• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भिजिट भिसाका नाममा दैनिक करिब एक करोड घुस लेनदेन


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • काठमाण्डौ। भिजिट भिसामा हुने मानवतस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको संस्थागत संलग्नता देखिएको छ । पक्राउ परेका एक अध्यागमन अधिकृत र एजेन्टहरूमाथिको अनुसन्धानले दैनिक करिब एक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको उजागर गरेको छ ।

    Advertisement

    प्रहरीले नक्कली कागजपत्र बनाउने र भिजिट भिसामा विदेश पठाउने ३४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, जसमा अध्यागमन अधिकृत नरवीर खड्कासमेत छन् । एजेन्टसँग दुई लाख रुपैयाँ लिँदै गर्दा प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको थियो । प्रहरीको सोधपुछमा उनले अध्यागमन कार्यालयभित्र संस्थागत रूपमै पैसा लेनदेन हुने गरेको स्वीकार गरेका हुन् । अध्यागमनका अन्य कर्मचारीविरुद्ध प्रहरीले प्रमाण संकलन गरिरहेको छ ।

    प्रहरीका अनुसार दैनिक सेटिङमा दुई सयदेखि तीन सयजना भिजिट भिसामा रोजगारीका लागि विदेश जाने गर्दथे । उनीहरूसँग ३० हजारदेखि ५० हजार रुपैयाँ एजेन्टमार्फत अध्यागमनका कर्मचारीले घुस लिन्थे । यसअनुसार औसतमा दैनिक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।

    पक्राउ परेका एजेन्ट मनोज लामाले मात्र पछिल्लो तीन महिनामा अध्यागमन कर्मचारीलाई दुई करोड रुपैयाँ बुझाइसकेको बताएका छन् । उनीजस्ता दर्जनौँ एजेन्ट अध्यागमनमा सेटिङ मिलाउँथे । खासगरी कुवेत र संयुक्त अरब इमिरेट्समा भिजिट भिसामा पठाउन यस्तो सेटिङ हुने गरेको थियो । त्यसरी गएकाहरू कतिपय बेचिएका छन् भने केही बिचल्लीमा परेर फर्किएका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा मानवतस्करी गर्ने चारवटा समूहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा भिजिट भिसामा हुने मानवतस्करीमा अध्यागमनका कर्मचारीको पनि मिलेमतो देखिएको र यसमा विस्तृत अनुसन्धान भइरहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले बताए । उनले भने, ‘प्रमाणले भेटेसम्म कसैलाई छाड्दैनौँ ।’ अध्यागमनभित्र संस्थागत रूपमै भिजिट भिसाको सेटिङ हुने र लेनदेन हुने गरेको पर्याप्त आधार भेटिएको प्रहरी स्रोतको दाबी छ ।

    अध्यागमनमा तीन सिफ्टमा ड्युटी खटाइएको हुन्छ । कार्यालय प्रमुखसहितको टिमले यसको निर्णय गर्छ । कतिपय अवस्थामा यसरी ड्युटी खटाउने वेलामा मिलेमतो हुने गरेको स्रोत बताउँछ । हरेक दिन ड्युटी फरक परे पनि सेटिङ निरन्तर चल्ने भएकाले यसमा संस्थागत रूपमै मानवतस्करी हुने गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

    कर्मचारीलाई हरेक हप्ता नयाँ मोबाइल
    अनुसन्धानबाट जोगिन अध्यागमनका कर्मचारीले छुट्टै मोबाइल बोक्ने गर्थे, त्यो मोबाइल पनि हरेक हप्ता परिवर्तन हुन्थ्यो । अपराध अनुसन्धान कार्यालयका अधिकारीकाहरूका अनुसार हरेक एजेन्टहरूले नयाँ सिम र मोबाइल अध्यागमनका कर्मचारीलाई उपलब्ध गराउँथे । तिनै मोबाइलमा भिजिट भिसामा जानेहरूको सूची ह्वाट्सएपमा पठाइन्थ्यो । त्यहीअनुसार अध्यागमनका कर्मचारीले सेटिङका व्यक्तिलाई प्रस्थान अनुमति दिन्थे । पक्राउ परेका अधिकृत नरवीर खड्काको मोबाइलमा ६६ जनाको लिस्ट भेटिएको छ ।

    कर्मचारीले विमानस्थल आपपासका होटेल र रेस्टुरेन्टलाई पैसा लेनदेनको अखडा बनाएका थिए । अनुसन्धानबाट जोगिनका लागि सीधै पैसा लिँदैन थिए । होटेल तथा रेस्टुरेन्टका काउन्टरबाट धेरैले पैसा लिने गरेको र बाँडफाँट गर्दै आएको प्रहरीले जनाएको छ ।

    तस्करीमा केही एयरलाइन्स कम्पनीहरूको समेत मिलेमतो देखिएको प्रहरी दाबी छ । नेपाल एयरलाइन्सका त कर्मचारी नै पक्राउ परेका छन् । उनीहरूले नक्कली दुईतर्फी टिकटकै आधारमा बोर्डिङ पास उपलब्ध गराएर मानवतस्करीमा सघाउँदै आएको प्रहरीले जनाएको छ । जसबापत प्रतिव्यक्ति करिब १० हजार रुपैयाँ लिँदै आएका थिए ।

    अध्यागमनमा संस्थागत भ्रष्टाचार नै देखिँदा पनि गृह मन्त्रालयले भने आन्तरिक छानबिनमा चासो दिएको छैन । प्रहरी पनि गृह मन्त्रालयमातहतकै भएकाले प्रहरीबाटै यसमा विस्तृत अनुसन्धान हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । मन्त्रालयले शुक्रबार लामो समयदेखि अध्यागमनमा बस्दै आएका केही अधिकृतलाई पनि हटाएको छ ।

    अध्यागमनमा एक सय ३० अधिकृत कार्यरत छन् । पहुँचवाला कर्मचारीको मात्र अध्यागमनमा सरुवा हुने गरेको मन्त्रालयका अधिकारी बताउँछन् । भिजिट भिसाकै सेटिङका लागि अध्यागमन लामो समयदेखि बदनाम छ । विगतका वर्षमा पनि कर्मचारीकै मिलेमतोमा तस्करी भएको विषयमा छानबिन भए पनि कसैलाई कारबाही भएको थिएन ।

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer