• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘साहित्यिक पत्रकारितामा भाषिक एकता’ विषयक गोष्ठी सम्पन्न


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रेस काउन्सिलको आयोजना र नेपाल स्रष्टा समाजको संयोजनमा ‘साहित्यिक पत्रकारितामा भाषिक एकता’ विषयक गोष्ठी सम्पन्न भएको छ । समाजले साताव्यापी कार्यक्रम अन्तरगत गोष्ठी सम्पन्न गरेको हो ।

    Advertisement

    मंगलबार काउन्सिलको सभा हलमा सम्पन्न कार्यक्रममा साहित्यिक पत्रपत्रिका तथा अनलाइन पत्रिकाको साहित्यिक बिट हेर्ने पत्रकारहरूको उपस्थितिमा भाषाविद् शरत्चन्द्र वस्तीले विशेष मन्तव्य राखे ।

    वस्तीले भाषा मानव जीवनको मूल भएको चर्चा गर्दै भाषाको नयाँ आयाम प्रकट गर्ने मुख्य आधार साहित्य भएको बताए । उनले रचना गर्दा प्रयोग हुने भाषा गलत र अशुद्ध भए त्यसले साहित्यलाई नै बिगार्ने बताए ।

    मन्तव्यका क्रममा वस्तीले भने, “भाषा बिगार्नु अराजकता हो । भाषालाई भत्काउनुहुँदैन । जे छ, त्यही लेखिनुपर्छ ।” उनले नेपाली भाषा कमजोर नभएको तर भाषामा अन्योल धेरै रहेको उल्लेख गर्दै शब्दमा अक्षरको खुट्टो काट्न देवनागरी लिपिले आज्ञा नदिएको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सर्वमान्य भाषाकोशको आवश्यकतामा जोड दिँदै सरकारले मानक भाषाका लागि विशेष समिति बनाउनुपर्ने बताए । प्रा.डा. गोविन्दराज भट्टराईले सीमापारि रहेर सिर्जना गर्ने नेपाली भाषी साहित्यकारहरूले भाषा भत्किँदै गएकोमा चिन्ता व्यक्त गरेको उल्लेख गरे ।

    प्रेस काउन्सिलका अध्यक्ष तथा कार्यक्रमका सभापति बालकृष्ण बस्नेतले कार्यक्रममा धेरै प्रश्न उठ्न सक्ने र तिनको जवाफ खोज्यौँ भने साहित्यिक पत्रकारिताको भाषामा शुद्धता र एकरूपता आउने विश्वास व्यक्त गरे ।

    समाजका अध्यक्ष श्रीओम रोदनले चासोको विषय भएकाले काउन्सिलसँग सहकार्य गर्दै यो गोष्ठी गरेको बताए । कार्यक्रममा राधेश्याम लेकाली, मोहन दुवाल, दीपक पाण्डे र झविन्द्र भुसालले बोलेका थिए ।

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer