• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

सात नगरपालिका, सात गौरव


  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
  • झापा । दमकमा आजको हिउँदको बिहान, यस अन्तर नगरपालिकास्तरीय उत्तम अभ्यास अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्न पाउँदा म धेरै गर्व महसुस गरिरहेको छु।

    Advertisement

    अस्ट्रेलियाली सरकार र हाम्रो स्थानीय सरकार सबलीकरण कार्यक्रमका तर्फबाट, म दमक नगरपालिकालाई यो तेस्रो अन्तर नगरपालिका स्तरीय उत्तम अभ्यास आदानप्रदान कार्यक्रम आयोजना गर्नु भएकोमा मनैदेखि धन्यवाद व्यक्त गर्छु।

    गत हप्ता मात्रै मैले दमक र छिमेकी नगरपालिकाहरूमा मानव बेचबिखन विरोधी गतिविधिहरू र लैंगिक हिंसा अन्त्य गर्ने कार्यक्रममा पहिलोपटक भ्रमण गरेको कुरा तपाईंहरूलाई अवगतार्थ अनुरोध गर्छु। एक हप्तामा दुई भ्रमणहरू ! यो प्रदेश अहिले नेपालको दोस्रो घर हो भन्न सकिन्छ र यो प्रदेश निकै सुन्दर दोस्रो घर भएको मैले अनुभूति गरेको छु।

    निश्चय नै, नेपालका प्रत्येक नगरपालिकाको आफ्नै अद्वितीय सौन्दर्य, आकर्षण र पहिचान छ। नेपालमा विगत तीन वर्षको मेरो बसाइमा जुम्ला, मुगु, लोमान्थाङदेखि महाकालीसम्म, अझ भनौं कपिलवस्तु, वालिङ, काभ्रे र इलामका पर्यटकीय एवम् सांस्कृतिक सौन्दर्यसँग एकाकार हुन पाउँदा र देशका विभिन्न भागमा रहेका धेरै समुदायसँग समय बिताउन पाउँदा मलाई निकै खुसी लागेको छ।

    यी विशेषताहरूका बारेमा लामो कुरा गर्न सक्छौं, तर म आज प्रत्येक नगरपालिकाका नेतृत्वकर्ताले आफ्नो समुदायको भविष्य सुनिश्चित गर्न गर्नुभएको प्रशंसनीय कार्यको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु। यी कार्यहरू समृद्ध र आशावादी भविष्यका लागि केन्द्रित छन्, जहाँ न्यायको मान्यता छ र जहाँ समावेशीकरण एवम् सबैका लागि समान अवसरको आकाङ्क्षा र भावना अन्तरनिहित रहेको छ।

    जोखिममा परेका र पिछडिएका वर्गहरूको संरक्षण र सम्मान गर्ने, सेवाप्रवाहलाई जनमुखी तुल्याउने, समतामूलक न्यायको प्रत्याभूतिसहित ‘कसैलाई पछाडि नछाडौं’ भन्ने भावना नगरपालिकाको नेतृत्वमा रहेको मैले अनुभूत गरेको छु।

    तर यो, निसन्देह, संयोगले वा चाहनाले मात्र पनि हुँदैन। यसले जवाफदेहिता र पारदर्शिताप्रतिको प्रतिबद्धता र निरन्तर सुधारका लागि प्रयास गर्ने संस्कृतिलाई पनि आमन्त्रण गरिरहेको हुन्छ।

    मलाई थाहा भएसम्म उत्तम अभ्यास आदानप्रदान गर्न, साझा चुनौतीहरूको छलफल र समाधानका लागि सँगसँगै संवाद गर्ने, आफ्ना प्रयासहरूको एक अर्कामा साटासाट गर्ने र साझा सङ्कल्पहरू गर्ने कुराले यहाँहरूको दैनन्दित कार्य सम्पादन र साझा सवालहरूको शीघ्र समाधानमा विकल्पहरूलाई पनि प्रशस्त गर्नमा सहयोगीसिद्ध हुन जान्छ।

    विभिन्न नगरपालिकाका निर्वाचित प्रतिनिधिहरू र अन्य क्षेत्रका सरोकारवालाहरू उत्तम अभ्यास आदानप्रदान गर्न र स्थानीय स्तरमा रहेका कुराहरू एवम् अपरिहार्य मुद्दाहरूमा छलफल गर्न एकसाथ भेला हुनुभएको देख्दा म सम्पूर्ण नेपालको प्रगति र समृद्धिको गहिरो चासो राख्ने व्यक्तिका रूपमा खुसी र उत्साहित छु। हामी सबैलाई थाहा छ कि स्थानीय समुदाय र सरकारका मुद्दाहरू तत् तहका पृथक् चुनौतीहरू मात्र होइनन्, बरु तिनीहरू दिगो भविष्यका लागि हाम्रो साझा जिम्मेवारीको कपडा बुनेका धागोजस्तै हुन्।

    वर्षौंदेखि नगरपालिकाहरूले आफ्नो काम/कार्यकालबाट आफ्नो तथा अन्य नगरपालिकाहरूमा अवलम्बन गर्न सकिने सफल प्रयासहरूका अनुभव र दस्ताबेजहरू आर्जेका छन् तथा सोको आदानप्रदान निकै उपयोगी रहने गरेका छन्। कोभिड १९ महामारीका कारणले दोस्रो अनुभव आदानप्रदान कार्यक्रम भर्चुअल रूपमा आयोजना भएको थियो। यस प्रकारको तेस्रो कार्यक्रममा व्यक्तिगत रूपमै सहभागी हुन पाउँदा मलाई निकै खुसी लागेको छ।

    यहाँहरूको नेतृत्वमा विगत १८ महिनामा स्थानीय सरकार सबलीकरण कार्यक्रमले यहाँहरूको आवश्यकता र प्राथमिकताका क्षेत्रमा आवश्यक सहयोग प्रदान गर्न सक्षम भएको छ भन्ने मेरो विश्वास छ। कार्यक्रमिक रूपमा हामीले मूलतः अन्तरसरकार सम्बन्ध र समन्वयमा अभिवृद्धि हुने संयन्त्र र प्रणालीहरू सुदृढ गर्न, सार्वजनिक स्वास्थ्य सेवामा सुधार ल्याउन, लैंगिक समावेशी विकास र तथ्यांकमा आधारित नीति, योजनाहरू निर्माण कार्यान्वयन गर्न तथा स्थानीय आर्थिक विकास र स्थानीय वित्त व्यवस्थापनमा आवश्यक सुधारका लागि तपाईंहरूसँग काम गरिरहेका छौं।

    म तपाईंका नगरपालिकाहरूमा देखेका केही उत्कृष्ट अभ्यासका उदाहरणहरू भन्न चाहन्छु। मलाई लाग्छ, यी गतिविधिका लागि तपाईंहरूले विशेष गर्व गर्न सक्नुहुन्छ। उदाहरणका लागि भीमेश्वर र तानसेन नगरपालिकाहरूले अपाङ्गता भएका व्यक्तिलाई महत्त्वपूर्ण सहायता प्रदान गरेका छन्। टीकापुर नगरपालिकाले पनि अपाङ्गता भएका व्यक्ति र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ। यसमा आत्मरक्षा तालिम, महिला स्वयंसेविकाको क्षमता विकास, घरदैलो स्वास्थ्य जाँच र अपाङ्गतासम्बन्धी तालिमका लागि कोषसमेत स्थापना गरिएको छ।

    यस साझेदारीमार्फत, अस्ट्रेलियाली सरकारले २ सय भन्दा बढी न्यायिक समितिहरूका लागि सामुदायिक मेलमिलापसम्बन्धी तालिमलाई सहयोग गरेको छ। साझेदार नगरपालिकामा न्यायिक मामिला व्यवस्थापन प्रणालीको स्थापना तथा विकासबाट न्यायिक प्रक्रिया सम्पादनमा उल्लेख्य सहयोग पुग्ने विश्वास लिएको छु।

    वालिङ नगरपालिकाले आफ्ना जनताका लागि विशेष सेवा विस्तार गर्दै आफ्नो स्वास्थ्य चौकीलाई नगरपालिकाको अस्पतालमा स्तरोन्नति गरेको छ। यसका साथसाथै, वालिङ नगरपालिकाले स्थानीय सरकार सबलीकरण कार्यक्रमको प्राविधिक सहयोगमा नगर अस्पताल र नगरपालिका फार्मेसी सञ्चालन निर्देशिका अनुमोदन गरेको छ।

    दमक र भीमेश्वर नगरपालिकालाई उद्यमशील विकास हब स्थापना गरेकोमा म बधाई दिन चाहन्छु। यी हबहरूले मूल्य शृंखलामा नयाँ अवसरहरू पहिचान गर्ने भएकाले, तपाईंका नगरपालिकाहरूलाई रोजगारीका मुद्दाहरू सम्बोधन गर्न र युवा एवम् उदयीमान उद्यमीहरूका लागि अवसरहरू सिर्जना गर्न सहयोग गर्ने विश्वास रहेको छ।

    मिथिला नगरपालिकाले स्वास्थ्य संस्थाको दर्ता, अनुगमन र मापदण्ड निर्देशिका र आपत्कालीन स्वास्थ्य सेवा व्यवस्थापन कार्यविधिसम्बन्धी दुई वटा महत्वपूर्ण विधानलाई अनुमोदन गरेको छ, जसले स्वास्थ्य सेवा विस्तार गर्न उचित भूमिका खेलेको छ।

    यसका साथसाथै वीरेन्द्रनगर नगरपालिकाले राजस्व संकलनमा वृद्धि हुने उद्योग र व्यवसायको दर्ता सम्बन्धमा नीति र अभ्यासलाई बढावा दिएको छ र अपाङ्गता भएका व्यवसायीहरूलाई अर्थतन्त्रमा सहभागी गराउने प्रयासमा सहयोग पुर्‍याउन कर छुटको व्यवस्था गरेको छ।

    साझेदार नगरपालिकाहरूमा, हामीले तपाईंहरूको प्रयासका उदाहरणहरू देखेका छौं र यसले समावेशीकरणका लागि तपाईंहरूको प्रतिबद्धता झल्काएको छ। अन्ततः यो अस्ट्रेलिया र नेपालका तहगत सरकारहरूले आदानप्रदान गरेको समान मूल्य मान्यता हो।

    अस्ट्रेलिया र नेपालका चुनौती र मूल्यमान्यताहरू साझा छन्। त्यसैले आज, अस्ट्रेलियाको चरम मौसमी प्रतिकूलन र विश्व जलवायु सम्मेलन (कोप २८) मा हुँदै गरेको छलफलको पृष्ठभूमिमा, मैले स्वाभाविक रूपमा जलवायु परिवर्तनजस्ता महत्वपूर्ण मुद्दालाई जोड दिनैपर्छ। नेपालजस्तै अस्ट्रेलिया पनि जलवायु परिवर्तनको चपेटामा परेको छ। यो विश्वव्यापी चुनौती हो र यसमा स्थानीय समाधानको माग रहेको छ।

    हालैको नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिवले सगरमाथाको फेदबाट सन्देश दिँदै ‘हामीले अब जलवायु परिवर्तनको जोखिममा रहेका जनतालाई जोगाउन काम गर्नुपर्छ। संसारले पर्खन सक्दैन’ भनेका थिए। नेपालको जलस्रोतमा झन्डै दुई अर्ब व्यक्तिको निर्भरता रहेको पृष्ठभूमि हामीबीच लुकेको छैन।

    जलवायु परिवर्तनबाट नेपाल जोखिमयुक्त क्षेत्रमा रहेको पनि छर्लंग नै छ। जलवायु परिवर्तनको विषय नेपालको मात्र मुद्दा नभई सारा विश्व र अस्ट्रेलियाली सरकारको साझा चासो र साझेदारीको क्षेत्र रहेको छ। जलवायु परिवर्तनबाट सिर्जित प्रभावको न्यूनीकरणमा हामी स्थानीयस्तरमा विशेष ध्यान दिँदै नेपाल सरकारका सबै तहमा साझा पहल र गतिविधिहरूमा अस्ट्रेलियाली सरकारको संलग्नता बढाउँदै लगेका छौं।

    नगरपालिकाहरूका सफल अभ्यासहरूको ज्ञानमूलक सामग्रीहरू निर्माण तथा एक आपसमा सिकाइको आदानप्रदान गर्ने कुराको निरन्तरता रहने विश्वास व्यक्त गर्छु। तपाईंहरू, अहिलेको उत्तम अभ्यास आदानप्रदान कार्यक्रमजस्तै स्थानीय शासन सुदृढीकरणका विभिन्न सवाहरूमा सँगै काम गरेर देखाउनुभएको विषय हाम्रा लागि प्रेरणादायी रहेको छ।

    तपाईंको विशेष शक्ति भनेको तपाईंको सामूहिक ज्ञान, साझा अनुभव र पहल हो।

    हामी एक अर्काबाट सिकाइ जारी राखौं, हाम्रा सफलताहरू र चुनौतीहरूको संयुक्तरूपमा सम्बोधन गर्न प्रयास गरौं र स्थानीय ज्ञान र सिपलाई क्षमतावान्, दिगो र समावेशी भविष्यका लागि निर्देशित गरौं।

    एसिया फाउन्डेसन साझेदारमार्फत अस्ट्रेलियाली सरकार नेपालका हाम्रा साथीहरूको छेउमा उभिएको छ भन्ने कुरा तपाईंहरू सबैलाई स्पष्ट नै छ। यहाँहरूको नेतृत्वमा नगरपालिकाहरूबाट भइरहेका उल्लेख्य सुधारका कार्यप्रति समर्थन गर्न, बलियो स्थानीय सरकारमार्फत जनतालाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा सहकार्य तथा समग्रमा स्थिर र समृद्ध नेपाल निर्माण गर्न तपाईंसँगको हाम्रो सहकार्यलाई हामी हृदयदेखि नै कदर गर्छौं।

    समग्रमा देशवासी सबैको हित र समृद्धिबिना कुनै पनि देशे समृद्ध हुन सक्दैन र सबैको प्रयासबिना देशको उन्नति पनि असम्भव प्रायः नै हुन्छ। यो हामी प्रत्येक व्यक्तिबाट सुरु हुने कुरा हो। आजको यस अवसरमा हामी सबैका लागि केही नयाँ सुरुवातबारे सोच्ने र पहल गर्नेछ। अन्ततः अस्ट्रेलियाली सरकारका तर्फबाट तपाईंहरूको उद्देश्य प्राप्तिमा सहयात्री हुन पाउँदा खुसी व्यक्त गर्दै यहाँहरूको यात्रा अस्ट्रेलियाली सरकारको पनि सहयात्रा हुने विश्वास व्यक्त गर्दछु।(साभार)

    बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer