• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कसरी हुन्छ फोक्सोमा क्यान्सर? उपचार कसरी गर्ने?


  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित
  • फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। शरीरमा फोक्सोका दुई भाग हुन्छन्, दायाँ र बायाँ। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, श्वासनली हुँदै फोक्सोको दुवै भागमा जान्छ।

    Advertisement

    खासगरी श्वासप्रश्वासबाटै फोक्सोमा संक्रमण हुन्छ। भाइरस ,ब्याक्टेरिया, ढुसी आदिले पनि फोक्सोमा संक्रमण हुन्छ। यसले सास फेर्ने नली सुन्निने हुन्छ। फोक्सोको नली, फोक्सो बाहिरको भाग, छाती र त्यसमा हुने हड्डी अनि मासुमा लाग्ने विभिन्न संक्रामक रोग देखिन्छ। क्षयरोग, फोक्सोको क्यान्सर, निमोनीया, मुटु, किड्नी मस्तिस्कको समस्यालेसमेत फोक्सोमा असर गर्छ।

    शरीरमा छातीभित्र दुईवटा फोक्सो हुन्छन् । जसको काम हावा शरीरभित्र तान्ने, अक्सिजन भित्र लिने र अरू हावा बाहिर फाल्ने हो। अक्सिजन शरीरभित्र पुर्‍याउने फोक्सो पनि नभई नहुने अंग हो ।

    फोक्सोको क्यान्सर बनाउने कोषहरू अप्राकृतिक रुपमा बढ्न थाल्छन् र केही समयमै ऐजरूजस्तै पलाउन थाल्छ । त्यसपछि फोक्सोले आफ्नो काम गर्न सक्दैन । त्यो क्यान्सर नजिकैका गिर्खामा र अंगहरूमा फैलिन थाल्छ।

    के कारणले हुन्छ फोक्सोमा क्यान्सर ?
    १) चुरोट सेवनले फोक्सोमा क्यान्सर देखिन सक्छ ।
    २) बंशाणुगत गुणका कारण ।
    ३) क्यामेस्ट्रि ल्याबहरुमा काम गर्ने क्रममा एस्पिस्टोस नामक केमिकलको असरले पनि फोक्सोमा क्यान्सर हुन सक्छ
    ४) रेडिएसन ल्याबहरुमा काम गर्दा पनि क्यान्सरको जोखिम हुन्छ ।

    संसारभर प्रतिवर्ष ६२ हजार वायु प्रदुषणबाट हुने फोक्सोको क्यान्सरबाट मृत्यु भएको पाइन्छ। तर त्योभन्दा उच्च दरमा सात लाख १२ हजार मृत्यु वायु प्रदुषणले गर्ने अन्य मुटु र फोक्सोका रोगबाट हुने गरेको छ।

    लक्षणहरू

    खोकी लाग्नु : लामो समयदेखि सुक्खा अथवा खकार आउने खोकी लाग्छ ।

    खकारमा रगत देखिनुः खकारमा रगत वा रगतका छिटा देखिने मुख्य कारण क्षयरोग हो। त्यसपछि क्यान्सर हो। क्यान्सर निको पार्न गाह्रो हुन्छ।

    दम बढ्नुः बिरामीलाई सास फेर्न गाह्रो हुनु र सामान्य काम गर्दा पनि स्वाँ स्वाँ हुनु।

    तौल घट्नुः बिरामीहरूको तौल घट्नु ।

    छाती दुख्नुः छातीमा केही अप्ठ्यारो भएजस्तो महसुस हुनु ।

    छातीको संक्रमणः लामो समयदेखि निमोनिया जस्ता रोग निको नहुनु ।

    उपचार
    हामी प्राय:खोकी लाग्यो भने औषधि पसलमा गएर आफूखुसी खोकी निको पार्ने औषधि किन्छौं र सेवन गर्छौं। तर, कुनै बेला त्यो खोकी सामान्य नभएर छातीको संक्रमणका कारणले भएको हुन सक्छ। त्यसैले आफूखुसी औषधि किनेर खानुभन्दा एकपटक डाक्टरलाई देखाएर औषधि खाँदा राम्रो हुन्छ। औषधिले साइडइफेक्ट पनि हुन सक्छ र कुनै बेला ज्यानै पनि जान सक्छ। त्यसैले लक्षण देखिनासाथ चिकित्सकको परामर्श लिनुपर्छ। समयमै उपचार भयो भने संक्रमणबाट बच्न सकिन्छ।

     

    आइतबार, पुष २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer