• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

हात्तीको हुलले सुन्दरहरैँचामा पुर्‍यायो क्षति


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक जंगली हात्ती मारिएको भोलिपल्ट हात्तीको समूहले गाउँमा क्षति पुर्‍याएको छ ।

    Advertisement

    आइतबार राति सुन्दरहरैंचामा तस्करको समूहले गोली हानेर एउटा जंगली हात्ती मारेको थियो । त्यसको भोलिपल्ट सोमबार राति हात्तीको समूहले विश्वविद्यालय, किसानको केरा खेती र घरमा क्षति पुर्याएको हो ।

    विश्वविद्यालयको कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा हात्तीको समूहले क्षति पुर्याएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । हात्तीले झ्याल र ढोकाको सिसा पनि फुटाएको छ ।

    हात्तीको हुलले सुन्दरहरैँचा-७ मा लेखनाथ प्रसाईंको केराखेतीमा पनि क्षति पुर्याएको छ । २ बिघा जग्गामा लगाएको केरा खेती हात्तीले नष्ट गरेको प्रसाईंले बताए ।

    स्थानीय कृष्णबहादुर तामाङको टिनको छानो र बाँसको टाटीबेरा भएको घर पनि हात्तीले भत्काइदिएको छ । घर र केरा खेतीमा एक लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

    सुन्दरहरैँचा-१० मा सोमबार बिहान गोली हारेर मारेको अवस्थामा जंगली हात्ती फेला परेको थियो । मृत भेटिएको हात्तीबाट गोलीको खोका निकालिएको थियो ।

    प्रारम्भिक अनुसन्धानका क्रममा भरुवा बन्दुकले प्रहार गरेर हात्ती मारेको जस्तो देखिएको मोरङका डिएसपी दाहालले बताए । हात्ती मार्नेको खोजी भइरहेको उनले बताए । पोष्टमार्टमपछि हात्तीलाई जंगलमा नै गाडिएको थियो ।

    आइतबार राति हात्ती मारेपछि अन्य हात्तीले बिज्याइँ गरेको स्थानीयले बताएका छन् । प्रहरीले पनि समूहमा रहेको हात्ती मारिएका कारण अन्य हात्तीहरु आक्रोशित भएको हुनसक्ने भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer