• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

व्यवसायिक रुपमा बाख्रा यसरी पालौ


  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • नेपालका अधिकांश परिवारहरूको जीविकोपार्जनको आधार नै कृषि भएकोले कृषकहरू खेतीपातीसँगै पशुपालन पनि गर्दैआएका छन् । ग्रामीण क्षेत्रमा पारिवारिक आयआर्जनको प्रमुख स्रोतको रूपमा पशुपालनलाई मानिन्छ ।

    Advertisement

    पशुपालन व्यवसायले देशको अर्थतन्त्रमा पनि महत्वपूर्ण स्थान ओगटेको छ । नेपालको अर्थतन्त्रमा कृषिक्षेत्रको योगदान करिब ३६ प्रथितशत रहेको छ जसमध्ये पशुपालन (गाईभैंसी, भेडाबाख्रा, कुखुरा, माछा आदि)को योगदान २८ प्रतिशत रहेको छ । राष्ट्रिय अर्थतन्त्रमा पशुपालनको कुल योगदान मध्ये बाख्रापालनको योगदान करिब १२ प्रतिशत रहेको अनुमान गरिएको छ ।

    नेपालमा कुल परिवार सङ्ख्या मध्ये करिब २८ लाख कृषक परिवारले खसीबाख्रा पाल्ने गरेकाछन् । तर औसत कृषकहरूले आर्जोगर्जो टार्ने उद्देश्यले दुईचार वटामा बाख्रा पाल्ने गरेका छन् । नेपालमा एक बाख्रा पालक कृषकले सरदर ३.२ वटा खसीबाख्रा पाल्ने गरेकाछन् । यी बाख्रा पालकहरू मध्ये केवल १० प्रतिशतले मात्र दसवटाभन्दा बढी खसीबाख्रा पाल्ने गरेको अनुमान छ ।

    बाख्रापालन व्यवसाय पूर्णकालिन व्यवसाय हो, बाख्रहाहरूसँग जति धेरै समय बिताउन सक्यो, रेखदेख गर्न सक्यो उति असल । यो व्यवसाय अरूको देखासिखी गरेर लहैलहैमा गर्नुहुन्न । बाख्रापाल्न शुरु गरिसकेपछि वर्षा, जाडो, गर्मी, हुरीवतास, अल्छि लाग्यो, फुर्सद मिलेन भन्न पाइन्न । कम्तिमा पनि दिनको दुईपटक आफैले बाख्राहरूको रेखदेख गर्नुपर्छ, अरूको भरमा मात्र छाड्नु हुन्न ।

    आजकल युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल तर कतिपय व्यक्तिहरु अरूको देखेर बाख्रापालन गर्दा घर न घाटको हुनु परेको छ । त्यसैले सफल व्यावसायी बन्नको लागि बाख्रापालन गर्नु अघि थाहा पाउनु पर्ने कुरा यस्ता छन्:

    व्यवसायिक योजना निर्माण

    व्यवसाय थाल्नु पूर्व स्पष्ट व्यवसायिक योजना निर्माण गर्नु पर्दछ ।

    यसमा लगानी के कति गर्ने कहाँबाट जुटाउने भन्ने कुरामा ध्यान दिनु पर्दछ ।

    बाख्रा पालन आफ्नो क्षमता अनुसार सानो /ठुलो लगानीबाट पनि सरु गर्न सकिन्छ ।

    अरुले ठूलो लगानी गरेको देखेर र सुनेर सुरुमा हौसिएर लगानी नगर्नु नै वुद्धिमानी हन्छ ।

    अध्ययन / अनुभव

    सफल कृषक बन्नका लागि आफुले गर्न लागेको व्यावसायमा पूर्ण ज्ञान हुन आवश्यक छ ।

    यो व्यवसाय थाल्नु पूर्व आवश्यक तालिम लिनु पर्दछ । ज्ञान विनाको काममा हात हाल्दा धेरै व्यवसायी टाट पल्टिएका उदाहरण हरु हाम्रै आगाडी देखेका छौ कति साथी हरुले भोगेका पनि होलान ।

    सफल कृषक/फार्महरुको अध्ययन भ्रमण र सफल व्यवसायीहरुसँगको भेटघाट गरि ज्ञान लिनु राम्रो हुन्छ ।

    उचित ठाउँको छनौट

    कुनै पनि काम गर्नका लागि उचित स्थानको जरुरी पर्दछ ।यस व्यवसायका लागि फराकिलो, रसिलो र घँसिलो जग्गाको आवश्यकता पर्दछ ।
    त्यतिकै हौसिएर व्यवसायमा हात हाल्न हुदैन ।

    घाँसको व्यवस्थापन
    बाख्रा पालन व्यवसाय पूर्णत घाँसमा आधारित व्यवसाय हो ।

    डाले घाँस,बहुबर्षीय सिजनल घाँसको व्यवस्थापन गर्नु

    बाह्रै महिना प्रशस्त हरियो घाँसको व्यवस्था गर्न सके यो व्यवसाय असफल हुने सम्भावना नै रहँदैन ।

    आधुनिक खोरको निर्माण

    ध्यान पुर्याउन पर्ने कुरा के छ भने दिसा/पिसाव कुहिदा निस्किने ग्याँसहरू (सल्फर डाईअक्साईड, मिथेन, एमोनिया, हाईड्रोजन सल्फाईड आदि) ले साना-साना पाठापाठीको वृद्धि विकासमा फरक पार्नुको साथसाथै गर्भवती बाख्रालाई तुहाईदिन सक्छ त्यसैले बाख्रा लागि आधुनिक र वैज्ञानिक खोरको निर्माण गर्नु पर्दछ।

    धेरै लगानी गरी खोर निर्माण गर्दैमा व्यवसाय सफल हुन्छ भन्ने सोचले खोर निर्माणमा अनावश्यक धेरै लगानी गर्नु हुन्न ।

    खोरमा लगानी समग्र लगानीको १० प्रतिशत लगानी मात्र हो भन्ने सम्झनु पर्दछ ।

    उचित जातका बाख्राको छनौट

    पाठा-पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउनु पर्छ

    कम्तिमा ६ पुस्ता सम्म हाडनाता नपरेको

    उस्तै-उस्तै हावापानीमा हुर्केको (पानी नलाग्ने ठाँउको हुनुपर्ने)

    धेरै उत्पादन दिने जातको (ठाँउ अनुसार फरक फरक हुन्छ)

    सके सम्म धेरै दुध आउने माउ बाट जन्मेको

    सकेसम्म जुम्ल्याह जन्माउने माउ बाट जन्मेको वा जुम्ल्याह जन्माउने जातको वोका लागेको

    रोगब्याधि नलागेको, सकेसम्म खोप लगाएको, नियमित जुकाको र नाम्लेको औषधि खुवाएको

    हावापानी अनुसार उचित जातका बाख्राको छनौट गर्नु पर्दछ यसको लागी पशु बिज्ञ संग सरसल्लाह लिनु पर्दछ ।

    यस्ता कुराहरुलाई ध्यान दिदै व्यवसाय अगाडी बढाउन सके सफल कृषक व्यावसायी बन्न कसैले छेक्न सक्दैन ।

    विदेशी जातका बाख्राहरू बारे जानिराखौ :

    विदेशी मूलका बाख्राहरू मासु तथा दूध उत्पादनका लागि निकै प्रशिद्ध छन् । नेपाली हावापानीमा फस्टाउन सक्ने विदेशी मूलका जमुनापारी, बारबेरी, बोर, आदि जातका बाख्राहरू लोकप्रिय हुदै गएका छन् । विदेशी मूलका केही बाख्राहरू नेपाली जातका बाख्राहरूको नश्ल सुधारका लागि पनि प्रयोगमा ल्याइएका छन् । विदेशी जातका केही मुख्य मुख्य बाख्राहरू निम्न हुन्ः

    *जमुनापारी:
    यो भारतीय मूलको सबैभन्दा ठूलो, अग्लो जीउडालको लोकप्रिय जातको बाख्रा हो । यस जातको बाख्रा मासु र दूध उत्पादनको लागि उपयुक्त मानिन्छ । लामो लामो तुरलुङ्ग झुन्डिएको कान, लामो अग्लो गोडा, सुगाको जस्तो नाक, देख्नमा भव्य, पछाडिको फिलामा लामो लामो रौं यस जातको विशेषता हो । वयस्क बोका ५०–६० किलोे वजन गरेको हुन्छ । बाख्रा ४०–५० किलोको हुन्छ । उन्नत तरिकाले पालेमा जमनापारीको खसी ९० किलोसम्मको हुन्छ । यस जातको बाख्रीले वर्षमा एकपटक र एउटै मात्र बच्चा जन्माउँछ । बाख्रीले एक दिनमा २.५ लिटर दूध दिन्छ । छ महिनामा पाठाको तौल करिब १५ किलोको हुन्छ । ठूलो जीउडाल, बढी दूध, छिटो हुर्कने तथा जङ्गली घाँसपातमा पनि राम्ररी जीवन निर्र्वाह गर्न सक्ने भएको हुँदा नेपालमा यस जातको बाख्रा निकै लोकप्रिय भएको छ । नेपालमा यस जातका बाख्राहरूलाई १०००–१२०० मिटरसम्मको उँचाइमा पाल्न सकिन्छ । यस जातको बाख्रा कृषि अनुसन्धान केन्द्र, बन्दिपुर तथा धनगढी बाख्रा फार्ममा पालिएका छन् । स्थानीय जातका बाख्राहरूको नश्ल सुधारका लागि सरकारी स्तरमा यस जातका बोकाहरूको प्रयोग गरिन्छ ।

    * बारबरीः
    सानो गठीलो जीउ गरेको, रातोमा सेतो टाटापाटा परेको यो अफ्रिकी मूलको बाख्रा हो, झलक्क हेर्दा मृग जस्तो देखिन्छ । घरमा बाँधेर पाल्न यस जातको बाख्रा निक्कै उपयुक्त हुन्छ । यो मासु तथा दूध उत्पादनका लागि उपयुक्त मानिन्छ । वयस्क बोकाको तौल ३७–४० किलो र बाख्रीको तौल २२–२५ किलो हुन्छ । एक बेतमा २–३ वटा बच्चा ब्याउँछन् । यिनीहरूले एक बेतमा २२५ लिटर दूध दिन्छन् । वर्षमा दुई पटक ब्याउँछन् । दूध बढी दिने, सानो चिटिक्कको जीउ, धेरै बच्चा ब्याउन र हुर्काउन सक्ने तथा स्वादिलो मासु हुने भएकोले नेपालको तराई क्षेत्रमा यस जातको बाखा निकै लोकप्रिय रहेको छ । नेपालमा सर्वप्रथम सन् १९६६ मा इजरायलबाट यस जातका बाख्राहरू झिकाइको थियो । यस जातको बाख्रा धनगढी स्थित बाख्रा विकास फार्म, बुढीतोलामा पालिएको छ । सरकारी स्तरमा पनि स्थानीय जातका बाख्राहरूको नश्ल सुधारका लागि यस जातका बोकाहरू वितरण गरिएका छन् ।

    * बोअर बाख्रा:

    यो अफ्रिकी मूलको मासु उत्पादनका लागि विश्व प्रशिद्ध जातको बाख्रा हो । उन्नत तरिकाले पालनपोषण गर्दा बोअर बाख्राको शारीरिक वृद्धिदर सबै बाख्राहरू भन्दा बढी दैनिक २०० ग्राम सम्म पाइएको छ । यिनीहरूको रङ्ग प्रायः सेतो र टाउको केही रातो हुन्छ । वयस्क भाले ९०–१३० किलो र पोथी ८०–१०० किलोसम्मकी हुन्छ । यसको बोका ६ महिनामा र पाठी १० महिनाको उमेरमा गर्भाधारण गर्न योग्य हुन्छन् । साला खाला बाखीले एक पटकमा दुई पाठापाठी ब्याउँछ र दुई वर्षको अवधिमा तीन पटक ब्याउँछ । जन्मदा नै यसका पाठापाठीहरू ३–४ किलाका हुन्छन् । पाठापाठीहरू तीन महिनाको उमेरमा २५ – ३० किलोका हुन्छन । बोअर बाख्रालाई तराई तथा मध्य पहाडीक्षेत्रमा सफलतापूर्वक पाल्न सकिन्छ । यो बाख्रा नेपाल कृषि अनुसन्धान परिषद्ले २०६५ साल देखि परीक्षण शुरु गरेको छ । नीजि स्तरमा केही बाखा फार्मे बाग्मती बाख्रा फार्म तथा अन्यले पनि बोअर बाख्रा पाल्ने गरेका छन् ।

    *सानन्ः

    बाख्रा दूध उत्पादनको निमित्त यो विश्वविख्यात जातको बाख्रा हो । यस जातको बाख्राको उत्पत्ति स्वीटजरल्यान्डमा भएको हो । यिनीहरूको रङ सेतो वा नौनी जस्तो हुन्छ । कान ठाडो तथा चनाखो देखिन्छ । सिङ्ग प्रायः उम्रन्न । बोका तथा बाख्री दुवैमा चुस्स दाह्री उम्रेको हुन्छ । वयस्क बाख्रीको तौल ७५ किलो र बोका ९० किलोको हुन्छ । पहिलोपटक ११–१२ महिनाको उमेरमा ब्याउँछ । ब्याएपछि ८–१० महिनासम्म दूध दिइरहन्छ । यिनीहरूले एक दिनमा दुई देखि पाँच लिटरसम्म दूध दिन्छन् । दुधमा करिब ४ प्रतिशत प्mयाट पाइन्छ । यस जातको बाख्राको दूध उत्पादन क्षमता बढी भएकोले यो बाख्रालाई बाख्रा जगतकी दूधकी रानी “मिल्क क्विन अफ गोट वर्ड” पनि भनिन्छ । सर्वप्रथम यस जातको बाख्रा २०२३ साल (सन् १९६६) मा इजराइलबाट नेपालमा झिकाइ स्थानीय जातको बाख्राको दूध उत्पादन क्षमता बढाउन प्रयोगमा ल्याइएथ्यो । नेपालमा १५००–२५०० मिटरसम्मको उँचाइका क्षेत्रमा पालन गर्न यस जातको बाख्रा उपयुक्त देखिएका छन् । यस जातको बाख्रा हाल चितलाङ तथा पाँचसयखोला फार्ममा पालिएका छन् ।

    *अँगोरा: यस जातको बाख्रा विशेषगरी मोहेयर को लागि पालिन्छ । मोहेयर, रेशम जस्तो नरम रौँ हो । यस्तो रौँ अङगोरा बाख्राको शरीरमा जाडो मौसममा उम्रने तथा गरममा झर्ने गर्छ । मोहेयरबाट उच्चकोटीको गरम कपडाहरू बनाइन्छ । अङगोरा बाख्राको मूल थलो हिमालय क्षेत्र भएतापनि यसको उत्पत्ति टर्कि तथा एसिया माइनर भएको अनुमान गरिन्छ । वयस्क बोकाको तौल ६०–८० किलो र बाख्री ४०–५० किलो वजनका हुन्छन् । एउटा बाख्राबाट सालाखाला प्रतिवर्ष ३ किलो मोहेयर उत्पादन हुन्छ ।

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer