• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

किन हुदैनन् जाडोमा चलचित्र प्रदर्शन


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • काठमान्डौ।  गत कार्तिक २४ गतेबाट निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आयो। तिहारको अवसरमा रिलिज भएको यस फिल्मले राम्रै व्यापार गरेको छ। बलिउड फिल्म ‘एनिमल’ रिलिज हुँदा समेत ‘दिमाग खराब’ अझै केही हलहरुमा चलिरहेको छ। ‘दिमाग खराब’पछि नेपाली सिनेमाहलमा थुप्रै हलिउड र बलिउड फिल्म आए। जसमध्ये बलिउड फिल्महरु ‘टाइगर ३’ र ‘एनिमल’ ले दर्शक समेत तान्न सके। तर, ‘दिमाग खराब’ पछि एक महिनाभन्दा बढी समय हलमा नेपाली फिल्म रिलिज भएनन्। गत शुक्रबार पाँच सातापछि बल्ल नेपाली फिल्म ‘जम्प’ र ‘दुई कदम’ रिलिज भए। तर, दर्शकको साथ नपाउँदा यी दुवै फिल्महरुको बक्सअफिसमा हरिबिजोग छ। धेरै हलले दर्शक नै नआएको भन्दै ती फिल्मलाई हलबाट उतारिसकेका छन्।

    Advertisement

    आउँदो बुधबारदेखि शुक्रबारसम्म लगातार तीन विदेशी फिल्म रिलिज हुँदैछन्। जसमा हलिउड फिल्म ‘अक्वाम्यान एन्ड द लस्ट किङ्डम’ देखि भारतीय फिल्म ‘डंकी’ र ‘सलार’ छन्। तर, यो साता हलमा एउटा पनि नयाँ नेपाली फिल्म छैन। फेरि एक महिना हलमा नेपाली फिल्महरुको खडेरी हुने देखिएको छ। किनकि पुस २७ गतेबाट मात्रै नेपाली फिल्म ‘चित्रा’, ‘देववाणी’ र ‘पर्खी बसेँ तिमीलाई’ भिड्दैछन्। जुन त्यति प्रतिक्षीत फिल्म होइनन्।

    अरुबेला बिदा/चाडपर्वमा आधा दर्जन फिल्म समेत जुधाउन पछि पर्दैनन् निर्माताहरु। तर, मंसिरसँगै जाडोयाम लाग्दा निर्माताहरु फिल्म रिलिज गर्न चाहँदैनन्। जाडोयाममा दर्शकहरु फिल्म हेर्न हलसम्म नपुग्ने उनीहरुको बुझाइ छ। जसलाई पछिल्लो रिलिज सेड्युलले समेतल पुष्टि गर्छ। नेपालमा फिल्मको ‘कन्टेन्ट’ भन्दा पनि डेट चल्ने प्रवृत्तिका कारण योबेला खासै फिल्म रिलिज नहुने बताउँछन् नेपाल निर्माता संघका अध्यक्ष नवल खड्का। जाडोमा दर्शकले फिल्म हेर्दैनन् भन्ने मानसिकता हुँदा कम फिल्म रिलिज हुने उनको भनाइ छ।

    ‘खासमा कन्टेन्ट चल्नुपर्ने हो। तर, नेपालमा फिल्मको कन्टेन्टभन्दा पनि डेट चल्छ। लामो बिदाको बेला दर्शकमा फिल्म हेर्ने भन्ने मानसिकता हुन्छ। जसकारण फिल्ममेकरले पनि छुट्टीको मौका छोप्छन्। कन्टेन्टमा विश्वास नभएर बिदा र पर्वमा बढी ध्यान दिएको हो कि जस्तो लाग्छ,’ उनले भने। फिल्मको कन्टेन्ट राम्रो हुँदा जुनसुकै समयमा पनि फिल्म चल्ने खड्काको तर्क छ। भन्छन्, ‘कन्टेन्ट राम्रो हुँदा जुनसुकै डेटमा पनि फिल्म चल्छ। कन्टेन्टमाथि विश्वास नहुँदा मेकरहरु चाडपर्वको सहारा लिन्छन्। जसले चाडपर्वमा धेरै फिल्महरू जुध्न खोज्छन्। बिदामा धेरै नेपाली फिल्महरु जुध्ने गरेको इतिहास छ।’

    वितरक सुनील मानन्धरले पनि जाडोमा फिल्म चल्दैन भन्ने मानसिकताले गर्दा यो अवस्था सिर्जना भएको सुनाए। पहिले माघेसङ्क्रान्तिको दिन धेरै फिल्म रिलिज हुने गरेको समेत सम्झन्छन् उनी। भन्छन्, ‘हाम्रोमा बिदा नहुँदा फिल्म चल्दैनन् कि भन्ने मानसिकता छ। खासमा आफ्नो फिल्ममाथि विश्वास नहुँदा यस्तो भएको हो। पहिले माघेसङ्क्रान्तिमा राम्राराम्रा नेपाली फिल्महरु चल्थे। जसले राम्रो कमाइ समेत गर्थे। निश्चल बस्नेतको लुट पनि माघेसङ्क्रान्तिमै रिलिज भएको थियो। तर, पछिल्लो समय भने त्यस्तो छैन।’

    ‘पुसमै अंग्रेजी नयाँ वर्ष पर्दा नयाँनयाँ विदेशी फिल्म रिलिज हुन्छन्। जुन फिल्म नेपालीले नै हेर्ने हो। तर, नेपाली किन चल्दैनन्? कन्टेन्ट हाम्रो पहिल्यैदेखिको कमजोर नै हो। सानोसानो फिल्म लागे पनि ठूलो फिल्म भने बिदा र पर्वबाहेकका दिनमा खासै आउँदैनन्।’ प्रोड्युसरले पनि बिदाकै डेट चाहियो भन्दा आफूहरुले पनि एकैदिन फिल्म जुधाउनुपर्ने बाध्यता रहेको उनले सुनाए।

    पुस अन्तिमपछि सीधै तीन सातापछि मात्रै नेपाली फिल्महरुको सेड्युल छ। माघ १९ गते ‘नम्बरी सुन’ को रिलिज मिति तय भएको छ। तर, त्यसको एकसातापछि मात्रै ठूला स्टारका फिल्म तय भएका छन्। माघ २६ का लागि दयाहाङ राईकै दुई वटा फिल्महरु ‘हात्तीछाप’ र ‘दयारानी’ आपसमा जुध्दैछन्। त्यसपछि शिवरात्रीको अवसरमा फागुन २५ गते नेपाली फिल्मबीच ठूलो भिडन्त हुँदैछ। जुन मितिमा दयाहाङ स्टारर ‘रंगेली’ सहित नवल खड्काको ‘काँडेतार’ र रेखा थापाको ‘उपहार’को रिलिज डेट फिक्स छ। त्यस्तै, सौगात मल्लको ‘अगस्त्य’ र दयाहाङकै ‘लोकल हिरो’ पनि सोही मितिमा आउने कुरा छ।

    चाडपर्व र बिदाको पछि लाग्दा नेपालमा पहिल्यैदेखि एकै मितिमा धेरै फिल्मको रिलिज डेट हुने निर्देशक मनोज पण्डित सुनाउँछन्। उनले भने, ‘हाम्रोमा रिलिजको लागि डेटले फरक पार्छ भन्ने मनोविज्ञान छ। कन्टेन्टले भन्दा डेटले फिल्म चल्छ भन्ने मनोविज्ञानले डेट कुर्ने गरिन्छ। फिल्म रिलिज गर्न बिदा र चाडपर्व खोजिन्छ। आत्मविश्वासको समस्या पुरानै रोग हो। डेटले फिल्म चल्छ भन्ने पुरानो मान्यता अझै पनि चलिरहेको छ। एकै मितिमा धेरै फिल्म आउनु त्यसकै उपज हो।’

    नेपालको व्यावसायिक पाटो उल्टोबाटोमा रहेको पण्डित सुनाउँछन्। फिल्मको कन्टेन्टभन्दा पनि निर्माताहरु बाहिरी कुराहरुमा भर परिरहेको उनको तर्क छ। ‘हलिउड र बलिउड फिल्महरुले जहिले पनि फिल्म रिलिज गर्छन्। फिल्मले डेटलाई स्थापित गर्छ। तर, हाम्रोमा बलियो डेटलाई आधार बनाएर दर्शकको दिमागमा राख्नुपर्ने अवस्था छ। व्यावसायिक हिसाबले उल्टोबाटोमा छौँ,’ पण्डितले भने, ‘हाम्रोमा प्रोफेसनल कन्फिडेन्स कम छ। फिल्ममेकर स्क्रिप्ट र कन्टेन्टभन्दा पनि बाहिरी कुरामा बढी विश्वास गर्छन्। कहिले ज्योतिषले दिएको मितिमा भर पर्छन् त कहिले स्टारमा। अहिले फिल्ममेकर कमजोर हुँदै जाँदा डेट पनि स्टार भएको छ।’

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer