• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मौलिक परिकार बिनाको लुम्बिनी एक्स्पो, सोचेजस्तो देखिएन


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • लुम्बिनी । बिहीबारदेखि बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा स्वदेशी तथा स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरुको प्रदर्शन बिना नै एक्स्पो चलिरहेको छ । व्यापारिक महोत्सवको अर्थ मिचेर एक्स्पो सञ्चालन गरिएको अवलोकनका क्रममा पाइएको छ ।

    Advertisement

    यसर्थ हस्तकला प्रदर्शनीको रुपमा गुडिया थिए । रोजगार प्रवर्द्धनमा जोड दिने खालका स्टलहरु राखेको पाइएन । जसले गर्दा अवलोकन गर्न आउनेहरुले विभिन्न स्थानबाट बिक्री गर्नलाई ल्याइएका सामानहरु किन्ने थलो देखिन्थ्यो ।

    प्रत्येक वर्ष हिँउद लागेपछि कृषि, उद्योग, पर्यटन तथा एक्स्पो लगायतका नाम दिएर लाग्ने गरेका मेला महोत्सवहरु बेरोजगार नागरिकलाई स्वरोजगार बनाउन उत्प्रेरित गर्ने, स्वदेशी कच्चा पदार्थहरुको प्रयोग गरी विभिन्न वस्तुहरु निर्माण गर्ने जस्ता प्रयोगात्मक स्टलहरु राख्ने गरेको देखिदैन ।

    स्थानीय स्तरमा उत्पादित घरेलु, कृषि र पर्यटन क्षेत्रलाई समेटेर संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्य राखेर आयोजना गरिने महोत्सवमा बजारमा रहेका ट्रेडिङका सामानहरु भन्दा फरक मौलिक परम्परागत उत्पादन, लघु उद्यमका स्टलहरु विरलै पाइने गरेको घरेलु तथा साना उद्योग कार्यालयमा लामो समय प्रमुख भएर काम गरेका हाल अवकाशप्राप्त प्रमुख उमवहादुर वलीले बताए ।

    रुपन्देही व्यापार संघले आयोजना गरेको लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेलालाई विशेष मेलाको रुपमा हेर्ने गरिन्छ । व्यापारिक केन्द्र मानिने बुटवलमा लाग्ने महोत्सवलाई जिल्लाका अन्य ठाउँ र छिमेकी जिल्लामा आयोजना हुने मेला महोत्सवहरु भन्दा फरक तरिकाले हेर्ने गरे पनि सीपमूलक र व्यावहारिक उद्यमका स्टलहरु नराखिनु महोत्सव उद्घाटनका दिन अवलोकन गर्न आएका एक अवलोकनकर्ता श्रीकान्त भुसालले बताए ।

    उनले वर्षमा हुने यी यस्ता मेला महोत्सवले स्थानीय उत्पादहरुको खोजीखोजी प्रर्दशन, साना उद्योग जो स्टलमै देखाएर अवलोकन गर्नेहरु प्रभावित भएर सिक्ने केन्द्रको रुपमा प्रस्तुत गर्न आयोजकले ध्यान दिनु पर्ने सुझाए ।

    पुस ५ गतेदेखि १८ गतेसम्म चल्ने महोत्सवमा ६ सय स्टलहरु राखिएका छन् । उक्त महोत्सवका केही स्टलहरुमा प्रदेशका विभिन्न जिल्लाहरुमा उत्पादन भएको जनाउँदै प्याकेटहरुमा नाम उल्लेख गर्दै केही कृषिजन्य वस्तुहरु राखिएको छ । महोत्सवमा फरक भनेको गोरुलाई प्रयोग गरी दाइँ मोरर उखुको जुस निकाल्ने र गाउँले भट्टी चुलो बनाएर परिकार बनाउने गरिएको छ । १० लाख दर्शकले अवलोकन गर्ने र ५० करोडसम्म आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको आयोजक संस्था रुपन्देही व्यापार संघले जनाएको छ ।

    शनिबार महोत्सव अवलोकनका लागि परिवारसहित गएका बिमल न्यौपाने भन्छन्, ‘ब्यापार मेलाको सबै अवलोकन गरियो, तर कुनै नयाँ उपलब्धि देखिएन । जसरी नाम अन्तर्राष्ट्रिय व्यापार मेला छ, त्यसरी नै मेलाको तयारी गर्नुपर्ने आवश्यक देखियो ।’

    यता लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का अनुसार प्रदेशमा सञ्चालन हुने सडक महोत्सव एवं अन्य मेला महोत्सवहरुले प्रदेशभित्र रहेका विभिन्न जातजातिहरुको मौलिक परिकारलाई प्राथमिकता दिँदै १० ओटा स्टलहरुमा प्रदर्शन गर्नुपर्ने कार्यविधि बनाएको बताएको छ ।

    परिषद्ले उक्त कार्यविधिको कार्यान्वयन भए नभएको बारेमा कार्यालयले जिल्लाहरुमा लाग्दै आएका महोत्सवहरुको अनुगमनलाई तीव्र पारिएको र महत्व नदिएको पाइए पहिलोपटक सुझाव दिने र अर्कोपटक पनि विधिको पालना नगरेको भेटिएका कारबाही गर्ने प्रावधान अनुसार अगाडि बढाइने जनाएको छ ।

     

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer