• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दाँतमा ब्रेसेस किन बाँधिन्छ र कति लाग्छ खर्च ?


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • मानिसहरूले दाँतलाई सही आकार दिन, बाहिर निस्केको दाँत भित्र ल्याउन र दाँतको सौन्दर्य बढाउन दाँतमा तार लगाउने गर्छन् । बांगोटिंगो दाँत मिलाउन बालबालिकादेखि युवायुवतीले ब्रेसेस बाँधेको निकै देखिन्छ ।

    Advertisement

    दाँतलाई पंक्तिमा ल्याएर सिधा गर्न, धेरै दन्त चिकित्सकहरूले प्रायः ब्रेसेसको सल्लाह दिन्छन् । दाँतमा तार लगाउनुअघि तिनीहरूका फाइदा र बेफाइदाबारे जान्न जरुरी छ ।

    किन ब्रेसेस बाँधिन्छ ?

    दाँतमा सन्तुलन मिलेन भने चपाउन गाह्रो हुने, दुईवटा दाँत घस्रिएर खिइने र सेन्सेटिभ हुने, दाँतको मांसपेशी र जोर्नीमा पनि असर गर्न सक्छ । त्यसैले यो मिलाउन पनि दाँतमा ब्रेसेस बाँधिन्छ ।

    दाँत बढी फाटिएको, खप्टिएको अवस्थामा ओठ बन्द नहुने, बोल्दा बोली स्पष्ट नहुने समस्या भएमा दाँतको सुन्दरताको लागि पनि ब्रेसेस बाँधिन्छ ।

    ब्रेसेसको प्रकार

    ब्रेसेस बाँध्ने पनि धेरै तरिका र प्रकार छ । मेटल ब्रेसेस धेरैजसो प्रयोग हुने गरेको छ । यो मेटलले बनेको हुन्छ । यो दाँतमा विशेष सिमेन्टले टाँसिएको हुन्छ । यो उपचार अवधिभर ‘फिक्स’ हुन्छ । यो निकाल्न मिल्दैन । हरेक महिना आउनुपर्ने हुन्छ, कस्नुपर्ने हुन्छ । तार पनि अवस्था हेरेर परिवर्तन हुन्छ । कसैकसैलाई मेटल ब्रेसेस मन नपर्ने पनि हुन सक्छ । नदेखियोस् भन्ने हुन्छ । त्यसको विकल्पमा सेरामिक ब्रेसेस छ । यो ब्रेसेसको काम गर्ने तरिका एउटै हो खाली यो सेरामिकले बनेको हुन्छ र देखिंदैन ।

    यसका फाइदा

    यदि कसैको दाँत बाङ्गो छ, अगाडि निस्केको छ भने त्यस्ता व्यक्तिलाई ब्रेसेस लगाउनु धेरै फाइदाजनक हुन्छ । दाँतको पंक्ति मिलेपछि आत्मविश्वास पनि बढ्छ । यसबाहेक दाँतमा तार बाँधेपछि मानिसको खाना चपाउने क्षमतामा सुधार हुन्छ । यदि दाँतमा कुनै खराबीका कारण पहिले समस्या थियो भने त्यो समस्या पनि तार लगाएर हट्छ ।

    दाँत माझ्न र राम्रोसँग सफा गर्न सजिलो हुन्छ । दाँतमा तार जडान गर्नाले मुख र दाँत सम्बन्धित रोगको जोखिम पनि कम हुन्छ । दाँत खिइने समस्याबाट पनि बचाउँछ ।

    बेफाइदा

    दाँतमा तार लगाउँदा फाइदा मात्रै होइन, केही फाइदा पनि छन् । तारको कारण दाँतमाथि केही ठाउँ छोडिन्छ जसमा खाना अड्किन सक्छ । यदि अड्किएको खानालाई समयमै हटाउन सकिएन भने खानेकुरा दाँतमा अड्किएर दाँत सड्ने खतरा पनि हुन सक्छ ।

    ब्रेसेस लगाएर अड्किएको खानालाई सफा गरेन भने गिजा पाक्ने, संक्रमण हुने, सुन्निने समस्या समेत हुन्छ । ब्रेसेस लगाउँदा दाँत आफ्नो ठाउँबाट सर्छ र यस्तो अवस्थामा केही दिन दाँत दुख्ने समस्या हुन सक्छ ।

    ध्यान दिनुपर्ने कुरा

    – ब्रेसेस बाँधेको व्यक्तिले खानेकुरा खाँदा केही सावधानी अपनाउनुपर्ने हुन्छ, जस्तै साह्रो चीज नखाने, धेरै चिपचिपे खानेकुरा नखाने ।

    – ब्रेसेस बाँधेपछि दाँतमा खाना अड्किने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

    – ब्रस गर्दा सावधानी अपनाउनुपर्छ । ब्रेसेस बाँध्दा ब्रस गर्दा अप्ठ्यारो हुन्छ कसैलाई गिजामा संक्रमण हुन सक्छ । त्यसैले फलोअप राम्रो हुनुपर्छ ।

    – तार भाँचियो, फुस्कियो भने तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

    खर्च कति लाग्छ ?

    मेटल ब्रेसेस लगाउँदा सामान्यतया ३० हजार रुपैयाँबाट सुरु हुन्छ भने सेरामिक ब्रेसेसको एक लाख ५० हजारसम्म पर्न सक्छ । ब्रेसेसको प्रकार र दाँतको अवस्था हेरेर यसको खर्च फरक पर्न सक्छ ।

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer