• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब जितगढ़ी किल्लाको व्यवस्थापन तथा संचालन बुटवल उपमहानगरपालिकाले गर्ने


  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
  • बुटवल। नेपाल-अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको किल्ला संरक्षण र पुनर्निर्माणपश्चात् नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई किल्ला हस्तान्तरण गरेका हुन्।

    Advertisement

    गरुड दल गणले संरक्षण र पुनर्निर्माण गरेको किल्लाको संरक्षण, प्रवर्द्धन र सञ्चालनको जिम्मा अब बुटवल उपमहानगरपालिकाको हातमा आएको हो। किल्ला हस्तान्तरणपश्चात् नगर प्रमुख खेलराज पाण्डेयले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रूपमा विकास गर्ने बताए।

    उनले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पुरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताए। प्रमुख पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न र पूर्णकदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघीय सरकारसँग माग गरे।

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर’ बनाउने दीर्घकालीन सोचसहित बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना बनाएको बताइन्।

    कार्यक्रममा बोल्दै इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीय स्थलका रूपमा विकास गर्ने र इतिहासको संरक्षणमा समेत विशेष चासो दिनुपर्ने बताए।

    बुटवल उपमहानगरपालिकाको वडा नं. १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा छ। जितगढीमा वि.सं.१८७२ वैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो। सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका मनाउँदै आएको छ।

    युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.स.१८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ।

    १८७१ देखि १८७२ सम्म नेपाल/अंग्रेजका बीचमा युद्ध भए। अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन।

    कुमाउ-गडवाल (नाहान), मकवानपुरगढी, कोशी-टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो। बुटवलमा भने नेपालले जित हासिल गरेको थियो। कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरेको त्यही विरताको चिनो हो बुटवलको जितगढी किल्ला। जसले अहिले पनि नेपाल/अंग्रेज युद्धलाई सम्झाउँछ।

    बुटवल गढी कब्जा गरी तत्कालीन पाल्पा राज्य हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको अंग्रेज फौजलाई नेपाली सेनाको कर्णेल उजिर सिंह नेतृत्वको फौजले पराजित गरेको थियो।

    जनरल उडकै नेतृत्वमा यहाँ दुई पटक आक्रमण भएका थिए। आक्रमणमा बुटवलमा रहेको मणिमुकुन्द सेनको शितकालिन दरबार ध्वस्त भएपनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेज फौजमाथि आक्रमण गरि विजय प्राप्त गरेका थिए।

    अंग्रेजतर्फ आधुनिक हतियार र तालिमप्राप्त फौज थियो भने नेपाली सेनातर्फ घरेलु हतियार र बच्चा बोकेमा महिला सहितको फौज थियो। जितगढीमा तिनवटा गणबाट खटिएका नेपाली सेनाका फौजसँगको लडाइँमा ३ सयभन्दा बढी अंग्रेज सैनिकको मृत्यु भएको थियो।

    कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको त्यही विरताको चिनो जितगढी किल्लामा युद्ध लड्दाको झलक सहित नेपाल र अंग्रेज फौजका प्रतिमा निर्माण गरिएका छन्।

    पाँच सय वर्गफिट इलाकामा फैलिएको ऐतिहासिक गढीकिल्ला १६ औं शताब्दीतिर निर्माण भएको मानिन्छ। वर्षौसम्म तिनाउ नदीको पश्चिमतर्फ बेवारिसे अवस्थामा रहेको गढीकिल्लाको संरक्षणका लागि २०५२ सालमा पुरातत्व विभागले उत्खनन्को सुरुवात गरेपछि बल्ल संरक्षणको काम थालिएको थियो।

    चारवर्ष पहिले बुटवल उपमहानगरपालिकाले गुरूयोजना बनाएरै जितगढीको विकासका काम सुरू गरेको थियो। गुरूयोजना अनुरूप अहिले जितगढीमा कर्णेल उजिरसिंह थापाको ९ फिट उचाइको पूणर्कदको तामाको शालिक निर्माण गरिएको छ भने ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ।

    अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र शहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकहरूको अर्धकदका शालिक निर्माण गरिएका छन्।

    जितगढी लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतले विरगती प्राप्त गरेका थिए।

    राजा मणिमुकुन्द सेनको पालाकै बुर्जा शैलीमा मुलगेट निर्माण गरिएको छ। गेटको मध्यभागमा नेपालको झण्डा राखिएको छ भने दुवैतर्फ तोप राखिएका छन्। नेपाली सेनाको अगुवाइमा गढीकिल्लामा निर्माण गरिएका संरचनामा ८ करोड भन्दा बढी खर्च भएको उपमहानगरपालिकाले जनाएको छ।

    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer