• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बोतलको पानी हुन्छ निक्कै हानिकारक, प्लास्टिकका कणै-कण


  •   शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
  • काठमाडौं । बजारमा पाइने बोतलको पानी जति खराब मानिन्छ, त्योभन्दा सयौं गुणा खराब हुने गरेको तथ्य वैज्ञानिक खोजबाट पत्ता लागेको छ। वैज्ञानिकहरुले गरेको एक अध्ययनअनुसार प्लास्टिकको बोतलमा प्याक गरिएको पानीमा प्लास्टिकका स–साना लाखौं कणहरु पाइन्छन्।

    Advertisement

    ‘प्रोसिडिङ्ग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज’मा प्रकाशित यो खोजका लागि वैज्ञानिकहरुले नयाँ प्रविधिको प्रयोग गरेका बताइएको छ। हालै मात्र पत्ता लागेको यो प्रविधिको माध्यमबाट वैज्ञानिकहरुले प्लास्टिकको बोतलमा आउने पानीमा हुने प्लास्टिकका कणहरुको गणना गरे। गणनाका क्रममा १ लिटर पानीमा औसतमा २ लाख ४० हजार प्लास्टिकका कण भेटियो।

    वैज्ञानिकहरुले अलग–अलग कम्पनीको पानी जाँच गरेका थिए। अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले प्लास्टिकको बोतलमा प्याक गरिने पानीमा पहिलेको अनुमानभन्दा धेरै गुणा बढी प्लास्टिकको कण पाइएको बताएका छन्, जुन चिन्ताको विषय भएको उनीहरुले उल्लेख गरेका छन्।

    कोलम्बिया विश्वविद्यालयमा जिओक्यामेस्ट्रीका एसोसिएट प्रोफेसर बाइजान यानले भने, ‘यदि मानिसहरु बोतलबन्द पानीमा नानोप्लास्टिक हुने विषयलाई लिएर चिन्तित छन् भने उनीहरुले नल (धारा)को पानीलाई विकल्प सोच्नु पूर्ण रुपमा जायज हो। तर हामी बोतलबन्द पानी पिउनै हुँदैन भनेर भन्न सक्ने अवस्थामा छैनौँ। किनकि डिहाइड्रेशन (निर्जलीकरण)को खतरा नानोप्लास्टिकको सम्भावित खतराभन्दा कयौं गुणा ठूलो हो।’

    हालैका वर्षहरुमा खाद्य पदार्थमा माइक्रोप्लास्टिकको उपलब्धतालाई लिएर संसारभर नै चिन्ता बढेको छ। प्लास्टिकका यी कण नदी तथा महासागरदेखि उच्च पहाडमा जम्ने हिउँ (बरफ)मा पनि पाइएका छन्। यस्तै प्रकारले माइक्रोप्लास्टिक पिउने पानी र खानामा पुगिरहेको छ।

    ५ मिलिमिटरभन्दा पनि सानो टुक्रालाई माइक्रोप्लास्टिक भनिन्छ। यस्तै एक माइक्रोमिटर (१ मिटर प्लास्टिकको अर्बौं टुक्रा)लाई नानोप्लास्टिक भनिन्छ। यी कणहरु यति साना हुन्छन् कि मानिसको पाचन तन्त्र र फोक्सोमा समेत प्रवेश गर्न सक्नछन्। पाचन तन्त्र र फोक्सोबाट नानोप्लास्टिकका कणहरुले रगतमा मिसिएर मस्तिष्क तथा हृदय समेत सबै अंगलाई प्रभावित गर्न सक्छन्।

    प्लेसेन्टा (गर्भावस्थाको समयमा पाठेघरमा विकसित हुने अंग) बाट यी कणहरु गर्भमा रहेको बच्चको शरीरमा पनि पुग्न सक्छन्।

    इकोसिस्टम र मानवीय स्वास्थ्यमा प्लास्टिकका यी कणहरुले कस्तोखाले असर पुर्‍याउँछन् भन्ने विषयमा अझे विस्तृत अध्ययन भएको छैन। यद्यपि सुरुवाती अध्ययनहरुबाट पत्ता लागेअनुसार प्लास्टिकका कणबाट मानिसमा ग्यास्ट्रिकको समस्याका साथै बच्चाहरु जन्मिँदा शारीरिक समस्याहरु देखिन सक्छन्।

    बोतलबन्द पानीको अध्ययनका लागि वैज्ञानिकहरूले जुन नयाँ प्रविधि प्रयोग गरे, त्यसलाई स्टिमुलेटेड रमन स्क्याटरिंग (एसआरएस) माइक्रोस्कोपी भनिन्छ। यो प्रविधि हाल यही खोजमा संलग्न रहेका वैज्ञानिकले पत्ता लगाएका थिए। यस प्रविधिअनुसार जाँचका लागि संकलन गरिएका नमूनालाई दुईवटा लेजरको मुनि राखिन्छ, ताकि यो मोलिक्यूल कुन चिजको बनेको छ भनेर बुझ्न सकियोस्।

    यो अध्ययनका क्रममा वैज्ञानिकहरुले ३ ठूला कम्पनीको पानी जाँचेका थिए, तर ती कम्पनीको नाम गोप्य राखिएको छ। एसोसिएट प्रोफेसर यान भन्छन्, ‘जुसुकै बोतलबन्द पानीमा पनि नानोप्लास्टिक हुन्छ भन्ने हाम्रो निष्कर्ष हो। त्यसकारण यी लोकपृय कम्पनीको नाम सार्वजनिक गर्नु उचित हुँदैन होला।’

    अध्ययनका क्रममा अलग–अलग बोतलमा प्रतिलिटर १ लाख १० हजार देखि ३ लाख ७० हजारसम्म प्लास्टिकका कण भेटिए। यसमध्ये ९० प्रतिशत नानोप्लास्टिक कण थिए भने बाँकी माइक्रोप्लास्टिक कण थिए।

    सबैभन्दा बढी नाइलनका कणहरु पाए, जो सम्भवत पानी शुद्ध गर्ने वाटर प्युरिफायरबाट आएका हुन्। त्यसपछि पोलिइथाइलिन टेरेफथालेट (पीईटी)का कणहरु पाइए, जसबाट बोतल बनाइन्छ। जब बोतल दबाइन्छ वा कच्याककुचुक पारिन्छ यी कणहरु निस्किन्छन्। यसका अतिरिक्त यस्ता कण पनि पाइए जो बोतलको ढक्कन खोल्दा वा बन्द गर्ने बेला टुटेर पानीमा मिसिन्छन्।

    अब यी वैज्ञानिक धारा तथा नलबाट आउने पानीलाई पनि परीक्षण गर्न चाहन्छन्, किनकि यस्तो पानीमा पनि माइक्रोप्लास्टिक पाइएका छन्। यद्यपि धारा तथा नलको पानीमा बोतलको पानीभन्दा धेरै कम मात्रामा माइक्रोप्लास्टिक भेटिएको छ।

    शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer