• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ?


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • योगले मन, मस्तिस्क र शरिरलाई नियन्त्रण मात्रै होईन, स्वस्थ पनि राख्दछ । हरेक मानवसंग तिन प्रकारका पिडा हुन्छन् । मानव जीवनमा तीन प्रकारका पीडा छन् । ति हुन्:

    Advertisement

    एक, अध्यात्मिक ।

    दुई, भौतिक ।

    तीन, दैविक ।

    यी दुःखबाट कसरी छुटकारा पाउने ? यसमा थुप्रै दर्शन छन्, जसले उन्मुक्तिको माध्याम वा तरिका बताएको छ । त्यसैमध्ये एक हो, योग दर्शन ।

    हाम्रो मनमा दुई कार्य हुन्छन् । एउटा दुखद् र अर्को सुखद् । मनमा हुने जति पनि क्रियाक्रलाप छ, त्यसले हामीलाई या त आनन्द दिन्छ, या त पीडा । यो दुबै खालको मनको गतिविधिलाई रोक्ने क्रियाकलाप योग हो । पूर्विय दर्शनले योगलाई चित्तवृत्ति निरोध भनी व्याख्या गरेको छ । यसको अर्थ जसले मनको कार्य वा मनको विचारलाई रोक्छ त्यो योग हो ।

    सहज रुपमा बुझ्दा योग भनेको जस्तोसुकै दुःखबाट बाहिर आउने मुक्तीको बाटो हो ।

    शरीरभित्र के छ ?

    हामीले सरसर्ती हेर्दा जे देख्छौं, त्यो मात्र शरीर होइन । शरीर भित्र सात तहले बनउको हुन्छ, सास, चित्त, बृद्धि, मन, अहंकार, समाधि र आत्मा । यी सात तह नै जबसम्म शुद्ध र स्वस्थ हुन्न तबसम्म हामी दुःखमै डुबिरहन्छौं ।

    दुःख, कष्ट, रोगव्याधिमा हुन्छौं । यी सम्पूर्ण तहमा खुसी र आनन्दित हुने माध्याम नै योग हो ।

    योगको आयम

    आम बुझाई के छ भने योग भनेको व्यायाम वा आसन हो । शरीरलाई तन्काउनु, उफ्रिनु, बंगाउनु योग हो । व्यायाम गर्नु, विभिन्न आसनमा रहनु चाहिँ योगको एउटा अंग मात्र हो ।

    तर, यो आफैमा सम्पूर्ण होइन ।

    योग दर्शनलाई मान्ने हो भने त्यहाँ अष्टङ्ग योगको अवधारणा छ । यस अन्र्तगत यम, नियम, आसन, प्राणायम, प्रत्याहार, ध्यान, धारणा, समाधि पर्छ । यी योगका आठ अंग हुन्, जुन पुरा भएपछि मात्र योग पूर्ण हुन्छ ।

    मन, आत्मा, शरीर सबैलाई यसमा समाहित गराउनु पर्छ । यसरी हरक्षण सचेतपूर्वक शरीर र मस्तिष्कलाई एउटै लयमा जोड्नु नै योग हो ।

    शरीरलाई श्रम, मनलाई विश्राम

    शरीरको सिद्धान्त भिन्न तरिकाले चल्छ । शरीर स्वस्थ राख्न परेमा शरीरलाई काम दिनुपर्छ । कामले शरीरलाई सक्रिय राख्छ ।

    किनभने केही नगरी सुतिरहने र आराममात्र गरिरहँदा शरीरमा रक्तसंचारको कमी हुन्छ । अंग चलायमान हुन नपाउँदा शरीर विग्रन सुरु गर्छ । शरीरलाई स्वस्थ रहन केही न केही काम गर्नैपर्छ ।

    यता, मनको सन्दर्भमा ठयाक्कै उल्टो छ । मनलाई आराम चाहिन्छ । विश्राम चाहिन्छ । तर, हाम्रो दैनिकी विपरित दिसामा लागिरहेको छ । मन वा दिमागलाई सक्रिय राख्छौं । मनमा हजार कुरा खेलाउँछौं । मनलाई एकछिन पनि सुस्ताउन वा आरमले बस्न दिदैनौं । केही न केही सोचिरहन्छौं, कल्पिरहन्छौं, तर्क वितर्क गरिरहन्छौं ।

    यसरी हरबखत चञ्चल भइरहने मनलाई विचारसून्य स्थितीमा ल्याउनु योग हो ।

    मनको विज्ञान

    मन सुक्ष्म छ । मनलाई हामी अनुभव गर्न सक्छौं । तर, देख्न सक्दैनौं । नदेखेको मनलाई सोझै नियन्त्रण गर्न सकिन्न ।

    यसलाई नियन्त्रण कसरी गर्ने त ?

    यसको सर्वोत्तम माध्याम हो, श्वासप्रश्वास । श्वास नै शरीर र मनलाई जोड्ने माध्यम हो ।

    जस्तो मन अस्थिर भइरहेमा, अनेक कुरा खेल्न थालेमा गहिरो श्वास लिनुपर्छ । यो क्रम केही समय दोहो¥याएपछि तपाईं स्वयम्ले अनुभव गर्नुहुनेछ । कपालभाती, भास्त्रिका जस्ता प्राणायाम लाभदायक हुन्छ ।

    के गर्छ योगले ?

    योगले शरीरलाई स्वस्थ, तन्दुरुस्त, फुर्तिलो बनाउँछ । तर, यसको लाभ यति मात्र छैन । मानसिक, भावनात्मक, आत्मिक र सामाजिक रुपमै योगले हामीलाई लाभान्वित गराउँछ ।

    शरीरको प्रतिरोधी क्षमता बढाउँछ । मनको एकाग्रता बढाउँछ । भावनात्मक रुपमा बलियो बनाउँछ । सामाजिक सम्बन्धहरु प्रगाढ बनाउँछ ।

    हामी सबैको चाहाना के हुन्छ भने थोरै प्रयासमा, थोरै समयमा, थोरै श्रममा धेरै कुरा हासिल गरौं भन्ने हुन्छ । तर, बर्तमान समयमा सुविधा धेरै छन् । नयाँ नयाँ प्रविधि छ, जसले हाम्रो काम सहज बनाएको छ । यति हुँदाहुँदै पनि हामी दुःखी छौं ।

    दुःखी किन छौं ? यसको एउटै कारण छ, तनाव ।

    तनावको कारक तत्व प्राय एकै हुन्छ । त्यो हो, जीवनमा धेरै गर्नु छ तर समय सीमित छ । र, काम गर्ने उर्जा पनि आवश्यक भन्दा कम छ । यो स्थितीले नै हामीलाई तनावग्रस्त बनाएको छ ।

    कर्मलाई घटाउन सकिदैन । किनभने प्रतिस्पर्धात्मक जीवन छ । जस्तै भएको तलब घटाउन सोच्न सकिदैन । भएको कारोबार कम गर्न मनले दिदैन । कम पढ्छु भनेर बस्न पनि कोही चाहँदैन । समय सबैका लागि बराबर छ । २४ घण्टालाई २५ मा पु¥याउन सकिदैन । हामी भित्र गर्न सक्ने एउटा चिज छ, त्यो भनेको उर्जाको घटबढ हो ।

    यदि शरीरमा भएको उर्जालाई बढाउन सक्ने हो भने हामी स्वत तनावमाथि विजय प्राप्त गर्न सक्छौं ।

    शरीरको उर्जालाई कसरी बढाउने त ? यसका लागि सर्वोत्तम माध्याम हो, योग, ध्यान र साधना ।

    उर्जा बढाउन चार पक्षमा ध्यान दिनुपर्छ । हामीले के खाइरहेका छौं ? हाम्रो निद्रा कस्तो छ ? हामी कुन गतिले सास फेरिरहेका छौं ? र, ज्ञानको स्रोत कति बढिरहेको छ ? यी कुरामा ध्यान दिएमा बौद्धिक र शारीरिक रुपमै उर्जावान भइन्छ ।

    उर्जावान मात्र नभएर हामीले गर्ने अभ्यासले शरीरको कार्य प्रणालीमा फाइदा पुग्छ । जति पनि रोग छन्, त्यसबिरुद्ध लड्न प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । जुन नियमित रुपमा गर्ने सुदर्शन क्रिया र ध्यान जस्ता विधिहरु छन् ।

    यस्ता योगले एकाग्रता बढाउने, सिर्जनशिल बनाउनेदेखि पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो बनाउँछ ।

    योगलाई विधिपूर्वक गरौं, नभए हानि हुनसक्छ

    स्वास्थ्यप्रति अहिले सजगता बढेको छ । यही कारण घर घरमा योग गर्नेहरु बढेका छन् । टोल टोलमा योग सिकाउने सेन्टर खुलेका छन् । योगले व्यापकता पाउनु पक्कै पनि सुखद् कुरा हो तर, योगको गुणवत्ता कस्तो छ ? ख्याल गर्नैपर्छ ।

    किनभने लामो समयदेखि योग गरिरहेका कतिमा घुँडा दुख्ने, काँध दुख्ने, कम्मर दुख्ने, ढाँड दुख्ने जस्ता समस्या देखिएको छ । यसको कारणमध्ये एक हुनसक्छ योगको सही अभ्यास नगर्नु ।

    योग अभ्यास गरिरहँदा जानी नजानी गरिने कतिपय गल्तीले यस्तो भएको हुनसक्छ ।

    खासमा योग जथाभावी गर्नु उचित हुँदैन । योग सही ढंगले, सही समय तालिकामा गर्नुपर्छ । योग पूर्णताका साथ गर्नुपर्छ । यदि देखासेखीमा वा कसैको हेरेर योग गर्दा त्यसले आफुलाई फाइदा नगर्न सक्छ । किनभने योग आसन अनेक छन् र मान्छेको आवश्यक्ता अनुसार कुन योग गर्ने भन्ने टुंगो हुन्छ ।

    मानौं सूर्य नमस्कार एकदमै राम्रो योग आसन हो । तर, यसलाई सबैले गर्नु मिल्छ त ? गर्न मिलेमा कति तिब्रताका साथ गर्ने ? इत्यादि कुरा मान्छेको अवस्था हेरेर निर्धारण गर्नुपर्ने हुन्छ । त्यसैले योग सुरु गर्नुअघि सम्बन्धित चिकित्सक, दक्ष योग प्रशिक्षकलाई परामर्श लिएर आफुले कुन कुन योग गर्न मिल्छ ? कसरी गर्न मिल्छ भनेर जान्नु जरुरी छ ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer