• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जब उड्दै गरेको विमानको झ्याल फुट्यो…..


  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
  • वासिङटन । अमेरिकाको ओरेगन राज्यमा १७७ यात्री बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपत्कालीन अवतरण गराइएको छ ।

    Advertisement

    ‘फ्लाइट १२८२’ को विमान पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार साँझ ५ः०० बजे उडेको थियो । विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षित रूपमा फर्काइएको संघीय उड्ययन प्रशासनले एक्स (ट्विटरमा)मा उल्लेख गरेको छ ।

    सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको सिसा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुन्डिएको देखिएको छ ।

    विमानमा सवार यात्री काइल रिंकरले सीएनएनलाई बताएअनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो । “यो वास्तवमा अचानक थियो । झ्याल भर्खरै बन्द भएको र विमान भर्खर उचाइमा पुगेको थियो । अक्सिजन मास्क बन्द नभएसम्म यसलाई महसुस गरिएन,” उनले सीएनएनसँग भने ।

    अर्का यात्री भी गुयेनले न्युयोर्क टाइम्सलाई बताएअनुसार उडानका क्रममा आएकोे चर्को आवाजले उनलाई बिउँझाएको थियो । “मैले आँखा खोल्दा सबैभन्दा पहिले मेरो अगाडि अक्सिजन मास्क देखेँ,” गुयेनले न्युयोर्क टाइम्ससँग भने, “त्यसपछि मैले बायाँतिर हेर्दा विमानको झ्यालको सिसा थिएन ।”

    “जब मैले घटनालाई नजिकबाट देखेँ, पहिलो कुरा त मैले सोचेँ– म मृत्युको मुखमा जाँदै छु,” उनले थपे ।

    राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एफएए) र अलास्का एयरलाइन्सले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

    “६ जना चालक दलका सदस्यसहित १७१ जना यात्री लिएर विमान पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ,” एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    “यसप्रकारको घटना विरलै हुने भए तापनि हाम्रो विमानका चालक दललाई तालिम दिइएको थियो र स्थितिलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न तयार पारिएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

    बोइङ ७३७ म्याक्स ९ विमानले क्यालिफोर्नियाको ओन्टारियोका लागि साँझ ५ः०७ बजे उडान भरेको थियो भने करिब २० मिनेटपछि विमानस्थलमा फर्किएको फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)ले जनाएको छ । फ्लाइटअवेयरका अनुसार यसलाई अक्टोबरमा एयरवर्थी प्रमाणित गरिएको थियो ।

    थप जानकारी संकलन भइरहेको र प्राविधिक टोली अनुसन्धानका निम्ति सहयोग गर्न तयार गरिएको बोइङले जनाएको छ । (रासस/एएफपी)

    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer