काठमाडौं । विकास मार्फत आफुलाई फरक परिचय दिलाउदै आएका सुदुरका विकासप्रेमी मेयर हमालको पछिल्लो समय चर्चा दिनदिनै चुलिदै छ । “मेयर हमाल कहिले सडक चौडा गर्न कस्सिएका छन त, कहिले साईकल लेनमा लागीपरेका छन, मोटरसाईकललाई दमकल वनाउन पछि नपर्ने हमाल, आफै सब वाहन दान गर्न पनि पछि हट्दैनन्, यस्तो मेयर पाउनु त हामी धनगढी वासिको सौभाग्य हो”, धनगढी सन्तोषी टोलका स्थानिय कमल बहादुर खत्री बताउछन् ।
उनै मेयर हमाल आफ्नो क्षेत्रमा पर्ने विद्यालयहरुलाई कसरी उत्कृष्ट वनाउन सकिन्छ भनेर लागी परेका छन । यसै सिलसिलामा उनले आजै सामुदायिक विद्यालयहरुको गुणस्तर र प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन काठमाडौं विश्वविद्यालयसंग एक सम्झौता गरेका छन । सोहि कुरा उनले सामाजिक संजाल फेसबुक मार्फत सेयर गरेका छन् ।
मेयर हमाल फेसबुकमा लेख्छन्:
“धनगढी उप-महानगरपालिका र काठमाडौ विश्वविद्यालय बीच धनगढी उप-महानगरपालिकाले नमूना विद्यालय बनाउन यस बर्ष घोषणा गरिएका ५ सामुदायिक विद्यालयहरू र अगामी बर्ष नमूना बनाउने सामुदायिक विद्यालयहरूलाई गुणस्तरीय तथा प्राविधिक शिक्षालाई प्रभावकारी कार्यान्वयन गर्न २०८५ पुस २३ गते सम्मका लागि ५ बर्ष लागू हुने गरि आज २०८० पुस २४ गतेका दिन काठमाण्डौ विश्व विद्यालयका उप-कुलपति प्रा. डा. भोला थापाज्यू, आर्ट संकायका डिन श्री प्रा.डा.एकु पुनज्यूको उपस्थितिमा काठमाण्डौ बिश्व विद्यालयको तर्फबाट स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बाल चन्द लुईटेलज्यू र धनगढी उप-महानगरपालिकाको तर्फबाट मैले (नगर प्रमुख गोपाल हमाल) सम्झौता गरि हस्ताक्षर गरिएको बिषय सम्पूर्ण नगरवासीमा जानकारी गर्दछु ।”





