• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै छौं: उपमहानगर प्रमुख हमाल


  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
  • कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ । पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरेर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाएको हो।

    Advertisement

    उपमहानगरले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि सुरु गरेको उक्त कार्यक्रम प्रत्येक महिना १९ वटै वडामा सञ्चालन गर्दै आएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए। वडा स्वास्थ्य क्लिनिकमा एकजना जनरल फिजिसियन र एकजना स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा दिँदै आइएको उनले बताए।

    चालु आवको साउनदेखि पुस मसान्तसम्म छ महिनामा यक्त कार्यक्रममार्फत १७ हजार पाँच सय ३१ जनाले निःशुल्क उपचार सेवा लिएका प्रमुख अवस्थीले जानकारी दिए। उनका अनुसार सो अवधिमा १३ हजार नौ सय ६३ महिला र तीन हजार पाँच सय ६८ पुरुषले सेवा लिएका छन्।

    शाखा प्रमुख अवस्थीका अनुसार छ हजार पाँच सय ६० महिला, दुई हजार सात सय ७८ पुरुष गरी नौ हजार तीन सय ३८ जनाले जनरल फिजिसियनबाट र तीन हजार पाँच सय छ जना महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट सेवा लिएका छन्।

    त्यस्तै, तीन हजार आठ सय ९७ महिला र सात सय ९० पुरुष गरी चार हजार छ सय ८७ जनाले आँखासम्बन्धी सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । सो अवधिमा सेवा लिनेमध्ये दुई हजार तीन सय ९४ जना ७० वर्षभन्दा माथिका रहेका छन् ।

    क्लिनिकमा प्रयोगशाला, अल्ट्रासाउण्ड, इसिजी, फिजिसियन, स्त्री तथा प्रसूति रोग, निजी अस्पतालसँगको समन्वयमा आँखा, दाँत, हाडजोर्नी, मानसिकलगायतका रोगसम्बन्धी सेवा दिइरहेको उपमहानगरले जनाएको छ।

    सो अवधिमा दुई हजार सात सय ९८ ले निःशुल्क प्रयोगशाला जाँच, दुई हजार तीन सय २४ जना गर्भवतीले सेवा लिएकामा एक हजार चार सय ७८ ले निःशुल्क अल्ट्रासाउण्ड सेवा लिएका शाखा प्रमुख अवस्थीले बताए। क्लिनिक कार्यक्रमबाट ग्रामीण क्षेत्रका विपन्न नागरिकले सहजरुपमा विशेषज्ञ स्वास्थ्य सेवा पाइरहेको उनको भनाइ थियो।

    उपमहानगर प्रमुख गोपाल हमालले आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारबाट वञ्चित भएका नागरिकलाई लक्षित गरी ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरिएको बताए।

    “ग्रामिण क्षेत्रमा कतिपयको कुखुरा बेचेर उपचार गर्नुपर्ने अवस्था छ । यो सेवा त्यस्ता नागरिकका लागि लक्षित गरी सञ्चालन गरेका हौँ”, उनले भने। यो सेवालाई अझै विस्तार गर्दै लगिने उनको भनाइ थियो।

    गत आवमा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार छ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार छ सय ८९ जनाले सेवा लिएका प्रमुख हमालले जानकारी दिए।

    बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer