• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सुधार भए मौद्रिक परिसूचक , देखिएन अर्थ मन्त्रालयको हस्तक्षेप


  •   शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
  • काठमाडौं । अर्थतन्त्रका अधिकांश परिसूचक बलिया बनिसक्दा पनि सरकारी वित्त र आन्तरिक मागमा भने सिथिलता कायमै छ ।

    Advertisement

    खासगरी मौद्रिक नीतिमा गरिएको सुधारले मूल्य, ब्याजदर र शोधनान्तर स्थिरताका क्षेत्रमा भने उत्साहजनक उपलब्धि हासिल भएको भएको नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकले देखाएको छ । तर, सरकारको बजेट खर्च तथा राजस्व संकलनमा भने अझै पनि ठूलो खाडल बाँकी नै छ । त्यस्तै, आन्तरिक माग वृद्धि हुन नसक्दा अर्थतन्त्र अझै सिथिल बनेको देखिन्छ ।

    केही महिना अगाडिसम्म मौद्रिक नीति लचिलो बन्दा अर्थतन्त्रका समस्या तत्काल समाधान हुने भाष्य निजी क्षेत्र मात्रै नभएर सरकारले नै बनाएको थियो । सोहीअनुसार मंसिरमा ल्याएको मौद्रिक नीति समिक्षाबाट राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो पनि बनायो ।

    मौद्रिक नीति लचिलो बनाउन अर्थतन्त्र र प्रधानमन्त्रीले ठूलै कसरत गरेका थिए । अहिले मौद्रिक लचिलो बन्दा ब्याजदर घटेर बैंकहरूले एकल अंकमा कर्जा प्रस्ताव गर्ने अवस्था बनेको छ । मूल्यवृद्धि पनि घट्दो क्रममा नै देखिन्छ । अर्थतन्त्रका समग्र तथ्यांक सकारात्मक हुँदा पनि लगानी बढेको भने देखिँदैन । कर्जाको माग बढ्न सकेको छैन ।

    पुँजीगत खर्च बढाएर सरकारले नै निर्माण सामग्रीको माग बढाउन सकेको पनि छैन । सबै तथ्यांक सकारात्मक हुँदा अर्थतन्त्रलाई ड्राइभ गर्नुपर्ने वित्त नीतिमार्फत सरकारले बजारमा सकारात्मक म्यासेज दिन नसक्दा आन्तरिक अर्थतन्त्रमा भने चरम निराशा देखिन्छ ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको सम्पत्तिको गुणस्तरमा केही कमी आएर निष्कृय कर्जामा वृद्धि भए पनि वित्तीय स्थायित्वमा पनि खासै समस्या देखिदैन । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा बाह्य क्षेत्रको साथै मूल्य स्थायित्वमा र वित्तीय स्थायित्वमा पनि दवाब देखिँदैन ।

    यद्यपि, आन्तरिक अर्थतन्त्रमा भने चरम नैराश्य छ । गत साता नेपाल उद्योग परिसंघले उद्योगीहरूबाट संकलन गरेको तथ्यांकमा आधारित एक अध्ययन सार्वजनिक गरेको थियो । जसमा माग घटेको, कच्चा पदार्थको मूल्य बढेको र उद्यमीहरूले थप लगानीको योजना रद्द वा पछाडि सारिरहेको भन्दै निरासाजनक तथ्यांक सार्वजनिक गरेको थियो ।

    तर, कतिपय आन्तरिक कच्चा पदार्थमा आधारित उद्योगहरूको उत्पादन राम्रो हुँदै गएको र त्यस्ता वस्तुको निर्यातमा सुधार भएको तथ्यांक आएकाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको राष्ट्रबैंकका अधिकारीहरू बताउँछन् ।

    शोधनान्तर बचत उल्लेख्य रुपमा बढेको, विदेशी विनिमय सञ्चिति ऐतिहासिक बिन्दुमा पुगेको र मुद्रास्फीति नियन्त्रण हुँदाको प्रभाव ब्याजदरमा देखिएको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् । आर्थिक सुचकहरूमा देखिएको सुधारको प्रभाव आन्तरिक अर्थतन्त्रमा पनि देखिन लागेको उनले बताए ।

    ‘आन्तरिक अर्थतन्त्र सुधार हुन बाँकी छ । अर्थतन्त्र सुधारको लागि आर्थिक कारण सहज हुँदै गएका छन् । गैरआर्थिक कारणहरू सहज हुँदै जानुपर्ने देखिन्छ,’ श्रेष्ठ भन्छन्, ‘आन्तरिक माग बढाउन पँुजीगत खर्च बढाउनुपर्छ । विद्युत्को विवाद, करको विवादजस्ता कारणले पनि आर्थिक गतिविधिमा प्रभाव परेको हुनसक्छ,’

    आम नागरिक र लगानीकर्तामा आत्मविश्वासमा कमी देखिएको र त्यसमा सुधार हुन नसकेको श्रेष्ठ बताउँछन् । यो पक्षमा सुधार गर्ने जिम्मा वित्त नीतिले लिनुपर्ने श्रेष्ठको भनाइ छ । अर्थतन्त्रमा कोभिडको समयको प्रभाव अझै बाँकी रहेको उनले बताए । ‘कोभिडको समयमा विस्तार भएको कर्जाको भुक्तानीको समस्या बाँकी छ । घरजग्गा र सेयर बजारमा फसेकको लगानीले गर्दा निजी क्षेत्रले पनि नयाँ परियोजना ल्याउन सकेको जस्तो देखिँदैन,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘ठूलो संख्यामा नागरिक विदेसिँदा आन्तरिक मागमा कमी आएको र ठुला परियोजनामा र उत्पादनमा लगानी बढ्न नसकेको हुनसक्छ ।’

    आर्थिक वर्ष २०७८-७९ मा शोधनान्तर घाटा उच्च भएर विदेशी विनियम सञ्चितिमा उच्च गिरावट भएपछि नेपाल सरकार र राष्ट्र बैंक आयात नियन्त्रणका विभिन्न औजारहरू चलाएका थिए । सरकारले २०७९ वैशाखदेखि पुससम्म विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगायो भने राष्ट्र बैंकले १ वर्षसम्म विभिन्न बस्तुको आयातको लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था नै गरेको थियो ।

    तर, चालु आर्थिक वर्षको अवस्था भने फरक देखिन्छ । आयातमा संकुचन भएको छ । रेमिट्यान्स ५ महिनामै ६ खर्ब १३ अर्ब पुग्दा सोही अवधिको व्यापार घाटा ३.१ प्रतिशतले कमी आई ५ खर्ब ३९ अर्बमा झरेको छ । ५ महिनामा शोधनान्तर बचत २ खर्ब १० अर्ब पुग्दा चालु खाता बचत १ खर्ब ४० अर्ब पुगेको राष्ट्र बैकले जनाएको छ ।

    यस्तै, चालु आवको पहिलो ५ महिनामै विदेशी विाियम सञ्चिति १४.८ प्रतिशतले वृद्धि भएर १७ खर्ब ६७ अर्बको ऐतिहासिक उचाइमा पुगेको छ । सञ्चितिले १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

    पछिल्लो २ वर्ष यता उच्च मुल्यवृद्धिको दबाब रहेकोमा मंसिरमा २५ माहिनापछि मुद्रास्फीति ५ प्रतिशतको बिन्दुबाट तल झरेको छ ।

    यस्तै, १३ प्रतिशत नाघेको कर्जाको भारित औसत ब्याजदर १२ प्रतिशतभन्दा तल झरेको छ । बैंक तथा वित्तीय संस्थाले राम्रो परियोजना र न्यून जोखिम भएमा एकल अंकको ब्याजदरमा स्थिर कर्जा नै प्रवाह गर्ने अफर गरिरहेका छन् । यस्तोमा न निजी क्षेत्रले नयाँ परियोजा अगाडि बढाउन हिम्मत गरेको छैन । शिथिल बनेको आन्तरिक अर्थतन्त्र चलायमान बनाउन सरकारले खर्च बढाउने दिशामा पनि उल्लेख्य काम गर्न सकेको छैन ।

    आर्थिक गतिविधि बढाउन सरकारले विदेशी ऋण परिचालन गरेर भए पनि खर्च बढाउनुपर्ने श्रेष्ठ बताउँछन् ।

    तीनै तहको सरकारको सञ्चित कोषमा असारमा ७१ अर्ब मात्रै रहेकोमा अहिले करिब २०० अर्ब बचत रहेको उनले बताए । ‘यसले सरकारको खर्च गर्न सकेन भन्ने देखाउँछ,’ उनले भने ।

    सरकारले आन्तरीक ऋण उठाएर चालु आर्थिक वर्षको ५ महिनामै सरकारी संचित कोषमा करिब १ खर्ब ५० अर्ब करिब थुपारेकाले त्यसलाई खर्च गरेर माग बढाउनुपर्ने उनले बताए ।

    राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेका अर्थशास्त्री नरबहादुर थापा पनि आर्थिक तथ्यांक सकारात्मक भए पनि अर्थतन्त्रलाई ड्राइभ गर्ने परियोजना सरकार र निजी क्षेत्रले ल्याउन नसकेको बताए । ‘निजी क्षेत्र पनि शून्यमा रहेछ । स्रोत नभएर वा लागत बढी भएर रोकिएको कुनै परियोजन नै निजी क्षेत्रसँग रहेनछ,’ उनले भने, ‘सरकारले पनि निर्माणको चरणमा रहेको परियोजना अगाडि बढाउने र निजी क्षेत्रले पनि स्रोत सहज र ब्याजदर घट्दा अगाडि बढाउने परियोजना ल्याउन नसक्दा आन्तरिक अर्थतन्त्रमा समस्या देखिन्छ ।’

    निजी क्षेत्रमा प्रवाह हुने कर्जाको माग पनि नहुने र सरकारको सञ्चित कोषमा रकम थुप्रिरहने अवस्थाले आन्तरिक अर्थतन्त्रमा मन्दी रहेको संकेत गर्ने उनी बताउँछन् । ‘निजी क्षेत्र पनि व्यापार मात्रै केन्द्रित भयो । लगानीका वातावरण बन्यो भने परियोजना अगाडि बढाउँछु भनेर निजी क्षेत्रको तयारी देखिएन,’ उनले भने ।

    पूर्व अर्थसचिव रामेश्वर खनाल तथ्यांकले अर्थतन्त्र कतै पनि संकटमा रहेको नदेखाउने बताउँछन् । ‘केही व्यापारीको व्यापारमा गडबडी भएको होला । हिजो ऋण लिएर सेयर बजार लगानी गरियो । बजार बढाएर ३२ सय पुर्‍याइयो,’ उनले भने, ‘ऋण लिएर घरजग्गामा लगानी गरियो । आज मूल्य घट्यो । उनीहरू सस्तोमा बेच्न तयार छैनन् । त्यसकारण ऋणको पुनर्तालिकीकरण गरेर हुन्छ कि के गरेर हुन्छ, आफ्नो फाइदाका लागि उनीहरू बोलिरहेको देखिन्छ,’ उनले भने । उनीहरूको बहकाउमा राजनीतिक नेतृत्व लाग्दा अर्थतन्त्र संकटमा छ भन्ने कुरा सुनिएको उनको दाबी छ ।

    तथ्यांकले उपभोग घटेको नदेखिने उनले बताए । ‘धानको उत्पादन बढेको छ । पर्यटक आगमन बढेको छ । पोखराजस्ता गन्तव्यमा होटेलका कोठा नै नपाउने अवस्था छ,’ उनले अनलाइनखबरसँग भने, ‘हिजो डिजेलबाट चलिरहेका उद्योगहरू आज बिजुलीबाट चल्न थालेका छन् । तराई भेगमा डिजेल रिक्साहरू विस्थापित भएर विजुलीबाट चलिरहेका छन् । यसले डिजेलको आयातमा ठूलो गिरावट आएको छ । जुन हाम्रो लागि सकारात्मक विषय हो ।’

    यसबीचमा निर्माण व्यवसाय केही सुस्ताएको सत्य भएको उनले बताए । सहकारी र लघुवित्तमा समस्या आउँदा साना तथा मझौला उद्यमी समस्यामा परेको विषयलाई बिर्सन नमिल्ने उनले बताए । तर, ठूलो उद्यमीलाई समस्यामा पर्ने गरी अहिले बजार सुस्ताएको तथ्यांकबाट पुष्टि नहुने उनको तर्क छ । ‘अहिले केही स्वदेशी उद्योगले राम्रो उत्पादन र व्यापार गरिरहेको आंकडा आएको छ ,’ पुर्व अर्थसचिव खनाल भन्छन्, ‘यसले आयातमा आधारित व्यापार प्रभावित भएको हुन सक्छ । यसरी समग्रमा विश्लेषण गर्दा अर्थतन्त्र समस्यामा जानु पर्ने कारण देखिन्न ।’

     

    शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer