• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सर्लाहीमा गोली लागेर मारीए युवा


  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
  • सर्लाही । अस्पताल सञ्चालनको विवादमा घुसेको राजनीतिले उग्र रुप लिँदा सर्लाहीको बरहथवा–६ मा प्रहरीको गोलीबाट एक निहत्था युवा मारिएका छन् ।
    शुक्रबार प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो । घटनापछि स्थानीय प्रशासनले बरहथवा नगर क्षत्रेमा भोलि शनिबार बिहान ८ बजेसम्म कफ्र्यू लगाएको छ ।

    Advertisement

    तर तनाव कम भएको छैन । स्थानीयले मृतकको शव राखेर प्रदर्शन गर्दै आएका छन् ।

    के हो विवाद ?

    संघ सरकारले १८ करोड रुपैयाँ खर्चिएर बरहथवा बजारको तत्कालीन प्राथमिक स्वास्थ्य चौकीको नयाँ भवन बनाएको छ । यो भवनमा १५ शैय्याको अस्पताल बनाउने कि ५० शय्याको बनाएर प्रदेश सरकारलाई चलाउने दिने भन्ने विवाद हो ।

    प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा बरहथवामा ५० शय्याको अस्पताल बनाउने घोषणा गरेको छ । बरहथवा नगरपालिकाको नगर कार्यपालिकाले ९ असोज २०८० मा बैठक बसेर प्राथमिक स्वास्थ्य चौकीको भवन ५० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेशलाई दिने निर्णय पनि गरेको हो ।

    तर एकाएक राजनीति सुरु भयो । सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य वीरेन्द्र सिंह मधेश प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । प्रदेशले अस्पताल चलाए कांग्रेस लगायतका सत्तारुढ दल हाबी हुने स्थानीय सरकारको नेतृत्व गरेको दल एमाले नेताहरुको बुझाइ बन्यो ।

    एमालेबाट निर्वाचित मेयर कल्पनाकुमारी कटवालले निर्णयअनुसार प्रदेश सरकारलाई सहमति पत्र दिइनन् । प्रदेश सरकारले अरु अस्पताल राम्रोसँग सञ्चालन नगरेको भन्दै उनले नगरपालिकाले नै १५ शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने मत राखिन् ।

    कांग्रेससहित सत्ता गठबन्धनका दलहरुले भने कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न दबाव बढाए ।

    १७ पुसको बैठकमा चर्को विवाद भयो । टेबल कुर्सी तोडफोडसम्म भएको एक कर्मचारीले सुनाए । त्यो बैठकले बहुमतका आधारमा ५० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारलाई दिने अघिल्लो निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय ग¥यो । मेयर कटवाल नेकपा एमालेबाट निर्वाचित भएकी हुन्, उपमेयरसहित कार्यपालिकाका बहुमत सदस्य पनि एमालेबाट निर्वाचित भएका छन् ।

    अरुले विरोध गरेका कारण अस्पतालबारे निर्णय गर्न आज २० पुसमा सर्वदलीय बैठक बस्ने सहमति भयो ।

    ५० शय्याको अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि दबाव दिन भन्दै शुक्रबार उद्योग बाणिज्य संघले बजार बन्द आह्वान ग¥यो । नेपाली कांग्रेस सहितका राजनीतिक दलले समर्थन गरेका कारण विहानैदेखि बजार बन्द थियो ।

    नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर १२ का वडाध्यक्ष रामजी राम यादवका अनुसार दलका प्रतिनिधिहरु सर्वदलीय बैठकका नगरपालिका पुग्दा नपुग्दै बैठक स्थगित भयो । नगर प्रमुख कटवालले जारी गरेको बैठक स्थगितको सूचनामा आन्दोलनका बीच सर्वदलीय बैठक गर्नुको औचित्य नभएको उल्लेख छ ।

    वडाध्यक्ष यादवका अनुसार बैठक स्थगित गरेपछि पनि मेयरको कार्यकक्षमा छलफल चलिरहेको थियो । ‘मेयरज्यूले सार्वदलीय टोली जनकपुर जाउँ र मन्त्रीसँग कुरा गरौं भन्नु भएको थियो । हामी छलफलमै थियो, बाहिर तनाव बढ्यो ।’

    अस्पताल प्रदेश मातहत जानुपर्ने र स्तरोन्नति हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस सहितका दलले प्रदर्शन गर्न थाले । त्यही क्रममा भीडले नगरपालिकामा ढुंगामुढा गर्न थाल्यो ।
    प्रहरीले रोकेपछि प्रदर्शनकारीहरु मेयरको घरतिर लाग्यो । नगरपालिकाबाट करिब १ किलोमिटरको दूरीमा छ । मेयरको घरमा ढुंगामुढा भयो, अगाडि रहेको कारमा पनि आगजनी भयो । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी अश्रुग्याससँगै हवाइ फायर गर्‍यो ।

    त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर मेयर कटवालको घरभन्दा करिव ५०० मिटर टाढा एक युवकको मृत्यु भएको छ ।

    वडा नम्बर ६ का वडाध्यक्ष मोहमद अफताव आलमका अनुसार जयशंकर प्रदर्शनमा सहभागी थिएनन् । विद्युत् महसुल तिर्न मोटरसाइकल चढेर विद्युत कार्यालय नजिकै पुगेका थिए । त्यही बेला प्रहरीले चलाएको गोली लागेर उनी सडकमै ढले ।

    उनको मृत्युपछि प्रदर्शन थप उग्र भयो । प्रदर्शनकारीले नगरपालिको गाडीमा आगजनी गरेका छन् । नगरपालिकाको तीनवटा गाडीमा तोडफोड तथा आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र सिंह थारु बताउँछन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले १९ सेल अश्रुग्यास हान्नुका साथै १३ राउण्ड हवाइ फायर गरेको छ ।

    डीएसपी सिंहका अनुसार आठजना प्रहरी घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक भिखारी यादव गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको छ । मृतकको शव भने आन्दोलनकारीकै नियन्त्रणमा छ ।

    ढल्यो परिवारको सहारा

    आन्दोलनमा मारिएका युवक स्थानीय सर्लाही होटलका सञ्चालक तथा कुखुरा दानाको हलसेल बिक्रेता हुन् । बंगलादेशबाट एमबीबीएस अध्ययन गरेका उनलाई बुबा बंगाली राम साहले आफू बिरामी भएपछि व्यवसाय हेर्न भनेर बोलाएका थिए ।

    तीनवर्ष अघि बंगाली रामको निधन भएपछि व्यापार व्यवसाय उनले नै सम्हाल्दै आएका थिए । परिवारको साहारा अनाहकमा मारिएपछि परिवार शोकमा डुबेको छ । आन्दोलनकारीले उनको शव आफ्नै नियन्त्रणमा राखेर प्रदर्शन गरेका छन् ।

    सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले भने जयशंकरको के कारणले मृत्यु भयो भन्ने पुष्टि नभएको बताउँछन् । ‘शव हेर्दा गोली लागेर नै मृत्यु भएको जस्तो देखिन्छ’ उनले भने, ‘तर शव अहिलेसम्म उनीहरुकै नियन्त्रणमा छ । त्यसैले उनलाई गोली नै लागेको हो भनेर हामीले पुष्टि गर्ने अवस्था छैन ।’

    गोली चलाउन आफूले आदेश नदिएको समेत उनले बताए । के कति कारणले गोली चल्यो भनन्ने अनुसन्धान छानबिन हुने उनले बताए ।

    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer