• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ह्याचरी उद्योग धमाधम बन्द हुदै, चल्लाले मूल्य पाएनन्


  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • चितवन । कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् ।

    Advertisement

    नेपालमा दर्ता भएका तीन सय ७० वटा ह्याचरी उद्योगमध्ये हाल ५३ वटामात्रै सञ्चालनमा छन् । पोल्ट्री क्षेत्रका ज्ञाता डा तिलचन्द्र भट्टराईका अनुसार धेरै ह्याचरी चल्लाले मूल्य नपाएपछि सञ्चालन हुन नसकेका हुन् । सञ्चालनमा आएका ह्याचरीको पनि उत्पादन ५० प्रतिशत मात्रै छ ।

    ह्याचरी उद्योग कम सञ्चालन भएपछि विदेशबाट ल्याइने प्यारेन्टको सङ्ख्यामा निकै कमी आएको छ । भट्टराईका अनुसार सन् २०१९/२० मा ४६ हजार दुई सय लेयर्स प्यारेन्ट भित्रिएका थिए । सन् २०२०/२१ मा एक लाख ४८ हजार आठ सय ७०, सन् २०२१/२२ मा एक लाख १३ हजार चार सय ३३ र २०२२/२३ मा ६९ हजार ४० मात्रै लेयर्स प्यारेन्ट नेपाल भित्रिएका छन् ।

    यस्तै ब्रोइलर प्यारेन्ट सन् २०२०/२१ मा १८ लाख १२ हजार दुई सय ९२, सन् २०२१/२२ मा १७ लाख पाँच हजार एक सय ५४ र सन् २०२२/०२३ मा एक लाख दुई हजार १४ भित्रिएका छन् । भट्टराईले ब्रोइलरमा ४० प्रतिशत र लेयर्समा ४४ प्रतिशत गिरावट आएको बताए । प्यारेन्ट कम भित्रिएसँगै चल्लाको उत्पादनमा पनि निकै कमी आएको उनको भनाइ छ ।

    यसले प्रत्यक्षरुपमा पोल्ट्री क्षेत्रमा प्रभाव हुने देखिएको छ । पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले प्यारेन्ट आयातमा निकै कमी आएको भन्दै चल्ला उत्पादन कम हुँदासमेत मूल्य नपाएको बताए।

    समग्रमा आर्थिक मन्दीसँगै यो क्षेत्र प्रभावित भएको उनको भनाइ छ । कोभिडपछि एकोहोरो चल्लाको मूल्य घटेको पोखरेलले बताए। नेपाल ह्याचरी उद्योग सङ्घका पूर्वअध्यक्ष रहेका पोखरेलका अनुसार भारतबाट आउने अवैध चल्लाका कारण पनि बजार प्रभावित छ । सरकारले क्वारेन्टाइन ऐन संशोधन गरेर चोरी नियन्त्रण गरेमा उद्योग पूर्ववत् अवस्थामा फर्कन सहयोग पुग्ने उनले बताए ।

    यस्तै बैंकको व्याजदरलाई एकल अङ्कमा झार्नुपर्ने उनले बताए । उनले भने, “समयमै सरकारले पोल्ट्री क्षेत्रलाई हेर्न सकेन भने आत्मनिर्भर यो व्यवसाय समाप्त हुने अवस्थामा पुग्छ ।” पोल्ट्री क्षेत्रमा रु एक खर्ब ६० अर्बभन्दा बढी लगानी भएको भन्दै उनले ह्याचरी उद्योगमा मात्रै ६० देखि ७० अर्ब लगानी भएको बताए ।

    कोभिडपछिको अवस्थामा २० देखि २५ अर्ब ह्याचरी उद्योगमा नोक्सान भएको पोखरेलले बताए । उनले भने, “पोल्ट्री क्षेत्र रहेन भने एक खर्ब ६० अर्बभन्दा बढी व्यापार नोक्सान व्यहोर्नुपर्छ ।”

    नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष ऋषिराम पौडेल चार वर्षदेखि लागतभन्दा कम मूल्यमा चल्ला बिक्री गर्न बाध्य भएको बताउँछन् । आर्थिक मन्दीसँगसँगै युवा जनशक्ति पलायन हुँदा कुखुरा पाल्ने र खपत गर्ने दुवैमा कमी आएको उनको भनाइ छ ।

    कम व्याजदरमा लिएको ऋण बढेको, दानाको कच्चा पदार्थ, औषधि लगायतको मूल्य बढेको, भारतीय सीमाबाट चोरी गरी चल्ला आएकालगायत कारण यहाँको ह्याचरी उद्योग धरासायी बन्ने अवस्थामा पुगेको उनले बताए । उनले भने, “निजी क्षेत्रले मात्रै उद्योग धान्नसक्ने अवस्थामा अब उद्योग छैन ।”

    साना व्यवसाय गर्न चाहने किसानसँग आर्थिक अभावका कारण पेसा नै पलायन हुने अवस्थामा पुगेको उनले बताए । सङ्घका कोषाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अहिले ब्रोइलर चल्ला प्रतिगोटा ३५ देखि ४० मा बिक्री हुँदै आएको छ । यसको लागत मूल्य ६० देखि ६५ पर्न आउँछ । लेयर्स चल्लाको बजार मूल्य ७० देखि ७५ छ । यसको लागत मूल्य एक सय २० देखि एक सय ३० पर्न आउँछ ।

    लामिछानेको भनाइमा ५० देखि ६० प्रतिशत नोक्सानमा पछिल्लो समय काम गर्नुपर्दा धेरै ह्याचरी बन्द भएका हुन् । नेपालमा विसं २०४२ देखि व्यावसायिकरुपमा ह्याचरीले चल्ला उत्पादन गर्न थालेका हुन् । यहीँ चल्ला उत्पादन हुन थालेपछि क्रमशः विदेशबाट चल्ला आयात रोकिएको थियो । रासस

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer