• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गर्भनिरोधक चक्की, कस्तो अवस्थामा खानै हुन्न ?


  •   मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
  • सन्तानको योजना नबनाएका दम्पतीलाई खुलेर शारीरिक सम्बन्ध बनाउन कठिन हुन्छ । खासगरी अनिच्छित गर्भ रहने भयले उनीहरुको यौन जीवन खल्लो बनाइदिन्छ । यद्यपि अहिले त्यस्ता थुप्रै सुविधा छन्, जसले अनिच्छित गर्भ रहनबाट बचाउँछ । यसमा पनि धेरै प्रचलित छ, गर्भनिरोधक चक्की ।

    Advertisement

    सुनौलो गुलाब, निलोकन ह्वाइट जस्ता गर्भनिरोधक चक्की एउटा प्रभावकारी विधि हो अनिच्छित गर्भ रोक्ने ।

    यो नवविवाहित जोडी जसले तत्काल सन्तानको योजना बनाएका छैनन् उनीहरूको लागि सबैभन्दा प्रभावकारी गर्भनिरोधक उपाय हो । किनकि यो चक्की सेवन गर्न छोड्ने बित्तिकै गर्भ रहन्छ । यस्तो चक्की सही समयमा नियमित सेवन गर्दा यसले शतप्रतिशत गर्भ रोक्छ । यो ९९ प्रतिशत प्रभावकारी हुन्छ ।

    महिनावारी भएको पहिलो दिनबाट नै यो चक्की सुरु गर्‍यो भने काम गर्न थालिहाल्छ । तर महिनावारी भएको पाँचौं दिनबाट सुरु गरेमा भने गर्भ रहने सम्भावना हुन्छ । यस्तो अवस्थामा सात दिन कण्डमको प्रयोग गर्नु उपयुक्त हुन्छ । लगातार २१ दिन यो चक्कीको सेवन गर्नुपर्छ र सात दिन आइरन चक्कीको ।

    कुन अवस्थामा यो चक्की खान हुन्न ?

    टाउको दुख्ने, छातीमा मासु पलाएको, मोटोपन, उच्च रक्तचाप, मधुमेह, हाइपो कोलेस्टेरोल, मुटुको समस्या र ३५ वर्षभन्दा माथिका महिलालाई यो औषधि सेवन नगर्ने सल्लाह दिइन्छ । क्यान्सरको जोखिम भएकाले भने प्याप जाँच गरेर मात्र यस्तो चक्कीको सेवन गर्नुपर्छ । स्वास्थ्य सामान्य अवस्थामा भएका महिलाले पनि यसको सेवन अघि चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ ।

    उच्च रक्तचाप, मधुमेह र मुटुरोगको औषधि खाइरहेकाहरूले यो चक्की खान मिल्दैन । कुनै कुनै एन्टिबायोटिकको सेवन गरिरहेको बेलामा पनि यो चक्की खान मिल्दैन । आफूखुसी यो औषधि सेवन गर्ने अनि केही साइड इफेक्ट देखियो भने सेवन गर्न छाडेर गर्भ रह्यो भन्ने समस्या लिएर धेरै अस्पताल आउने गरेका छन् ।

    चक्कीले कसरी काम गर्छ ?

    यो हर्मोनल चक्की हो । यसले पाठेघरको मुखमा भएको पातलो पानीलाई बाक्लो बनाएर वीर्यलाई भित्र छिर्न दिंदैन र गर्भ रहनबाट रोक्छ । यो चक्कीले अण्डा निष्कासनलाई पनि कम गर्छ, जसले गर्दा गर्भ रहँदैन ।

    यो चक्की सधैं एउटै समयमा खानु उपयुक्त हुन्छ तर बिर्सनु भएन । खानापछि बिहान वा बेलुकी जुन समयमा खाए पनि हुन्छ ।

    साइड इफेक्ट

    यो हर्मोनल चक्की भएकोले पाठेघरको लेयरमा काम गर्ने हो । महिनावारीको बीचमा पनि रगत जाने, मोटोपन, टाउको दुख्ने, बान्ता हुने, ल्युकोरिया लगायत साइड इफेक्ट हुनसक्छ ।

    कुनै दिन खान छुटे के गर्ने ?

    दैनिक सेवन गर्नुपर्ने यो चक्की सकेसम्म छुटाउनु हुँदैन । महिनावारीको पहिलो दिनबाट औषधि सेवन गरेको छ र पहिलो हप्तामा कुनै दिन औषधि छुट्यो भने अर्को दिन दुईवटा चक्की सेवन गर्दा हुन्छ । पहिलो हप्तामा नै दुईवटा चक्की छुट्यो भने दुई दिन दुई-दुईवटा चक्की सेवन गर्नुपर्छ ।

    तेस्रो हप्तामा दुई दिनभन्दा बढी औषधि छुट्यो भने औषधिसँगै अन्य गर्भनिरोधक उपाय पनि अपनाउनुपर्छ । लगातार सात चक्की छुट्यो भने औषधि सेवन नै बन्द गरेर फेरि अन्य उपाय अपनाउनुपर्छ र अर्को पटक महिनावारीपछि पुनः खान थाल्नुपर्छ ।

    महिनावारी गडबडीमा पनि काम गर्छ

    विवाहित महिलामा गर्भनिरोधकको रूपमा मात्र होइन, अविवाहितलाई महिनावारीको समयमा धेरै रगत बग्ने, धेरै पेट दुख्ने, महिनावारी गडबडी र पीओसीडीलगायत समस्यामा पनि यो चक्की सेवन गर्न दिइन्छ । तर यस विषयमा धेरैलाई जानकारी नभएको हुनसक्छ ।

    यो गर्भ निरोधक चक्की र आकस्मिक गर्भ निरोधक चक्कीमा पनि धेरै जना झुक्किएको पाइएको छ । कति जना हामीले पिल्सको प्रयोग गरिरहेका छौं, तै पनि गर्भ रह्यो भन्दै आउनुहुन्छ । आकस्मिक गर्भनिरोधक चक्की र गर्भनिरोधक चक्कीमा फरक छ ।(साभार)

    मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer