• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नगद कम भएपछि दूध बेच्ने किसानलाई नौनी दिँइदै


  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित
  • चितवन । दूध बिक्री गर्ने किसानलाई नगद भुक्तान गर्नुपर्नेमा चितवनका केही दुग्ध सहकारीले नौनी र घिउ दिन लागेका छन् । दूध लैजाने डेरी उद्योगहरूले भुक्तानी दिन छाडेपछि यसो गर्नुपर्ने बाध्यता आएको सहकारीका पदाधिकारीहरूले बताए ।

    Advertisement

    चितवनमा सहकारीको दूध लगेका डेरी उद्योगीहरूले २२ करोड रुपैयाँभन्दा बढी रकम भुक्तान नगरेको उनीहरूले सुनाए ।

    भरतपुर–१६ को गौरब दुग्ध उत्पादक सहकारी संस्थामा दैनिक २ हजार ५ सय लिटर दूध संकलन हुन्छ । त्यसमध्ये आधा जति मात्रै दूध बिक्री हुने गरेको संस्थाका अध्यक्ष प्रेमसागर कँडेलले बताए । बिक्री नभएको दूधको नौनी, घिउ र पाउडर बनाएर राख्ने गरेको उनको भनाइ छ । बिक्री भएको दूधको पनि नियमित भुक्तानी छैन । गएको कात्तिक/मंसिरयता भुक्तानी अनियमित हुन थालेको उनले बताए ।

    यो सहकारीमा संकलन भएको दूध नारायणगढका ठूला मिठाइ पसलदेखि काठमाडौंका डेरी उद्योगसम्मले किनेर लैजाने गरेका छन् । ‘एक त दूध नै कम उठाउन थाले । लगे पनि पैसा भुक्तानी गर्न गाह्रो मान्न थालेका छन् । ८/१० लाख रुपैयाँको दूध लानेले भुक्तानी दिइहाले पनि दुई/तीन लाख रुपैयाँ दिन्छन्,’ अध्यक्ष कँडेलले भने । त्यसैले किसानलाई संस्थाले नौनी र घिउ दिन सुरु गरेको उनले बताए । ‘नबिकेर हामीसँग पनि थुप्रै दूध रहन्छ । त्योमध्ये पाउडर बनाएको पछि पनि बिक्री होला भनेर स्टकमा राखेका छौं । अहिलेलाई पैसाको सट्टा नौनी भुक्तान गर्न लाग्यौं,’ अध्यक्ष कँडेलले भने ।

    किसानका लागि प्रतिकिलो आठ सय रुपैयाँ मूल्य राखेर नौनी बिक्री हुने गरेको छ । सहकारीले १५/१५ दिनमा किसानलाई रकम भुक्तानी दिन्छ । भुक्तानी लिन आउँदा अहिले १४ दिनको नगद र एक दिनको पैसा नभएर त्यो बराबरको नौनी दिने गरिएको उनले बताए । अब दुई दिनको पैसा बराबर नौनी दिने अवस्था आएको उनले बताए ।

    चितवन दुग्ध उत्पादक सहकारी संघले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर भदौदेखि नै भुक्तानी अनियमित भइरहेको जानकारी दिएको छ । दुग्ध विकास संस्थान (डिडिसी) र अन्य निजी डेरी उद्योगी गरेर चितवनबाट लगभग ३० वटाले दैनिक १ लाख ५१ हजार लिटर दूध किन्ने गरेको दुग्ध उत्पादक सहकारी संघका चितवन अध्यक्ष किशोर बगालेले जानकारी दिए । ‘किसानलाई दिनुपर्ने रकम डेरी उद्योगहरूले बाँकी राखेका छन् । १५/१५ दिनमा भुक्तानी दिने परिपाटी हो । यहाँ केहीले भदौदेखि नै भुक्तानी रोकेका छन् । किसानले पाउनुपर्ने २२ करोड रुपैयाँभन्दा बढी रकम पाएको छैन,’ अध्यक्ष बगालेले भने ।

    बगालेले दूध बिक्रीबापत १५ दिनमा डेढ लाख रुपैयाँ हाराहारीमा भुक्तानी पाउँथे । अहिले उनले ४५ दिनदेखि भुक्तानी पाएका छैनन् । ‘मैले १५ दिनमा ६० हजार रुपैयाँ त कामदारलाई नै बुझाउनु पर्छ । दाना, चोकर र अन्य खर्च उत्तिकै छ । रकम रोकिँदा किसानलाई पर्ने असर ठूलो हुन्छ । साना किसान त झनै मर्कामा छन्,’ बगालेले भने । चितवनमा साँझ र बिहान संकलन भएको दूध बिहान १०/११ बजेतिर निजी डेरीका ट्यांकरले लिएर जान्छन् । अहिले ट्यांकरहरू नियमित आउन छाडेको उनले बताए । भुक्तानी हुन बाँकी रहेको पैसा माग्ने हो भने दूध उठाउनै नआउने भएका कारण उधारोमा कारोबार गर्नुपर्ने बाध्यता रहेको बगालेको भनाइ छ । दूधको खपत घटेका कारण बिक्री नभएको बाहाना बनाएर डेरी उद्योगीले भुक्तानी रोक्न थालेको उनले बताए । ‘मिल्क होली डे’ नै घोषणा नगरे पनि व्यवहार त्यस्तै त्यस्तै गर्न थालेको र संकलन भएको दूध पठाउन अचेल साह्रै गाह्रो हुने गरेको बगालेले बताए ।

    किसानद्वारा आन्दोलनको घोषणा

    दूध बिक्री हुन गाह्रो हुँदै गएको र बिक्री भएको दूधको भुक्तानी नपाएको विषयमा संघीय र प्रदेश सरकारका कृषि मन्त्रीलाई पटक–पटक कुरा राखे पनि सुनुवाइ नभएको भन्दै चितवनका किसानले आन्दोलनको घोषणा गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलनमा जाने निर्णय गरेको दुग्ध उत्पादक सहकारी संघका चितवनका अध्यक्ष किशोर बगालेले बताए ।

    भारतीय सस्तो उत्पादन खुलमखुला नेपाल भित्रिएको र रात्रिबसमा थैलामा राखेर नौनी घिउ आएको आफूहरूले पत्ता लगाएको उनले दाबी गरे । ‘यस्ता कुरा सरकारले खै रोकेको ?’ उनले भने, ‘देशमा दूध र अन्य दुग्ध पदार्थ कति चाहिने हो, कति उत्पादन भएको छ, पुगअपुग या बढी पो छ कि सरकारले हेरेर ठोस निर्णय लिनुपर्ने हैन ?’ दूधमा प्रदेश सरकारले दिने अनुदान कटौती गर्दै लगेको, बिमा र सहुलियत ऋण नपाएको पनि उनले बताए ।

    संघले पुस २९ गते भरतपुरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी, माघ १ गते चितवनको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रमा तालाबन्दी गर्ने र माघ २ गते संघीय र प्रदेश कृषि मन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम तय भएको संघका सचिव कल्याण अधिकारीले बताए । ‘त्यसपछि पनि सुनुवाइ नभए माघ ३ गते थप आन्दोलनका कार्यक्रम घोषणा गर्नेछौं,’ उनले भने ।

    चितवनका दुग्ध किसानको अवस्था र आन्दोलनबारे जानकारी दिन बुधबार भरतपुरमा जिल्ला दुग्ध उत्पादक सहकारी संघले आयोजना गरेको पत्रकार सम्मेलन ।(कान्तिपुर)

    बिहिबार, पुष २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer