• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भूकम्प प्रतिरोधी विद्यालय जुम्लामा


  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
  • जुम्ला । जुम्लाका दुर्गम गाउँमा समेत भूकम्प प्रतिरोधी विद्यालय भवनहरु बनाउन थालिएको छ। पछिल्लो समय बारम्बार भूकम्पले तर्साइरहने र कच्ची भवनहरु भत्किएर ठुलो क्षति हुन थालेपछि नयाँ बन्ने भवनहरु भूकम्प प्रतिरोधी बनाउन थालिएको हो । हालै हिमा गाउँपालिकामा दुई, सिंजा गाउँपालिकामा एक र कनकासुन्दरी गाउँपालिकामा दुई वटा विद्यालय भवन बनेका छन्, ती सबै भवनहरु भूकम्प प्रतिरोधी हुन् ।

    Advertisement

    पाँच विद्यालयमा चार कोठे पक्की भवन, ४ वटा बालमैत्री, अपाङ्गमैत्री भवन, ४ वटा शौचालय र ३ वटा हेण्ड वासिङ स्टेशन बनेका हुन् । हिमास्थित भैरब आधारभुत विद्यालय जोगीबाडा र महादेव आधारभुत विद्यालयका भवन भूकम्प प्रतिरोधी बनेका छन्।

    त्यस्तै, कनकासुन्दरीका भैलापाटा आधारभुत विद्यालय र गोरुचौर आधारभुत विद्यालयमा पनि भूकम्प प्रतिरोधी भवन बनेका छन् । यी चार वटा विद्यालय गरेर २ करोड ४७ लाख ३ हजार ५ सय ३३ रुपैयाँ खर्च भएको छ ।

    सिंजा गाउँपालिकाको माध्यमिक विद्यालय जोडुमा ६५ लाख ३३ हजार ४ सय १४ रुपैयाँमा भवन बनेको हो । नयाँ निर्माणसँगै मर्मतसम्भार, कक्षाकोठा, शौचालय, हातधुने स्टेशन खानेपानी सुविधा र हरियो बगैंचाको मर्मतको काम समेत भएको हो ।

    यी पाँच विद्यालय भवन बालमैत्री, अपागमैत्री, छात्र-छात्रामैत्री, अपाङ्गमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षाकोठा सहितको सुविधा तथा विशेषता नयाँ विद्यालय भवनबाट सुरु गर्ने तयारी छ ।

    गत बर्षको असोज महिनामा परेको बेमौसमी बर्षाले सिंजाको जोडु विद्यालयमा क्षति पुगेको थियो । त्यसयता विद्यार्थीहरु खुलाचौरमा बसेर पठनपाठन गरिरहेका थिए । प्रधानाध्यापक नरबहादुर बुढाले भने, ‘भूकम्प प्रतिरोधी नयाँ विद्यालय बनेसँगै विद्यार्थीले सुरक्षित तरिकाले बस्न र पढ्न पाउन थालेका छन् ।’

    प्रधानाध्यापक बुढाले दुर्गमका विद्यालय भुकम्प प्रतिरोधी बन्न थालेपछि स्थानीय अभिभावकहरु ढुक्क हुने अवस्था बनेको बताए ।

    प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा पेश नेपाल, जुम्लाले आधार परियोजनाबाट विद्यालय भवन बनाइदिएको हो । पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले दुर्गमका पाँच विद्यालय भुकम्परहित बनेको बताए ।

    कतै अत्यावश्यक र कतै मागमा आधारित भएर भवनहरू निर्माण गरिएको न्यौपानेले जानकारी दिए । विद्यार्थीहरुले नयाँ शैक्षिकसत्र देखि भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पछिल्लो समयमा दुर्गममा भुकम्प प्रतिरोधी विद्यालय भवनहरु बन्दा पठनपाठन निकै सुरक्षित हुने गरेको बताए । उनले भवनको सहीरुपमा सदुपयोग र संरक्षण गर्न शिक्षक अभिभावकहरुलाई आग्रह समेत गरे ।

    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer