• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

९८ किलो सुन ओसारे एकै व्यक्तिले


  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
  • काठमाडौँ । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गोरखाका चन्द्र घलेको अनुसन्धानका क्रममा हालसम्म सोही समूहले १ सय ३८ किलो सुन तस्करी गरेको खुलासा भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत मनिराम पौडेलको टोलीले गरेको अनुसन्धानमा सुन तस्करीको जालो पत्ता लागेको हो ।

    Advertisement

    गत मङ्सिर २१ गते राती युएईको दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७३ बाट काठमाडौँ उत्रिएका गोरखाका चन्द्र घलेले ज्याकेटमा खल्ती बनाई तस्करी गरी ल्याएको १४ किलो सुन विमानबाट ओर्लने बित्तिकै बरामद भई घलेलाई समेत पक्राउ गरिएको थियो । सोही घटनाको अनुसन्धान गर्दै जाँदा चन्द्र घलेलाई सुन ल्याउन लगाउने गिरोहले १ सय ३८ किलो सुन तस्करी गरेको अनुसन्धान बाट खुलेको हो ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डे आफैँ विमानसम्म पुगेर विमानबाट ओर्लने बित्तिकै सुन ल्याउने चन्द्र घलेलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको साथबाट प्रतिथान २ किलो दरका ७ थान गरी कुल १४ किलो सुन बरामद भएको थियो । विशेष सुराकीको आधारमा भन्सार कार्यालयले गरेको अनुसन्धानमा चन्द्रले पटकपटक दुबईबाट सुन ल्याएको पुष्टि भएको थियो । चन्द्रकै सूचनाका आधारमा प्रहरी र भन्सारका अनुसन्धान अधिकारीले छानबिन गर्दा सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका १० जनालाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

    अनुसन्धानका क्रममा एकै व्यक्तिले एक पटकमा १४ किलोका दरले ७ पटकसम्म सुन तस्करी गरी ल्याउन सफल भएको खुलेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादी कृष्ण कुमार श्रेष्ठले आफूले दुबईबाट ७ पटकसम्म १४ किलोका दरले सुन ल्याएको बयान दिएका छन् । आफू म्यानपावरको एजेन्ट रहेको र नेपालबाट मानिसहरू लिएर दुबई जाने गरेको तथा फर्कने क्रममा सुन लिएर आउने गरेको श्रेष्ठको बयानमा उल्लेख रहेको छ ।

    काठमाडौँ जिल्ला अदालतमा दायर भएको भन्सार चोरी पैठारी मुद्दामा प्रतिवादीहरूबाट १ अर्ब ४० करोड ५५ लाख ३० हजार रुपैयाँ बराबरको बिगोसमेत मागदाबी लिइएको छ ।

    पक्राउ परेका प्रतिवादी चन्द्र घलेको सूचनाका आधारमा मीन बहादुर घले पक्राउ परेपछि मीन बहादुरको सूचनाका आधारमा कृष्ण कुमार श्रेष्ठ, शेर बहादुर बस्नेत, रमेश देउला, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, अनिल श्रेष्ठ, बिना गुरुङ र डिबी भन्ने दन बहादुर गुरुङविरुद्ध मुद्दा दायर भएको हो ।

    भन्सार कार्यालयका अनुसन्धान अधिकृत मनिराम पौडेलको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले १० जनालाई मुद्दा चलाउने र पक्राउ परेका प्रतिवादीहरूमध्ये सुशीला पाण्डे, कपिल ओझा र गणेश चेपाङको तस्करीमा प्रत्यक्ष संलग्नता नपाइएको कारण मुद्दा नचलाउने निर्णय भएको हो ।

    यस्तो छ, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट १४ किलो सुन तस्करी प्रकरणमा भएको निर्णय :
    ‘मिसिल संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकको जाहेरी प्रतिवेदन, बरामदी तथा खानतलासी मुचुल्का, प्रतिवादीहरूको ह्वाट्सएप लगायतका सामाजिक सञ्जालको टेक्स्ट तथा अडियो म्यासेज, प्रतिवादीहरूको बयान, ट्राभल हिस्ट्री, सिसिटिभी फुटेज, सुन परीक्षण प्रतिवेदन प्रतिवादीहरूको म्यासेजको टेक्सट डिटेल्स, कल डिटेल्स, मौकामा बुझिएका मानिसहरू बिना गुरुङ, राजश्री ट्राभल्सका सञ्चालक राज कुमार भारती, कि हाउसका सञ्चालक कृष्ण बहादुर खत्री समेतको कागज प्रमाणहरूबाट प्रतिवादीहरू मीनबहादुर घले, चन्द्र घले, कृष्ण कुमार श्रेष्ठ तथा फरार प्रतिवादीहरू डि.बि. भन्ने दन बहादुर गुरुङ र बिना गुरुङ समेतको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू रमेश देउला, लेक बहादुर तामाङ, शेर बहादुर बस्नेत, राधा कृष्ण श्रेष्ठ र अनिल श्रेष्ठलाई प्रयोग गरी दुबई (युएई) देशबाट पटक पटक गरी १३८ किलो सुन त्रिभुवन विमानस्थलमा रहेको गोप्य बाटो (भन्सार र प्रहरीको चेकजाँच नहुने) बाटो हुँदै सुन भन्सार छली गरी लिई आएको देखिँदा प्रतिवादीहरू मीन बहादुर घले, चन्द्र घले, कृष्ण कुमार श्रेष्ठ, शेर बहादुर बस्नेत, लेक बहादुर तामाङ, राधा कृष्ण श्रेष्ठ, रमेश देउला, अनिल श्रेष्ठ लगायत र फरार प्रतिवादी डी.बि. भन्ने दन बहादुर गुरुङ, बिना गुरुङ समेतले विभिन्न मिति र समयमा अवैध रूपमा १३८ किलो सुन भित्र्याइएको सुनको मिति २०८०।०८।२२ गतेको नेपाल सुनचाँदी व्यवसायी महासंघको वेबसाइटमा प्रकाशित प्रति ग्राम सुनको बजार मुल्य रु. १०,१८५ (अक्षरेपी दश हजार, एक सय पचासी) को दरले कुल जम्मा १३८ किलो सुनको हुन आउने जम्मा मूल्य रु. १,४०,५५,३०,००० (अक्षरुपी एक अर्ब, चालिस करोड, पचपन्न लाख, तिस हजार मात्र) बिगो बराबरको सुन चोरी निकासी गरी निज दश जना प्रतिवादीहरूले भन्सार ऐन, २०६४ को दफा ३, दफा १८(१), दफा ३८, दफा ५७(१) तथा नेपाल राजपत्रको खण्ड ७३ काठमाडौँ, जेठ १५ गते, २०८० साल अतिरिक्ताङ्क ५ को बुँदा नं. १ (९) (ज) बमोजिमको कसुर गरेको देखिदा प्रतिवादीहरू चन्द्र घले, मीन बहादुर घले, कृष्ण कुमार श्रेष्ठ, डी.बि. भन्ने दन बहादुर गुरुङ र बिना गुरुडलाई सोही भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१घ) र (१घ) (ख) बमोजिम र कसुर गर्न मद्दत गर्ने, षडयन्त्र गर्ने प्रतिवादीहरू रमेश देउला, शेर बहादुर बस्नेत, लेक बहादुर तामाङ, राधा कृष्ण श्रेष्ठ र अनिल श्रेष्ठलाई सोही भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (३) बमोजिम सजाय गरी बरामद सुन जफत गरी पाउन तथा भन्सार ऐन, २०६४ को दफा ७१ बमोजिम सुराकी र प्रतिवेदकहरूलाई पुरस्कार समेतको मागदावी लिने निर्णय मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा ३१ (३) बमोजिम मुद्दा चलाउने गरी गरियो ।’

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा हुन्डी वा क्रिप्टो करेन्सीको पनि प्रयोग भएको हुनसक्ने भन्दै सो को छानबिनका लागि सीआइबीलाई अनुसन्धानका लागि लेखी पठाउने समेत निर्णय भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयको निर्णयमा भनिएको छ,

    ‘साथै प्रस्तुत मुद्दामा सुन खरिदका लागि विदेशी मुलुकमा रकम पठाउनका लागि हुन्डी वा क्रिप्टो करेन्सी समेतको कार्य प्रतिवादीहरूबाट हुन सक्ने, कृष्ण कुमार श्रेष्ठको साथबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएका राहदानी थान–१७, पुलिस क्लियरेन्स सर्टिफिकेट, मेडिकल रिपोर्ट, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट, सीभी, एक्सपेरियन्स लेटर, जब अफर लेटर, शैक्षिक प्रमाणपत्र लगायतका कागजातहरू बरामद भएको र निजले मानिसहरूलाई भिजिट भिसामा दुबई लैजाने गरेको भनी अनुसन्धानका क्रममा बयान समेत गरेको देखिँदा अवैध हुन्डी तथा मानव बेचबिखन समेतका कार्य यी प्रतिवादीहरूबाट हुन सक्ने देखिएकोले सो को अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगन्जमा पठाउनु पर्ने साथै प्रतिवादीहरू कर्मचारी समेत देखिएकाले भ्रष्टाचार सम्बन्धी कसुरको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लेखी पठाउनुका साथै प्रतिवादीहरूको बयानबाट नाम खुलेका अङ्कित अग्रवाल, राजेन्द्र बस्नेत, विमल पोद्दार, राज कामर भारती, जीवन गुरुङ, गुरु भन्ने व्यक्ति लगायत अन्य संलग्न कोही कसैको यकिन नाम थर वतन तथा कसुरमा संलग्नता खुली आएका बखत पछि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम आवश्यक कारबाही गरिने समेतको निर्णय गरिएको छ ।’

    साथै पक्राउ परे पनि अनुसन्धानका क्रममा तस्करीमा संलग्नता नदेखिएका त्रिभुवन विमानस्थलका तीन जना सफाइ कर्मचारीमाथि भने मुद्दा नचल्ने निर्णयसमेत भएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयको निर्णयमा भनिएको छ,

    ‘… पक्राउ परेका सुशीला पाण्डे, कपिल ओझा र गणेश चेपाङको हकमा हेर्दा अन्य पक्राउ परेका सह–अभियुक्तहरूले निजहरूको नाम पोल नगरेको, निजहरूले मौकामा बयान गर्दा सुन चोरी निकासीको कसुरमा पूर्ण रूपमा इन्कार रही बयान गरेको, निजहरूको अन्य प्रतिवादीहरूसँग कसुर घटाउन सल्लाह सम्पर्क भएको नदेखिएको, निजहरूको सुन चोरी निकासीमा निजहरूको संलग्नता हालसम्मको अनुसन्धान तथा सङ्कलित सबुत प्रमाण कागजबाट पुष्टि नभएको र निजहरूको कसुरमा संलग्नता नभएको हुँदा हाललाई मुद्दा नचलाउने भन्ने अनुसन्धान अधिकृतको अनुसन्धान प्रतिवेदन समेतका आधारमा पक्राउ सुशीला पाण्डे, कपिल ओझा र गणेश चेपाङको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३१(३) बमोजिम मुद्दा नचल्ने निर्णय गरिएको छ ।’

    यसरी १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्दै जाँदा सोही गिरोहले तत्काल खुल्न आए अनुसार १ सय ३८ किलो सुन तस्करी गरिसकेको खुलासा भएको हो ।

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer