ पार्टीको नाममा नचल्ने उनले बताए। आफूलाई नयाँ भनिएकाहरूलाई जनताले राम्रोसँग चिनिसकेको बस्नेतले प्रष्ट पारे।

    आउने निर्वाचनमा एमालेले बहुमत सहितको सरकार बनाउने र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाउने उनले घोषणा गरे। राष्ट्रिय युवा संघ नेपालको अबको कार्यनीति यही भएको उनले प्रष्ट पारे। एमालेले नै मुलुकको समृद्धिको लागि काम गर्ने उनले बताए।

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer