• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पाँच कट्ठा मुसहर बस्तीको जग्गा हडप्न जालझेल


  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • सिराहा। सिराहाको मिर्चैया नगरपालिका– ११ सोनी गाउँको मुसहर बस्ती उठाउन जमिनदारले जालझेल गर्न थालेपछि पीडितले स्थानीय सरकार गुहारेका छन् । स्थानीय घुर्मी खोला किनारको खाल्डो जग्गा आफूहरूले माटो भरेर तीन पुस्तादेखि बस्न थाले पनि जमिनदार सुबेलाल अरगरियाले रातारात घर बनाएर बसेको भन्दै सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि पीडितले स्थानीय सरकार गुहारेका हुन् ।
    हरवा–चरवा अधिकार मञ्चका अगुवा, दलित अधिकारकर्मीसहित पीडितहरूले मिर्चैयाका मेयर श्रवणकुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन् । मेयर यादवले मुसहर बस्ती कसैले हटाउन नसक्ने बताउँदै बस्तीको सुरक्षाका लागि नगर, वडा कार्यालय पीडितहरूको साथमा रहने प्रतिबद्धता जनाए । ‘तपाईंहरू आफ्नो थातथलो नछोड्नुस्, जनप्रतिनिधिहरू दलितहरूको बसोवासको अधिकारका लागि लड्छौँ,’ उनले भने । मिर्चैया नगरपालिका– ११ का वडाध्यक्ष सोनी गाउँका मुसहरहरूमाथि अन्याय भइरहेकाले आफू सुरुदेखि नै स्थानीय पीडितको साथमा रहेको बताए ।

    Advertisement

    सोनी गाउँको गाउँब्लक जग्गामा बस्दै आएका करिब ३२ घर मुसहर बस्ती गाउँको बीचमा परेपछि जग्गामा आँखा लगाउँदै आएका धनुषा जनकपुर बस्ने सुबेलाल अरगरियाले गाउँदेखि उत्तरपट्टि खेतीपाती नहुने घुर्मी खोला किनारको आफ्नो स्वामित्वको तीन कट्ठा ११ धुर पर्ती जग्गामा सारेका थिए । राष्ट्रिय मुसहर संघ सिराहाका अध्यक्षसमेत रहेका स्थानीय चन्द्रदेव सदायले भने, ‘करिब ३२ घरधुरी मुसहरको बसोवास रहेको गाउँब्लकको पाँच कट्ठा जग्गा हत्याउन खोला किनारको पर्तीमा बस्ती सारियो ।’

    उनका अनुसार गाउँब्लकको जग्गाबाट सारिएका मुसहरले खोला किनारको पर्ती जग्गा आफ्नै बलबुतामा भरेर झुपडी ठड्याई बसोवास गर्दै आएका थिए । ‘स्थानीय सरकारले बस्तीमा बिजुली, सडकजस्ता भौतिक पूर्वाधारको विकास गरेपछि जग्गाको मूल्य बढ्यो र अहिले गाउँब्लकको जग्गाबाट बस्ती सारेका जमिनदारका नातिले उल्टै आफ्नो जमिनमा रातारात घर बनाएको भन्दै स्थानीय नौजनाविरुद्ध मुद्दा हालेका छन्,’ सदायले भने ।

    जमिनदारले बेचे गाउँब्लकको जग्गा

    पूर्ववडासदस्यसमेत रहेका माझीका अनुसार गाउँब्लकको जग्गाको सट्टापट्टाअन्तर्गत अरगरियाको जग्गामा सरेर आएका मुसहरहरू जमिनदारको अगाडि बोल्न नसक्दा आजभोलि भन्दै जग्गा नामसारी भएको थिएन । ‘खोला किनारको जग्गामा बस्ती बसेसँगै बाटो, बिजुलीजस्ता आधारभूत सुविधा पुगेपछि जग्गाको मूल्य त बढ्यो,’ स्थानीय ७७ वर्षीय कुशवा सदायले भने, ‘गाउँब्लकको जग्गा पनि जमिनदारले अन्यलाई बेचेछन् । खोला किनारको बसोवासको जग्गा आफूहरूको नाममा रजिस्ट्रेसन गराउन भैँसी, खसी, बाख्रा बेचेर रकम बुझाए, तर नामसारी भएको थिएन ।’ स्थानीय ६४ वर्षीय मगनिया मुखियाले जग्गा दलालहरूको सेटिङमा जमिनदारले विपन्न दलितलाई दुःख दिने नियतले मुद्दा हालेको बताए । ‘हामी सानै छँदा मुसहर बस्ती थियो, प्रायः सबैजना जमिनदारकैमा काम गथ्र्यौँ । मुसहर बस्ती रहेको गाउँब्लकको जग्गा पनि जमिनदारले नै बेचेर खाए, अहिले गरिब दलितलाई दुःख दिइरहेका छन्,’ उनले भने ।

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer