• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

किन घट्दै छ नेपालमा हिउदे बर्षा ? यसो भन्छन मौषमविद्


  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित
  • काठमाडौं । यस वर्षको हिउँदयाममा गत वर्षको तुलनामा सरदरभन्दा धेरै वर्षा हुने पूर्वानुमान रहे पनि हालसम्म ठूलो वर्षा भएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार अक्टोबरको दोस्रो सातादेखि नेपालमा ठूलो पानी नै परेको छैन ।

    Advertisement

    “नोभेम्बर र डिसेम्बरमा पनि खासै धेरै पानी परेको छैन । डिसेम्बर पहिलो साता पश्चिमी भेगका एकदुई ठाउँमा हल्का पानी परेको थियो,” मौसमविद् सुदर्शन हुमागाईं भन्छन्, “औसतमा हेर्ने हो भने चार मिलिमिटर जति पानी परेको छ । समग्रमा अक्टोबर दोस्रो सातादेखि नेपालमा पानी परेको छैन ।”

    विभागका अनुसार अक्टोबर १६ यता नेपालमा ठूलो पानी परेको छैन । मौसमविद् हुमागाईंका अनुसार करिब तीन महिनादेखि नेपालमा पानी परेको छैन । पश्चिमी वायु स्ट्रङ नहुँदा पानी नपरेको उनको भनाइ छ ।

    “मनसुनदेखि बाहेकका अन्य सिजनमा नेपालमा पश्चिमी वायुको प्रभाव रहन्छ । नेपालमा हिउँदमा पानी पर्दा मेडिटेरियन सिबाट पश्चिमी जलवास्पयुक्त वायु आयो भने त्यसले यहाँ पानी पार्छ,” मौसमविद् हुमागाईं भन्छन्, “त्यसरी पानी पर्दा पनि पश्चिमी पहाडी भेगमा पानी परेर पूर्वतर्फ आउँदा सुक्खा भइसकेको हुन्छ ।”

    पूर्व र काठमाडौंसम्म पानी पर्न पश्चिमी वायुको ठूलो प्रणाली विकास हुनुपर्ने उनको भनाइ छ । तर यो वर्ष उल्लेख्य रूपमा पश्चिमी वायुको ठूलो प्रणाली विकास भएको छैन ।

    उच्च पहाडी क्षेत्रमा भने केही हिमपात भएको उनी बताउँछन् । तर विभागसँग हिमाली क्षेत्रमा कति हिमपात र वर्षा भयो भनेर मापन गर्ने प्रणाली नभएका कारण त्यसको रेकर्ड नहुने उनको भनाइ छ । विभागसँग तीन हजार मिटरभन्दा तल मात्रै वर्षा मापन गर्ने केन्द्र छन् ।

    मानवबस्ती भएका ठाउँदेखि टाढा मापन केन्द्र राख्दा अनुगमनमा जान समस्या हुने तथा स्रोतसाधनको अभावका कारण तीन हजार मिटरभन्दा माथि मापन केन्द्र राख्न नसकिएको उनले बताए । त्यसैले तीन हजार मिटरभन्दा माथिको हिमपात र वर्षाको रेकर्ड नहुने उनको भनाइ छ ।

    हिउँदयाममा सामान्यतया वर्षभरी पर्ने पानीको औसतमा ३ देखि ४ प्रतिशत वर्षा हुन्छ । “हिउँद आफैँमा सुक्खायाम हो । त्यसमा पनि सन् २०२३ तातो वर्ष भयो । ०२४ पनि तातो वर्ष नै हुन्छ,” मौसमविद् हुमागाईं भन्छन्, “तर जनवरी र फेब्रुअरीमा पनि दुई/तीनपटक ठूलो पानी पर्‍यो भने विभागको पूर्वानुमान मिल्छ ।”

    यसैबीच, यो हिउँदमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको थियो । मंसिर १५ देखि फागुन १७ गतेसम्मको तीन महिनाको हिउँद अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान गरेको थियो ।

    विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी र कर्णाली प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी, कर्णाली प्रदेशको दक्षिणी, लुम्बिनी प्रदेशको पूर्वीबाहेकका भू–भाग, गण्डकी, वाग्मती प्रदेशका उत्तर–पश्चिमी र कोसी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

    सुदूरपश्चिम प्रदेशको पश्चिमी, लुम्बिनी प्रदेशको पूर्वी, वाग्मती प्रदेशका मध्य तथा दक्षिणी, मधेस प्रदेशको पश्चिमी र कोसी प्रदेशको उत्तर–पश्चिमी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको पूर्वानुमान छ ।

    कोसी प्रदेशको दक्षिणी र मधेस प्रदेशका मध्य तथा पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको पूर्वानुमान छ ।

    यसैबीच, बदली हुन सुरु भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । “बदली हुनेक्रम सुरु भएको देखिएको छ । त्यसैले आइतबार उच्च पहाडी क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरिएको छ,” उनले भने । तर यो पनि ठूलो वर्षा भने होइनन ।

    “वर्षा भनेर ठूलो पानी पर्ने होइने । उच्च पहाडी क्षेत्रमा फाट्टफुट्ट वर्षा हुने मात्रै देखिएको हो । ठूलो वर्षा हुने सम्भावना तत्काल देखिएको छैन,” मौसमविद् अर्यातल अगाडि थप्छन्, “पानी नपरेको धेरै भइसक्यो । अहिले बादल देख्दा पनि खुसी लाग्न थालेको छ ।” कुनै उल्लेखनीय मौसमी प्रणाली विकास नभएसम्म ठूलो फाट्फुट्टबाहेक वर्षा नहुने उनी स्पष्ट पार्छन् । फाट्टफुट्ट नभएको पनि धेरै भइसकेको विभागले जनाएको छ ।

    विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको अवस्था, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको पूर्वानुमानका आधारमा तापक्रम र वर्षाको अनुमान गर्ने गरिएको विभागले बताएको छ ।

    नेपालको हिउँदको समयमा जलवायुमा प्रभाव पार्ने पूर्वीप्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुईध्रुवीय प्रणाली (इन्डिया ओसन डाइपोल : आईओडी)को हालको अवस्था तथा जलवायु प्रारूपको हिउँद अवधिको आकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकलाई अध्ययन गरेर पूर्वानुमान गरिँदै आएको छ ।

    शनिबार, पुष २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer