• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जिल्ला परिचय: लमजुङ


  •   शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
  • नेपालाई विश्वमा चिनाउने वरिष्ठ भूगोलविद डा. हर्क गुरुङ (तरांचेको ठूला)को जन्म भएको जिल्ला लमजुङ गण्डकी प्रदेशमा पर्दछ । यो जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार पहाडी जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल १,६९२ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट ३८५ मिटर  देखि ८,१६२ मिटर उचाईबीच रहेको छ । यस जिल्लाको सदरमुकाम बेंशीसहर नगरपालिकामा पर्ने बेंशीसहर बजार (८०० मि.) हो । भौगोलिक रुपमा यो जिल्ला  २८°३’ देखि २८°३७’ उत्तरी अक्षांस र ८४°११’ देखि ८४°३८’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा, ४ वटा नगरपालिका, ४ वटा गाउँपालिका गरी जम्मा ८ वटा स्थानीय तह रहेका छन् । यस जिल्लाको पूर्वमा गोरखा  जिल्ला, पश्चिममा कास्की, जिल्ला, उत्तरमा मनाङ जिल्ला  तथा दक्षिणमा तनहु जिल्ला  संग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १,५५,८५२ जना रहेको छ भने जनघनत्व ९२ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९०.५९ % रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर -०.७०% रहेको छ भने कूल जनसंख्याको ३.७% जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७७.५% रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा गुरुङ. क्षेत्री, ब्राह्मण, विश्वकर्मा, तामाङ, मिजार, परियार, नेवार, मगर, घर्ती तथा भुजेल आदि  रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, गुरुङ, तामाङ, नेवारी, घले, मगर, दुरा, भोजपुरी, ह्योल्मो आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, घलेगाउँ, घनपोखरा, पुरानकोट, रागिनासकोट, तुर्लुङकोट  आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन तथा पदयात्रा आदि रहेका छन् । यस जिल्लाको जलस्रोतका रुपमा नेपालकै सबैभन्दा जिल्लाको बीच भागबाट बगेको मर्स्याङ्दी नदीलगाएत अन्य साना ठूला नदी तथा खोलाहरु रहेका छन् ।

    यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा सैन्य सेवा, व्यवस्थापकीय कार्य, शिक्षण, प्राविधिक कार्य, निजामती सेवा, कृषि, पशुपालन, व्यापार, पर्यटन आदि  रहेको छ। धान, गहु, मकै तोरी, कोदो जस्ता खाद्यवाली तथा व्यावसायिक तरकारी खेती नगदेवालीको रुपमा गरिन्छ । यो जिल्ला भीरमौरीको महका लागि पनि प्रशिद्ध रहेको छ । बेंशीसहर, खुदी, जगात, सुन्दरबजार, राइनास, घलेगाउँ, मेमेपोखरी आदि यस जिल्लाका प्रमुख व्यापारिक महत्व बोकेका स्थानहरु हुन् । यस जिल्लाले १३३.४४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा योगदान दिएको छ । साथै लमजुङ जिल्लामा नीरमसी, पाखनवेद, पाँचऔंले, चिर्राईतो, जटामसी, गुर्जो, सर्पगन्धा, यार्चागुम्वा, कुट्की, सुगन्धवाल आदि वहुउपयोगी र वहुमूल्य जडीवुटीहरू पाइन्छन्।

    उचाई गत विविधता सँगै यस जिल्लामा जलवायुमा पनि विविधता पाउन सकिन्छ । जलवायुका हिसावले यस  जिल्ला नेपालमा पाइने सबै प्रकारका, उपोष्ण मनसुनी जलवायु न्यानो समशीतोष्ण जलवायु, ठण्डा समशीतोष्ण जलवायु, लेकाली जलवायु तथा हिमाली पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम शून्य डिग्री सेल्सियस भन्दा तल सम्म झर्ने गर्दछ । यस जिल्लाका वनस्पतिमा उपोष्ण सदावहार वनस्पति, पतझड वनस्पति, कोणधारी वनस्पति, लेकाली वनस्पति तथा हिमाली वनस्पति  पाइन्छन ।

    जिल्ला परिचय अन्तरगत यो सैंतीसौं शृंखला हो ।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer