• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हिउँको प्रतीक्षामा हिमाली बस्ती


  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • मुगु। सिउत्तीकुच्चाका मिमबहादुर मल्ललाई आउँदो वर्ष अनिकाल हुने पीर लाग्न थालेको छ । हिउँदे वर्षा र हिमपातको पर्खाइमा रहेका उनी अझै दुई साता मौसम यस्तै रहे उच्च पहाडी क्षेत्रमा बालीनाली उत्पादन नहुने चिन्तामा छन् ।

    Advertisement

    गाउँमा व्यावसायिक स्याउ खेती गरेका उनले आउँदो वर्ष उत्पादन घट्ने अनुमान थालिसकेका छन् । आधा पुससम्म पनि हिउँ नपर्दा गहुँ र तरकारी सुक्न थालेको र सुक्खा मौसम सँगै धुलोले रुघाखोकी फैलिने डर देखा परेको उनको भनाइ छ । ‘विगत वर्षमा पुसको सुरुआतमै घरआगनसम्म हिउँले ढाकिएको हुन्थ्यो,’ उनले भने, ‘अहिले आधा पुस जाँदासम्म हिउँ देख्न पाइएको छैन । खडेरीले सुक्खा बनाएको छ ।’ सुक्खाले असाध्यै चिसो फैलिएको र वर्षा भएर हिउँ परेपछि तातो लाग्ने उनको भनाइ छ ।

    उच्च हिमाली क्षेत्रमा मंसिरको तेस्रो साता हल्का हिमपात र थोरै पानी परे पनि बेंसीमा गत असोजदेखि पानी परेको छैन । लामो खडेरीले जौं, गहुँ बालीदेखि बारीको तरकारी समेत सुक्न थालेकाले स्थानीय चिन्तित हुन थालेका छन् । वर्षा र हिउँ नआउँदा बारीको तरकारी सुक्न थालेको छायानाथ रारा नगरपालिका–३ का रंगबहादुर कार्की सुनाउँछन् । ‘पुस हिउँको महिना हो,’ उनले भने, ‘बेलामा पानी पनि पर्दैन हिउँ पनि टाँढिदै गयो । दुई/चार वर्ष अघिसम्म पुस नलाग्दै हिउँले धारापँधेरा ढाक्ने गर्थ्यो,’ कार्कीले भने, ‘अहिले पुस सकिन लाग्दासम्म हिउँ पानी आएको छैन ।’

    हिउँ नआउँदासम्म फलफूलदेखि अन्नबालीको सुबिकाल नहुने उनको भनाइ छ । सुक्खा खडेरीले कात्तिक–मंसिरमा पाखो बारीमा छरेको जौ–गहुँ अझै उम्रिन नपाएको किसानहरुको भनाई छ । असोजदेखि पुससम्म बर्षा नहुँदा पानीका मुहान पनि सुक्न थालेका छन् ।

    खडेरीले बनपाखा सुक्दै गएपछि चौपायालाई चरिचरन गाह्रो हुन थालेको छ । यो क्षेत्रमा हिउँ नपरे भोकमरी र रोग फैलिने स्थानीयको भनाई छ । ‘उहिले जस्तो अहिले हिउँ पर्न छोकिसक्यो,’ सोरु–५ नेरताजा गाउँका ८५ वर्षीय लसुर शाही भन्छन्,‘पुस लागेदेखि ढोका थुनिने गरी हिउँ आउथ्यो बाहिर निस्कन मुस्किल हुन्थ्यो । अहिले अग्गा पहाडमा पनि हिउँ छैन ।’

    लेकाली बस्तीका स्याउमा आत्मनिर्भर करिब ३ सय भन्दा बढी किसानलाई हिउँको बढी पखाई छ । बोट निहुरिने गरी हिउँ नपरेसम्म स्याउको राम्रो उत्पादन नहुने भएकाले लेकातिरका किसानमा हिउँसँगै खुसी पनि भित्रिने गरेको छ ।

    छायानाथ रारा नगरपालिका–४ ताल्चाका हरिबहादुर रोकाया हिउँको पानी स्याउलाई असाध्यै राम्रो हुने र उत्पादन धेरै हुने भएकोले हिउँ पर्खेर बसेको बताउँछन् । हिउँले स्याउको बोटमा लाग्ने किरा पनि नष्ट गर्ने रोकायाको भनाई छ । उच्च हिमाली बस्ती जडिबुटीमा आत्मनिर्भर स्थानीय पनि हिमपातको प्रतीक्षामा छन् ।

    बाक्लो हिउँ नपरेका वर्ष जडिबुटी उत्पादन पनि घट्ने स्थानीयको अनुभव छ । धेरै हिउँ परेको वर्ष यार्सा, कटुकी भोल्ते, चिराइतो, गुच्ची च्याउ राम्रो फल्ने किम्री गाउँका फोञ्जोक तामाङले बताए । घरको ढोका नै थुनिने हिसाबले हिउँ पर्ने मुगुका उच्च पहाडी बस्तीमा यसपाली मध्य पुससम्म बाक्लो हिउँ पर्न सकेको छैन । हिमपातको डरले बेंसी झरेका मुगु गाउँका बासिन्दा हिउँ नपर्दा चकित भइरहेका छन् । उनीहरुले अर्को वर्ष भने हिउँदमा पनि बेंसी नझर्ने सोच बनाउन थालेका छन् ।

    प्रायः पुस महिनामा सेताम्ये देखिने पर्यटकीय क्षेत्र रारामा पनि यो पटक बाक्लो हिउँ छैन । गत मंसिरमा हल्का हिउँ परे पनि बाक्लो हिमपात नहुँदा रारा सुक्खा र उराठ देखिएको छ । रारा पुगेका पर्यटकले यसपाली अघिल्ला वर्ष जस्तो हिउँ खेल्न पाएका छैनन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर तथा सूचना अधिकारी जयहरि धितालले उराठ मौसमले गर्दा पर्यटक आगमन बढ्न नसकेको बताए ।

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer