• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विदेश अध्ययनमा मात्रै साढे ३८ अर्ब बाहिरियो चार महिनामा


  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना चार महिनामा (साउनदेखि कात्तिकसम्म) वैदेशिक अध्ययनमा करिब साढे ३८ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विदेश अध्ययनका लागि बाहिरिने रकम ७० प्रतिशतले बढेर ३८ अर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको गत कात्तिक महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ ।

    Advertisement

    पछिल्ला वर्षमा विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको प्रतिवेदनहरुले देखाएको छ । उक्त अवधिमा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै सो शीर्षकमा देशबाट बाहिरिने विदेशी मुद्रा पनि बढिरहेको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । यसको सकारात्मक असर रेमिट्यान्स आप्रवाहमा पनि परेको उनीहरुको भनाइ छ ।

    नेपालमा लामो समयदेखिको राजनीतिक अस्थिरता झाँगिँदै गएको, आर्थिक विकास लागि राज्यस्तरबाट प्रभावकारी काम हुन नसकेको, रोजगारीको नयाँ अवसर सृजना नभएकोलगायत कारण अध्ययनका नाममा नेपालबाट बाहिरिने युवाको संख्या दिनानुदिन बढेको सरकारी प्रतिवेदनहरुले देखाएका छन् । सरकारी तथ्यांकहरूले नै कोभिड संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपालबाट बाहिरिने रकम निरन्तर बढ्दै गएको देखाउनुले यो पुष्टि हुन्छ ।

    यस्तै, अर्थतन्त्र शिथिल रहेकाले बैंक तथा वित्तीय संस्थामा औद्योगिक क्षेत्र, पूर्वाधार निर्माणलगायत वास्तविक क्षेत्रबाट अपेक्षित रुपमा कर्जा माग आएको छैन । तर, विदेशी अध्ययनका लागि शैक्षिक कर्जाको माग उल्लेख्य रहेको सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले बताए । ‘युवाहरु नेपालमा बस्नै चाहेको देखिदैन,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा शैक्षिक कर्जाको मात्र माग बढ्नुले पनि यो पुष्टी हुन्छ ।’

    गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ४८ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७८/७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको तथ्यांक छ ।

    यद्यपि विदेश अध्ययनमा धेरै पैसा गयो भनेर चिन्ता लिनु नपर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले बताए । ‘विदेश अध्ययनमा जाँदा विद्यार्थीहरुले नेपालबाट पैसा मात्र लगेका हुदैनन, उनीहरुले ज्ञान आर्जन गर्छन, सीप सिक्छन, धन कमाउँछन र अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान दिन्छन । भोली आफ्नो देशको अवस्था राम्रो भएको, पर्याप्त अवसर देखेपछि नेपाल फर्किन्छन । यसकारण अहिले विदेश अध्ययन गर्नेले धेरै पैसा बाहिर लगे भनेर चिन्ता गर्नुपर्दैन ।’ विदेश अध्ययनमा किन धेरै विद्यार्थी गए भनेर चिन्ता गर्नुको साटो नेपालको शिक्षा प्रणाली, पाठ्यक्रम कहाँ कमजोरी रह्यो भन्नेबारे पनि राज्यले सोच्नुपर्ने उनको भनाइ थियो । ‘नेपालमा स्नातक तह चार वर्षे बनाइएको छ, त्यो आवश्यक हो कि होइन, के स्नातक तह पास गरेको विद्यार्थीले नेपालमै आफ्नो भविष्य सुरक्षित देख्न सक्छ ?,’ उनले प्रतिप्रश्न गरे, ‘अमेरिकामा स्नातक तह अध्ययनका लागि गएको नेपालीले पनि उक्त तहको पढाइ पुरा गरिसक्दा जागिर सुनिश्चित हुन्छ । मनपरे त्यही काम गरेर बस्छन नपरे स्वदेश फर्किन्छन ।’

    विदेश अध्ययन गरेर फर्किन नेपानी विद्यार्थीले नेपालमा राम्रो संकृति पनि भित्र्याएको भट्टको दाबी छ । ती विद्यार्थीहरुले नेपालमा आएर सुशासन, संस्थागत क्षमता अभिवृद्धि, अनुशासनलगायत क्षेत्र सुधारमा काम गरिरहेको उनले बताए । ‘उनीहरुमध्ये केहीले नेपालमै बसेर विदेशको काम गरेर विदेशी मुद्रा पनि भित्र्याइरहेका छन,’ उनले थपे, ‘स्न १९९०मा धेरै भारतीय देश बाहिर गएकाले अहिले उनीहरुले ती राष्ट्रहरुमा भारतकै मानसम्मान (मूल्य) बढाइरहेका छन् ।’ यसकारण विदेश अध्ययनमा यतिउति रकम बाहिरियो भनेर चिन्न्ताको सट्टा यसबाट हुनसक्ने अनेकौ लाभका बारेका पनि चिन्तन थाल्नुपर्ने उनको भनाई छ ।

    तर, राष्ट्र बैंकका अरु केही अधिकारीहरुको मत भने कार्यकारी निर्देशक भट्टको भन्दा फरक छ । बढ्दो रेमिट्यान्स आप्रवाह र घट्दो आयातले अहिले विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेपनि हरेक महिना विदेश अध्ययन र भ्रमणमा ठूलो रकम बाहिरिँदा दीर्घकालमा सञ्चितिमा असर पर्ने उनीहरुको धारणा छ । तत्कालै विदेशी मुद्रा सञ्चिति दबाबमा नदेखिए पनि शिक्षाकै लागि ठूलो रकम बाहिरिनु अर्थतन्त्रको हितमा नभएको उनीहरूले जनाए ।

    चालु आर्थिक वर्षका पाँच महिना (गत साउन देखि मंसिर १६ सम्म) ३८ हजारले ५ सय ६६ विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । गत आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले एनओसी लिएका थिए । आर्थिक वर्ष ०७८/७९ मा १ लाख १२ हजार ९ सय ६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए । यो एनओसी लिएकाको मात्र संख्या हो । पुराना विद्यार्थीका लागि पनि केही वर्षसम्म घरपरिवारले खर्च पठाउँछन् । यसकारण अघिल्लो वर्षको तुलनामा एनओसी लिनेको संख्या घटे पनि अध्ययनमा बाहिरिने रकम बढेको हो ।

    कोभिड महामारी हट्दै गएपछि एनओसी लिनेको संख्या बढ्दै आएको छ । ०७९ साउनदेखि ०८० असार मसान्तसम्म १ लाख २२ हजार ५ सय १४ जनाले एनओसी लिएकामा १२ हजार २ सय ९७ जनाको रद्द गरी १ लाख १० हजार २ सय १७ ले मात्र एनओसी पाएको शिक्षा मन्त्रालयको तथ्यांक छ । उच्च शिक्षा पढ्नभन्दा पनि विभिन्न कारणबाट एनओसी लिएर विद्यार्थी विदेसिने गरेको मन्त्रालयले जनाएको छ ।

    पछिल्ला महिनामा अर्थतन्त्रको अवस्थाबारे हुने गरेका सबै छलफलमा विदेशमा अध्ययनका लागि ठूलो रकम बाहिरिने गरेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषयले प्राथमिकता पाउन थालेको छ । यसरी बाहिर पैसा जाने क्रम तत्काल नियन्त्रण नगरिए ठूलो समस्या आउने सम्भावनाबारे राष्ट्र बैंकले सरकारलाई पटकपटक जानकारी गराउँदै आएको छ । यद्यपि विदेश गएको विद्यार्थीलाई नेपाल फर्काउन र नेपालमा रहेका स्वदेशमै वस्ने वातावरण बनाउन सरकारसँग कुनै योजना छैनन ।

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer