• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सामान्य कुकुरले टोक्दा पनि रेबिजको सुई लगाउनुपर्छ ?


  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
  • कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज संक्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वभाविक नै हो ।

    Advertisement

    यद्यपि कुकुरले टोकेको अवस्थामा रेबिजको सुई लगाउनु उत्तम हुन्छ । किनभने भोलिको सम्भावित जोखिमलाई यसले टार्न सक्छ । कुकुर रेबिज संक्रमित छैन भने त ठीकै हो । तर संक्रमित भएपनि त्यसको लक्षण नदेखिएको हुन सक्छ । यस्तो अवस्थामा कुनै कुकुरले टोकेको छ भने पछि समस्या ल्याउँछ नै ।

    हामी कुकुरको आवरण हेरेर मूल्यांकन गर्छौं । दुब्लो, फोहोरी कुकुर छ भने त्यसले टोक्छ कि भनेर सतर्क हुन्छौं । त्यस्तो कुकुरले टोकेमा रेबिज हुन्छ भन्ने डर लाग्छ । तर हट्टाकट्टा, सफा कुकुर छ भने त्यसले टोकेमा पनि रेबिज नलाग्न सक्छ भन्ने सोच्छौं । खासमा यो गलत हो ।

    कुकुर चाहे सडकको होस् वा घरपालुवा, चाहे डरलाग्दो होस् वा सामान्य । यदि हामीलाई टोकेको छ भने रेबिजविरुद्धको सुई हान्नैपर्छ । यो एक सुरक्षात्मक विधि हो । पछिल्लो रेबिजको संक्रमण दर बढेको छ । केही दशकअघिसम्म बर्सेनि १५-१६ जनाको मृत्यु हुन्थ्यो । अहिले रेबिज रोग लागेर बर्सेनि झण्डै २० जनाको मृत्यु हुने गरेको छ ।

    घरपालुवा कुकुरले टोकेमा

    घरपालुवा कुकुरले टोक्यो भने कतिपयले सुई लगाउँदैनन् । आफैंले पालेको, घरभित्रै राखेको त्यसैले रेबिज संक्रमण छैन भन्ने लाग्छ । तर यो त हाम्रो अनुमान न हो । यथार्थ फरक हुन सक्छ । कुनै कारणवश उक्त कुकुरमा पनि रेबिज छ भने त समस्या ल्याउँछ । त्यसैले घरपालुवा कुकुरले टोकेको छ भने पनि रेबिजको सुई हान्नैपर्छ ।

    कुकुरले टोकेको कति समयभित्र सुई हान्नुपर्छ ?

    कुकुरले टोकेको यति समयभित्र सुई हाल्नुपर्छ भन्ने समय तय गर्न सकिंदैन । त्यसैले सकेसम्म चाँडै, नसके ढिलै भएपनि रेबिजको सुई लगाउँदा सुरक्षित हुन्छ । सामान्यतया १० दिनसम्म कुकुरको अवस्था हेरेर खोप लगाउँछु भन्ने पनि हुन्छन् । एक हिसाबले त त्यो पनि ठीकै छ ।

    कुकुर १० दिनभित्रमा बहुलाउँछ कि मर्छ भनी कुर्नुभन्दा सुई लगाउनु नै उचित हुन्छ । यदि कुकुरले टोकेको छ भने नजिकैको स्वास्थ्य चौकी, क्लिनिक र औषधि पसलमा गई सुई लगाउँदा उपयुक्त हुन्छ । यदि दुर्गम ठाउँमा स्वास्थ्य चौकी र औषधि पसलको पहुँच टाढा भए घाउमा प्राथमिक उपचार गरेर ढिलो भएपनि रेबिजको सुई लगाउनुपर्छ ।

    काठमाडौंस्थित टेकु अस्पतालमा भए टिकटको मात्र शुल्क लाग्छ, सुईको लाग्दैन । निजी अस्पताल वा क्लिनिकमा भए समान्यतया एउटा सुईको करिब ६ सय रुपैयाँ लाग्छ । रेबिजको सुई दुई तरिकाले लगाउने गरिन्छ, मासुमुनि र छालामुनि ।

    अहिले टेकु तथा सरकारी अस्पतालमा छालामुनि लगाउने तरिकाबाट रेबिजको सुई लगाउने गरिन्छ जुन तीनपटक मात्र लगाए पुग्छ । मासुमुनि सुई लगाउने तरिका पुरानो हो । यो चारपटक लगाउने गरिन्छ । दुई तरिकाले लगाउने भएका कारण करिब १८ सयदेखि दुई हजार रुपैयाँसम्म यसको खर्च लाग्छ ।

    कुकुरले टोक्नासाथ केही प्राथमिक उपचार गर्नुपर्छ । टोकेको ठाउँमा धारामा वा बग्ने पानीमा धुनुपर्छ । घाउमा सफा गरेर पट्टि वा ब्यान्डेज लगाउन सकिन्छ ।

    रेबिज भएको र नभएको कुकुर कसरी थाहा हुन्छ ?

    रेबिज भाइरस भएको कुकुरमा खासै विशेष लक्षण देखिंदैन । कुकुरले टोकेर रेबिज लागेको छ भने बिरामीमा देखिने मुख्य लक्षण भनेको हावा र पानीदेखि डराउने हुन्छन् । अर्को खाना निल्न गाह्रो हुने, ज्वरो आउने, र्याल चुहाउने जस्तो लक्षण देखा परेको हुन्छ । रेबिजको लक्षण देखेपछि मृत्यु हुने जोखिम बढ्छ । त्यसैले कुकुरले टोकेपछि केही लक्षण देखापरेको छैन भनेर सुई नलगाई बस्नु हुँदैन ।

    सामान्यतया कुकुरले टोकेको तीन महिनामा लक्षण देखिन्छ भनिन्छ । तर ६ महिनादेखि ८ महिनामा पनि लक्षण देखेको पाइन्छ । कसैको वर्षौंसम्म पनि नदेखिन सक्छ ।

    सरुवा रोगबारे अध्ययन गरेको २० वर्षको मेरो अनुभव अनुसार भन्दा एक दशकयता रेबिजको लक्षण परिवर्तन भएको छ । पहिले रेबिज लागेको कुकुर बढी आक्रमक हुने, पुच्छर निहुरेको, र्‍याल निकाल्ने जस्ता लक्षण देखिन्थ्यो । तर पछिल्लो समय भने रेबिज लागेको कुकुरमा धेरै लक्षण परिवर्तन भएको पाइन्छ । शान्त स्वभावको हुने गरेको पाइन्छ ।(अनलाईन खबर)

     

    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer