• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

प्राकृतिक रुपमै कसरी शरीर न्यानो बनाउने ?


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • यो प्रश्न धेरैलाई हल्काफुल्का लाग्न सक्छ, ‘जाडोमा कसरी शरीरलाई न्यानो बनाउने ?’ तर जाडोको कारण शरीरले थुप्रै स्वास्थ्य समस्या भोग्नुपर्ने हुनसक्छ ।

    Advertisement

    खासगरी जाडोयाममा मानिसको पाचन शक्ति तीक्ष्ण भएकाले पोषिलो खानेकुरा जरुरी हुन्छ । यस्ता खानेकुरा सेवन गर्न नसकेको अवस्थामा दौर्बल्य (थकान) र वातजनित रोगहरू पैदा हुन्छन् ।

    शरीरलाई तातो बनाउन क्यालोरीयुक्त खानेकुराहरू प्रशस्त खानुपर्छ । अत्यधिक क्यालोरीले शरीरमा ताप उत्पन्न गराउनुका साथै शरीरलाई शक्ति प्रदान गर्ने कार्य गर्छ । सामान्यः अर्थमा क्यालोरी भनेको हाम्रो शरीरका लागि खानेकुरामा रहेको शक्तिको इकाई हो । भिन्नभिन्न सब्जी, फलफूल, गेडागुडी या चामल र माछामासु या चिल्लो पदार्थमा फरक फरक क्यालोरी पाइन्छ । तथापि जाडो महिनामा विशेष प्रकारको खानेकुरा आयुर्वेद र व्यावहारिक रूपमा प्रयोग भएको पाइन्छ ।

    नयाँ चामलको प्रयोग

    एक वर्षभित्र उत्पादित चामललाई नयाँ चामल भनिन्छ । नयाँ चामलमा पोषण तत्वहरू प्रशस्त मात्रामा पाइन्छ, गुणमा गुरू, प्रशस्त मण्ड (कार्बोहाइड्रेटको मात्रा बढी) र चिरपाकी हुन्छ । जाडो मौसममा पाचनशक्ति अत्यधिक हुने भएकोले गुरू गुण वा ढिलो पच्ने खालको खानेकुरा आवश्यक पर्ने भएकोले खानाको मुख्य स्रोतमा नयाँ चामलको प्रयोग गर्न निर्देश गरिएको छ ।

    गुड एवं गुडबाट निर्मित परिकारहरू

    हाम्रो देशमा, गुड़ एक प्राकृतिक मिठाईको रूपमा चिनिन्छ । चिनीको सट्टा गुड़को सेवन गर्नु बढी फाइदाजनक हुन्छ । गुड़लाई आइरन, म्याग्नेसियम, पोटासियमको राम्रो स्रोत मानिन्छ, जुन रगतदेखि हड्डी र मांसपेशीलाई स्वस्थ राख्न सबै कुरामा फाइदाजनक हुन्छ । अन्वेषकहरूले पत्ता लगाए कि गुड मीठो भए पनि यसको सेवन मधुमेहका रोगीहरूका लागि विशेषगरी फाइदाजनक हुन्छ । गुड स्वादमा मात्रै राम्रो नभएर हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।

    जाडोमा गुड खाँदा रुघाखोकीको समस्या हुँदैन । साथै शरीरमा रोगसँग लड्ने क्षमता पनि बढ्छ । हरेक दिन खानापछि एक टुक्रा गुड खाँदा हाम्रो पाचन प्रणालीले राम्रोसँग काम गर्छ र बढ्दो तौल नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ ।

    आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल, बदाम, इलाइची आदि मिसाएर चाकु, विभिन्न खाद्यानका लड्डु जस्तै तिलको लड्डु जस्ता परिकारहरू तयार पारी जाडो महिनामा सेवन गर्नाले शरीरलाई क्यालोरीका साथै न्यानोपन प्रदान गर्छ ।

    चाकुको नियमित प्रयोगले विभिन्न रोगबाट बच्न मद्दत गर्छ । यसमा प्रोटिनको अलावा डाइटरी फाइबर, भिटामिन बी–१, बी–२, बी–३, बी–५ र भिटामिन सी पनि पर्याप्त मात्रामा पाइन्छ । यसका अतिरिक्त, माइग्रेन समस्याको लागि नियमित चाकु सेवन लाभदायक हुन्छ । रुघाखोकी लाग्दा चाकु अमृत जस्तै हो । चाकुको तातोले खोकी लाग्ने र कफको समस्याबाट राहत दिन्छ । यसलाई तातो दूधमा मिसाएर पनि पिउन सकिन्छ । जाडो महिनामा उखुको रस वा यसको बनेको विभिन्न प्रकारको खानेकुराहरूको सेवन गर्न निर्देश गरेको छ ।

    माछामासुको प्रयोग

    जाडो मौसममा मानिसको पाचनशक्ति अत्यधिक हुने भएकाले माछा र मासु प्रशस्त मात्रामा खान सकिन्छ किनभने माछा र मासुको गुण गुरू र चिरपाकी हुन्छ । माछा र मासुमा शरीरलाई चाहिने प्रोटिन, खनिज र भिटामिन जस्ता तत्वहरू प्रशस्त मात्रामा पाइने भएकाले पनि जाडो मौसममा यी खानेकुरा प्रशस्त मात्रामा खान सकिन्छ ।

    कन्दमूलको प्रयोग

    तरुल, सक्खरखण्ड, भ्याकुर, गिठ्ठा आदि कन्दमूलहरूमा प्रशस्त मात्रामा फाइबर, भिटामिन बी, कार्बोहाइड्रेट, खनिज जस्ता पोषक तत्व पाइन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा पाचनसम्बन्धी समस्याको लागि राम्रो हुन्छ । यी खाद्य कन्दमूलहरूमा पाइने कार्बोहाइड्रेट शरीरलाई चाहिने आवश्यक क्यालोरीको मुख्य स्रोतका रुपमा समेत लिइन्छ । नेपाली समाजमा माघेसंक्रान्तिको दिन तरुल, सखरखण्ड लगायत कन्दमूल खाने चलन छ ।

    पिठोको परिकार

    चामल, गहुँको पिठो, दालको पिठो आदिबाट विभिन्न परिकार बनाइन्छ । जसमा योमरी, दाल पिठी, पकौडा आदि तयार पारेर खान सकिन्छ । कालोमासको दाल पनि जाडोयाममा लाभदायक हुन्छ ।

    दूध र यसबाट बनाइएका परिकार

    जाडो मौसममा शरीर तातो बनाउन दूध पिउन सकिन्छ । यसमा भिटामिन ए, भिटामिन बी १२, प्रोटिन र क्याल्सियम, चिल्लो पदार्थ प्रचुर मात्रामा पाइन्छ । यसमा भएको चिल्लो पदार्थले उच्चतम क्यालोरी दिन्छ । जसले शरीर तातो बनाउन मद्दत गर्छ । दूधमा हुने भिटामिन १२ ले शरीरमा रक्त कोषिकाहरु उत्पादन गर्न मद्दत गर्छ । त्यसैले जाडो मौसममा दूधमा बेसार मिसाएर खाएमा पाचन पक्रिया पनि स्वस्थ हुन्छ । भिटामिन १२ भएको खानेकुराले शरीरमा स्वस्थ रातो रक्तकोषिकाहरु उत्पादन गर्न मद्दत गर्छ । भिटामिन १२ पाइने प्रमुख खानाका स्रोतहरूमा मासु, माछा, दूध, चीज र अण्डा पर्छन् ।

    घिउ–तेलको सेवन

    घिउको गुण गुरू र स्निग्ध हुन्छ । यो बलकारक, आयुकारक र कफकारक हुन्छ । यो वातपित शामक र अग्निवर्द्धक हुन्छ । घिउमा पर्याप्त चिल्लो पदार्थ हुनाले जाडो महिनामा प्रायजसो हुने त्वचाको समस्याबाट बचाउनुका साथै न्यानो प्रदान गर्छ ।

    तेलले पनि घिउले जस्तै काम गर्छ । रोटी, भात, पराठा आदि खानेकुरा घिउमा पकाएर वा मिसाएर खाने गरिन्छ । प्रायजसो तरकारीहरू, पकौडाहरू लगायतका परिकारहरू तेलमा पकाएर खाने गरिन्छ । मधुर अम्ल र लवण रसयुक्त खानेकुराको प्रशस्त सेवन गर्नु जाडोयामका लागि राम्रो हुन्छ ।

    च्यवनप्राशको प्रयोग

    शरीरलाई न्यानो राख्न र चिसोले हुने कफजन्य रोगव्याधिबाट बच्न प्रत्येक दिन खानापछि एक चम्चा च्यवनप्राश अवलेह महको साथमा सेवन गर्न सकिन्छ । च्यवनप्राश बलकारक एउटा आयुर्वेदिक उत्पादन हो ।

    व्यायाम

    व्यायामले शरीरमा थकावट उत्पन्न गर्छ जसले गर्दा शरीरमा लघुता, काम गर्ने शक्तिका साथै पाचनशक्तिमा वृद्धि हुन्छ । व्यायामले शरीरमा भएको बोसो घटाउन मद्दत गर्छ, मांसपेशीहरूलाई संगठित गर्नुका साथै कठिन बनाउन पनि मद्दत गर्छ । शारीरिक रूपमा शक्तिशाली र खानामा बढी चिल्लो खाने व्यक्तिले जाडो महिनामा आफ्नो शारीरिक शक्तिको आधा परिमाणमा व्यायाम गर्नुपर्छ । वात एवं पित जनित रोगबाट पीडित रोगीहरू जस्तै बाथरोग, आमवात, सन्धिगत वात, अजीर्ण, बालक र वृद्धले व्यायाम वर्जित गर्नुपर्छ ।

    उद्वर्तन (उबटन)

    आयुर्वेद चिकित्सा पद्धतिअनुसार व्यायामपछि शरीरमा कफहर गुण भएको जडिबुटीहरू जस्तै जौ र चनाको पिठोमा तैल वा दही मिसाएर उबटन गर्नुपर्छ । उबटनले गर्दा शरीरमा रहेको चिल्लो वा बोसोजन्य पदार्थलाई विलयन गराउन मद्दत गर्ने, अंग–प्रत्यंग दृढ पार्ने साथै छालालाई स्वच्छ र कान्तिमय बनाउँछ ।

    अभ्यंग (मसाज)

    जाडो मौसममा उष्ण गुण भएका तेलहरू जस्तै, कंकुम र अगुरू तेललाई न्यानो पारी शरीरमा बाक्लो लेप लगाएपछि घाममा सुकाएको न्यानो कपडा लगाएमा शरीरलाई न्यानो बनाउन मद्दत गर्छ । माथि उल्लेखित तेल नपाएमा सर्स्युं वा तोरीको तेल न्यानो पारी शरीरमा मालिस गर्न सकिन्छ ।

    स्नान वा स्वेदन

    स्नानले पाचनशक्ति दीप्त गर्छ, शुक्रवृद्धिकारक, आयुवर्द्धक, ऊर्जा तेजप्रद, बलप्रद आदि हुन्छ । यसले गर्दा छाला चिलाउने, फोहोर, पसिना, श्रम, तन्द्रा, प्यास, दाह र गलत सोचलाई नष्ट गर्छ । तातो पानीले टाउकोमुनि नुहाएमा बल प्रदान गर्छ । तातो पानीले टाउको नुहाएमा कपाल र आँखालाई असर गर्छ । तसर्थ टाउकोको लागि ठिक्क मात्राको र शरीरका लागि तातो पानीले स्नान वा शरीर स्नान गरी न्यानो बनाउन सकिन्छ ।

    धुम्रपान र अंजन

    आयुर्वेदमा जाडोबाट बच्न धुम्रपान र अंजनको प्रयोग गर्न निर्देश गरेको छ ।

    घाम ताप्नु

    जाडो महिनामा धेरै घाम ताप्न निर्देश गरिएको छ । यसले शरीरमा हुने जडता हटाएर न्यानो बनाउँछ ।

    जाडो मौसममा वर्जित

    जाडो महिनामा वातकारक एवं लघु आहार सेवन, अल्पाहार, तीव्र वायु र पानीमा घोलेको सातु सेवन वर्जित गरिएको छ ।

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer