• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

प्रक्रिया देखि चरन समको मन्त्री किरातीको एक वर्षे उपलब्धी


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको एक वर्षे कार्यकालका १०१–उपलब्धि हासिलको फेहरिस्त पुस्तिका सार्वजनिक भएको छ । तर, मन्त्रीको कार्यकालमा भएका उपलब्धि हेर्दा नतिजामुखी देखिँदैन, केवल प्रक्रियामुखी देखिन्छन् । चौध पृष्ठको पुस्तिकामा ‘केही कामको सुरु भएको छ, केही अन्तिम चरणमा पुगेको छ, केही भइरहेका छन्, केहीको प्रक्रिया अघि बढेको छ’ समेटिएको छ ।

    Advertisement

    उक्त उपलब्धिमा ऐन, नियम, नीति, रणनीति, मापदण्डहरु समेटिएका छन् । सामान्य बुझाई उपलब्धि भनेको ‘प्राप्ति’ हो । तर, पुस्तिकामा ९० प्रतिशत प्रक्रियामा काम छन् । सात वटा ऐनहरुलाई समयानुकूल बनाउन संशोधन मस्यौदा कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिएको छ । जसको नतिजा अझै आइसकेको छैन ।

    यस्तै, चारवटा नियमावलीहरुमध्ये दुईवटा नियमावली संशोधन अन्तिम चरणमा रहेको उल्लेख छ । हवाई सेवा व्यवस्थापन नियमावलीको मस्यौदा तर्जुमा अन्तिम चरणमा रहेको र दुर्गम क्षेत्र हवाई सेवा कोष कार्यविधि मस्यौदा अन्तिम चरणमा रहेको उल्लेख गरिएको छ । मन्त्री किरातीले उक्त पत्रकार सम्मेलनमा बोल्दै एक वर्ष कार्यकालमा आफूले गर्व गर्न लायकको काम गरेको दाबी गरे । साथै, त्यसमा कुनै ‘ग्लानि’ नभएको दाबी मन्त्री किरातीको छ ।

    “मैले एक वर्ष कार्यकालमा सानो र ठूलो जे काम गरे गर्वका साथ गरेको छु, मलाई कुनै ‘ग्लानी’ पनि छैन, पश्चाताप पनि छैन,” उनले भने । मन्त्री किरातीले वर्षाैदेखि थलिएको विमान घिस्रिन थालेको बताए । यद्यपि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताए ।

    “वर्षौदेखि थलिएको वायु सेवा निगम आज बिस्तारै बिस्तारै घिस्रन सक्ने भएको छ,’’ उनको जिकीर छ, ‘‘हामीले दौडिने भएको छ भनेकै छैनौं । तपाईंहरुले भरे फेरि समाचारमा पूर्ण सक्षम भयो भनी मन्त्रीले गफ लगायो भनेर लेखी दिनुहुन्छ ।” उनले भने, “त्यो होइन, हिजो लम्पसार भएर सुतेको निगम आज हामी हिँडाउन सफल भएका छौं ।’’ करिब पाँच अर्ब ऋण तिरिसकेको बताए ।

    यस्तै, नेपाल प्रवेश गर्न नयाँ हवाई रुट सञ्चालको विषयमा मन्त्रालयबाट के कस्ता कम भइरहेका छ भन्ने पत्रकारको प्रश्नमा मन्त्रीले सकारात्मक प्रतिक्रिया आएको तर, कान्र्यान्वयनका लागि प्रतिक्षा गर्नु अरु विकल्प नरहेको बताए ।

    “हाम्रो तर्फबाट कूटनीतिक संवाद पटक–पटक उच्चस्तरीय तहबाट भएको छ । सकारात्क प्रतिक्रियाहरु आएको छ । तर, त्यसको कार्यान्वयन कहिले हुन्छ भनी प्रतीक्षा गर्नुबाहेक अरु विकल्प हामीसँग छैन,” उनले भने ।

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer